20181227

बाङ्गो औंलो देखाउँदै अरुलाई ललकार्नमै ब्यस्त प्रधानमन्त्री केपी ओली !


"ठुलो आशा र भरोसा गरेका थिए जनताले केपी ओलीबाट । उनको बिगत जति सुकै अलोकप्रिय भए पनि नाकाबन्दीका बेला ओली हिरो भएका थिए र जनताले बिगत भुल्दै नेता होस त केपी ओली जस्तो भन्थे र दाउरामै खाना पकाएर दु:ख कष्ठ झेल्दै पनि ओलीलाई जनताले पूर्ण साथ दिएका थिए । बारम्बारका अस्थायी सरकार, मिलिजुली सरकार, अल्पमतका सरकारबाट वाक्क दिक्क जनताले ओलीको उखान टुक्का देखी सबै कुरा
पत्याए, ताली मात्र लगाएनन दुइतिहाइ मत पनि दिए तर ओली अहिले सम्मकै पावरफुल प्रधानमन्त्री भएर पनि सबै भन्दा लुते प्रधानमन्त्री साबित भए । त्यति मात्र होइन यिनले हुँदा खाँदाको एमालेलाई अपराधीहरुसँग मिलाएर पार्टी पनि सिध्याए, सरकारको चाम पनि सिध्याए, अब यिनी जाँदा आफु मात्रै जाने छैनन एमाले पङ्ती, देश सबै लिएरै जाने भए । मौकामा चौका हान्न सिपालु ध्रुत छबिलाल उर्फ प्रचन्डलाई सबै सुम्पेर, देश बर्बाद पारेर जाने भए । यिनी बिसुद्ध चटके, सडकमा डमरू बजाउँदै मान्छे भेला गर्ने जादुगर भन्दा फरक देखिएनन । यि चटकेका हनुमान र दासहरुको त केनै जाला र ? तर देश र जनताले ओलीको असफलता र चटकीको मूल्य सयौं बर्ष सम्म तिरिरहनु पर्ने छ । नेपालको ईतिहासमा ओली सबैभन्दा नालायक र असफल प्रधानमन्त्री बन्ने भए" - जन जनको आवाज यस्तो आइरहँदा ओली भन्ने उनको बाङ्गो औंलो देखाउँदै अरुलाई ललकार्नमै ब्यस्तछन । तपाईंलाई के लाग्छ कुन्नी ??

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक