20181223

ग्लोबल नेपाली चलचित्र, संगीत, संचार र सामाजिक अवार्ड कार्यक्रम अमेरिकाको सार्लोट नर्थ क्यारोलाइनामा सम्पन्न ( समाचार फोटो फिचर सहित )

नेपाली र भुटानी समाजका व्यक्तिहरू हजारको हाराहारीमा उपस्थिति । अमेरिकाको प्रसिद्ध सहर सार्लोट नर्थ क्यारोलाइना । आयोजकहरू सहित  प्रहरीले राजदूत डा. अर्जुन कार्की, महाबाणिज्यदूत एवम् अग्रज लोक गायक प्रेमराजा महत, महाबाणिज्यदूत, समाजसेवी  ॠषि ढकाल ( ॠषि पुन्नाखर ढकाल), अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् अग्रज लोक दोहोरी गायक रामप्रसाद खनाल, गीत सङ्गीतका अर्का धरोहर बुद्ध वीर लामा, चलचित्र क्षेत्रका हस्तीहरू क्रमशः: बन्न प्रधान, दिनेश डिसी, रुपा राना, सारंगा श्रेष्ठ, ऋचा घिमिरे, दीपक त्रिपाठी, बिक्रान्त बस्नेत, सिनियर देखी जुनियर सम्मका दर्जनौँ अन्य कलाकारहरूलाई लिमो देखी विशेष सुविधा सम्पन्न गाडीमा राखेर स्कर्टिङ्ग गर्दै कार्यक्रम
स्थल पुर्‍याए ।

कार्यक्रम स्थलमा पुग्दा बाजा गाजा र खादा सहित आयोजकहरू, पञ्चकन्याले स्वागत गर्दै अतिथिहरू, कलाकारहरू, आगन्तुकहरु लाई हल भित्र सम्म पुर्‍याए । अनि सुरु भयो कार्यक्रम । पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका राजदूत कार्कीले छोन्तो मन्तव्य राख्दै भने - नेपाली भाषा, कला, संस्कृति लाई हामीले सधैँ सम्मान गर्दछौँ र विदेशमा त झन् यसको अझ बढी महत्त्व छ । यस किसिमका कार्यक्रम हुनुपर्छ भै  रहुन् । 

अग्रज लोक गायकहरू प्रेमराजा महतले छोटो गीत गाए, शुभकामना दिए भने अर्का अग्रज लोक तथा दोहोरी गायकले सेन्तिमेण्टल गीत गाएर   सबैलाई नेपाल पुर्‍याए । उनले गीत गाउँदा कयौँका आँखाहरू रसाएका थिए । खनालले आयोजक संस्थाका दुवै हस्तीहरू मनोज राई र शिव विष्ट लाई मञ्चमै बोलाएर सम्मान गरे । अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष समेत रहेका खनालले नेपाली र भुटानी सबै कलाकारहरूलाई हलमा एकै पटक उठाएर अभिनन्दन समेत गरे ।

नेपाली र भुटानी अन्य कलाकारहरुको पनि प्रस्तुती समेटिएको  उक्त कार्यक्रममा चलचित्र निर्देशक एवम् कलाकारद्वय दिनेश डिसी, बन्नी  प्रधान, अग्रज लोक गायक प्रेमराजा महत र गीत सङ्गीत क्षेत्रका अर्का अग्रज  व्यक्तित्व बुद्धवीर लामा, सामाजिक व्यक्तित्व डिल्ली अधिकारीलाई दिर्घ सेवा सम्मान र पुरस्कार प्रदान गरियो भने लोकगीत र दोहोरी गीतको क्षेत्रमा मात्र नभै नेपाली भाषा, कला, साहित्य र सञ्चारका क्षेत्रमा लामो समय देखी योगदान दिँदै आउनुभएका हस्ती रामप्रसाद खनाललाई विशेष सम्मान प्रदान गरियो । 

यसै गरी महाबाणिज्यदूत समेत रहेका समाजसेवी ॠषि ढकाल, चलचित्र निर्देशक नारायण पुरी, समाजसेबी राजा घले, प्रा. रामचन्द्र बराललाई पनि विशेष सम्मान गरिएको उक्त कार्यक्रममा नेपाली र भुटानी समुदायका चलचित्रकर्मीहरू, नयाँ नायिका, गायक गायिका, सङ्गीतकार, कलाकार, पत्रकार र समाजसेवीहरू लाई विभिन्न बिधामा विभाजन गरी पुरस्कार र सम्मान प्रदान गरिएको थियो । 

कार्यक्रममा पावर लिफ्टिङ्ग तर्फका अन्तर्राष्ट्रिय च्याम्पियन रूप कार्की र अर्का गिनिजबुकमा ३ वटा रेकर्ड राखी चौथो रेकर्डको तयारीमा रहेका अन्तर्राष्ट्रिय खेलाडी उज्वल ठकुरीलाई पनि सम्मान गरिएको थियो । 

आयोजक संस्था लभ एन्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष मनोज राई र कार्यक्रम संयोजक शिव विष्टले यस किसिमको कार्यक्रम आयोजना गर्न पाएकोमा आफूहरू गौरवान्वित भएको बताए ।  

कार्यक्रममा कलाकार तर्फ सँयोजन गरेका थिए चलचित्र निर्देशक शंकर घिमिरेले,  निर्देशक घिमिरेले कार्यक्रम सफल पार्न खेल्नुभएको भूमिका को प्राय सबै कलाकारहरुले प्रशँसा गरेका छन ।  कार्यक्रमको सँचालन गरेका थिए सरोज केसी, रिचा घिमिरे, उशा केसी लगायतका उदघोसकहरुले ।        

खाने, बस्ने राम्रो व्यवस्था गरिएको उक्त कार्यक्रम अलि लामो भयो भन्ने गुनासो पक्कै थियो सबैको । कार्यक्रम करिब  साढे ६ घण्टा सम्म चलेको थियो । 
नेपाली र भुटानी दुवै समुदाय मिलेर गरेको यो कार्यक्रमको कलाकारहरू देखी सबै पक्षले सकारात्मक भन्दै प्रशंसा गरेका छन् । एतिहासिक कार्यक्रम सम्पन्न गरेका आयोजकहरूलाई बधाई पनि । 






















Image may contain: 3 people, including Rishi P Dhakal, people smiling, beard, suit and indoor
Image may contain: 13 people, people smiling, people standing and suit
Image may contain: 5 people, including Ram Prasad Khanal, people smiling, people standing and suit
Image may contain: 8 people, including Bidya Gurung, Raja Ghale, DrRam Chandra Baral and Ram Prasad Khanal, people smiling, people standing and suit
Image may contain: Ujjwal S. Thakuri, Ram Prasad Khanal, Rup Karki and Rishi P Dhakal, people smiling, people standing
Image may contain: 4 people, including Ujjwal S. Thakuri and Rup Karki, people smiling, people standing
Image may contain: 2 people
Image may contain: 6 people, people standing
Image may contain: 3 people, people standing
Image may contain: 4 people, people smiling, people standing and indoor
Image may contain: 2 people, indoor
Image may contain: 2 people, people smiling, people standing and indoor
Image may contain: 2 people, people standing and indoor
Image may contain: 3 people, people smiling, people standing, wedding and indoor
Image may contain: 3 people, people on stage and indoor
Image may contain: 3 people, people smiling, people standing
Image may contain: 4 people, including Bishwa Raj Thapa, people on stage and people standing
Image may contain: 3 people, including Rishi P Dhakal, people smiling, beard, suit and indoor



No automatic alt text available.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक