20181216

बुढो हुँदै र गल्दै गएपछि मान्छेको जातलाई स्वर्गतर्फ ध्यानाकर्षण हुने रहेछ।

- सन्तोष चिमरिया
बुढो हुँदै र गल्दै गएपछि मान्छेको जातलाई स्वर्गतर्फ ध्यानाकर्षण हुने रहेछ। जिन्दगीभर मार्क्सवाद, भौतिकवाद, बहुदलीय जनवाद जेजे भनेर उफ्रिए पनि ६० काट्दा नकाट्दै मार्क्सवादी हावा खुस्किन थाल्छ । हं गाँठ्ठे ! साच्चै स्वर्ग रछ भनेत , साच्चै ईश्वर रछन भनेत, भन्ने आध्यात्मिक चिन्तन मनमा आउन सुरु गर्छ । त्यो बिचार मनमा आउने बित्तिकै आफ्ना सहस्र पापहरु याद आउँछन । नर्कको अग्नीकुन्डले यता धर्ती, त्यो पनि जीउँदै भतभती पोल्न थाल्छ । अनि मान्छे परलोक सुधार्न तर्फ लाग्छ । यो लोकसंग उसले लेनादेना कम गर्छ ।
हेर्नुस् , मेसो नमिलेको कुरो र फेंसो नमिलेको हलोको काम छैन । लिरिक लिरिक हल्लिन्छ र मेलोमा राम्रो बस्दैन । त्यसैले कुरो गर्न बसेपछि मेसो मिलाएर गरेको राम्रो ! जोत्न हिडेपछी फेंसो मिलाएर हिडेको राम्रो ! अब कुरोको मेसोमा, कुरा गर्दै जाँदा परलोकको कुरो आइहाल्यो । त्यसैले कुरो मेसो मिलाएर मेलैसंग गरिन्छ । हतपतको कुरो लतपत हुन्छ । नगर्नु कुरो गर्न बसि हालियो । यत्रा विद्वान विद्वान बसेका ठाउँमा लतपत
कुरो नि, के गराई भो र !
परलोकको स्वर्गको कुरो जुन छ , चाईन्जो यसो बिचारेर अनुभोगमा आधारित भएर दाबीका साथ भन्न पर्दा, यो धर्तीमा स्वर्गका ३ नमुना चलनचल्तीमा रहेछन । अरु पनि छन तर , ती धेरै आकर्षक नभएर होकि तिनको उस्तो चर्चा धर्मीमा छैन । धर्तीमा चर्चा हुने , प्रचार हुने , पत्याईने स्वर्गका बारेमा मेलैसंग मेसो मिलाएर तल चर्चा गरिएको छ । ध्यान दिएर पढ्नु होला । तपाईलाई पनि आफ्नो स्वर्ग छनोट गर्न सजिलो होला भन्ने मेरो ठम्याई छ ।
अब एक लम्बर स्वर्गको कुरो गरम । भाषामा एक लम्बर , बिद्यामा एक लम्बर , धनमा एक लम्बर, शक्तिमा एक लम्बर, आईडिया र टेक्निकमा एक लम्बर जस्तै , स्वर्गमा पनि पहिलो लम्बरमा आउने स्वर्ग जुन छ ,त्यो अग्रेजी स्वर्ग नै हो । आईमिन इन्लिस हेभेन, नंबर वान ।
टाईसुट र ह्याट लगाएर, हातमा लिएको होली वाईन पिउदै, मृत्युपछि प्रभुपुत्र यसुका साथमा अनन्त बस्न पाईने स्वर्गलाई इङ्लिस स्वर्ग भनिन्छ । यो स्वर्गमा प्रवेश गर्न अम्रिका गए जति नि गाह्रो छैन । भिषा सजिलै उपलब्ध हुन्छ , प्रक्रिया धेरै झन्झटिलो छैन । तपाईंलाई चाहिने , पासपोर्ट , भिषा, टिकट लगायत सबै डकुमेन्ट यतै धर्तीमा जिउँदै हुँदा उपलब्ध गराईन्छ । त्यो एकप्रकारले सबैलाई पर्ने डिभी जस्तै हो । यसमा छनौट भइरहनु पर्दैन । सबै छनौट , सबै पास । इङ्लिस स्वर्गका आधिकारिक एजेन्ट र एजेन्सीहरु टिकट बाड्ने र भिषा दिने प्रयोजनकै निम्ति संसारभरी फैलिएका छन । उनीहरु लटका लट स्वर्गको टिकट, भिसा र उता बस्न चाहिने पिआर सित्तैमा वितरण गरिरहेका छन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि यो सेवा उपलब्ध छ । सरकार आफै यो लोकमा दुख पाएका गरिब जनतालाई इङ्लिस स्वर्ग पठाउन लागि परेको छ । जसका निम्ति उ देवदुतहरुको आगमनमा बाटो खाली गराएर स्वागत गर्छ । दस काम छोडेर सोल्टीमा डेरा जमाएर बस्छ । पबित्र जाँड घुट्याउछ । उता स्वर्गका रहेका जिससको आफ्नै बिर्जेको फलबाट जन्मिएकी उनकी छोरीबाट ब्लेसिङ ग्रहण गर्छ ।
इङ्लिस स्वर्गको छोटकरी महात्मे यहि हो । हजारौं जिब्रो भएका शेषनागले त इङ्लिस स्वर्गको बयान गर्न सक्दैनन् भने , म नाथेबाट पुर्ण महात्मेको अपेक्षा तपाईंले नगरेकै राम्रो । छोटकरी महात्मेले पनि यदी तपाईंलाई यो स्वर्गको नागरिक भएर बस्न प्रेरित गर्छ भने,अन्त्यमा- एउटा आधारभुत र अन्तिम सर्तको पालन तपाईंले गर्नुपर्ने हुन्छ । त्यो हो- बिना भाले पनि पोथी गर्ववती हुन सक्छे भनेर तपाईंले मान्नै पर्छ । जयजन्म जुन छ , त्यो भालेपोथीको स्वभाविक र प्राकृतिक हानथापबाट होइन, परमेश्वरको आशिर्वादले हुन्छ भनेर स्विकार गर्नपर्छ । किनकि स्वयं जिसस त्यसरी जन्मिएका थिए भनेर बिश्वास गर्नुभयो भने मात्रै, तपाईंको भिषा आप्रुब हुन्छ । यो प्राथमिक सर्त पूरा गरेपछि अब एउटा मात्रै सर्त बाँकी रहन्छ । त्यो भनेको – तपाईंको मर्ने काम हो । तपाईंले मरिदिए पुग्छ । त्यसपछि तपाईं एकैपटक इङ्लिस स्वर्गमा अवतरण गर्नुहुनेछ ।
अब दुई लम्बर स्वर्गको पालो । यो दुई लम्बर स्वर्ग हो- उर्दु/अरबी स्वर्ग । यानेकी जन्नत । जन्नत जुन छ, त्यो अरबिक र उर्दुमय छ । मुल्लामय ,कठोतम र उग्रम छ । इङलिस स्वर्ग जस्तो उदार र स्वतन्त्रतापुर्ण छैन । यसको प्रवेश पनि इङलिस स्वर्गमा जस्तो सजिलो छैन । भ्याट्ट वाईन पियो, लुत्त स्वर्ग छिरो जस्तो होइन । यसमा अलि कठिन छ । आईमिन भ्याट्ट लेबर भिषामा साउदी गएजस्तो सजिलो छैन । धेरै धारा, उपधारा, दफा र बिनिमयहरुको छेकवार छ । आउनुस चर्चा गरौं ।
सबैभन्दा पहिला यो स्वर्ग जान तपाईं आफू जम्मिनु भन्दा १४०० बर्ष अगाडिको एउटा घटनाको साक्षी बस्नुपर्छ । जन्मिदै नजम्निएको घट्नाको साक्षी कसरी बस्ने ? भनेर प्रश्न गर्नुभयो भने तपाईंलाई स्वर्ग प्रबेशमा निषेध छ ।
वास्तवमा मुल्लाको धर्ती र स्वर्ग दुबैमा प्रश्न निषेध छ । बर्जित छ । मुल्ला र शासकका मुखारबिन्दबाट ईश्वरको नाममा जे निसृत हुन्छ, त्यो नै अन्तिम सत्य हो । त्यो नै धर्म हो । दायाँबायाँ सोच्नु भयो , बोल्नुभयो, लेख्नुभयो भने जुनसुकै एम्बेसीमा तपाईंको चिरफार हुनसक्छ । तपाईंको ज्यान विघटन भएर छाला र मासु एकातिर र हड्डी र खप्पर अर्कातिर भाग लाग्न सक्छ । त्यसैले बेलैमा स्वर्ग नजाने तर कालगतीले मरेर चाहिँ स्वर्ग जाने भए तपाईंले विबेक र तर्क, स्वतन्त्रता र आत्मासम्मन, बेल्ने र लेख्ने, बिबाद र बहस जस्ता घातक कुराबाट टाढै बस्नुपर्छ । जसो जसो मुल्लाबाजे उसै उसै स्वाह गर्नुभयो भने तपाईं जन्नती हुनुहुन्छ । अन्यथाको परिणाम भयावह हुनसक्छ ।
अन्यथा गरेको खण्डमा तपाई काफिर, हरामी र मज्न्नुन ठहरिनु हुनेछ र झन्नमको टिकट काट्नु हुनेछ । फेरि अन्यथा भनेको धेरै अन्यथा पनि होइन । साधारण अन्यथा । यो लोकमा धेरैले गरिरहेकै, एकदम प्राकृतिक र स्वभाविक । तपाईं हामीले घाँस दाउरा जादा, मेलापात गर्दा, गोठाला जादा गरेका आम कुराहरु । जस्तोकि सुटुक मायाप्रेम गर्ने । छिल्लिने । कहिलेकाही कस्तो न हुदो रैछ भनेर अनुभव लिने । यस्ता कृयाकलाप गरेमा, गर्ने जोडीले भोलिपल्टै आफुलाई रुखमा झुन्डिएको पाउने छन । त्यो पनि धर्मको नाममा । धर्म जोगाउने नाममा । तर मुल्लालाई चारवटी सम्म ल्याउन छुट छ । शिव शर्मा जस्ता मुल्लाहरुलाई गोमा ब्रामणी जस्ती चारवटी स्वास्नी छुट हुन्छ । त्यो पनि शास्त्रले किटान गरेर छुट दिएको छ । पाँचवटी चाहिए बैकल्पिक ब्यावस्था छ। मन नपरेकी एउटीलाई तीन पटक तलाक भनेपछि पाँचौ ह्याटि्रक गर्न मिल्छ । यसमा किन भन्ने प्रश्न बर्जित छ । प्रश्नकर्तालाई स्वर्ग बर्जित छ । मुल्लाले स्वर्गजाने ट्राभल डकुमेन्टमा ल्याप्चे नलगाउन सक्छ ।
फेरि दुई लम्बर स्वर्ग जान तपाईंले एक्लै गएर हुँदैन । कहिलेकाही अरु धेरैलाई पनि साथै स्वर्ग लिएर जानुपर्छ । आफू पनि जाने र आफू वरिपरिकालाई पनि धर्मयुद्धको नाममा संगै स्वर्ग लैजादा , मुल्लाहरुले बम्पर उपहारको व्यवस्था गरेका छन । जस्तोकी यसरी सामुहिक स्वर्ग प्रस्थान गर्दा,स्वर्ग जाने र स्वर्ग लानेले सधैं स्वर्गमा मटन बिर्यानी खान पाउछ । र यसरी सधैं मटन बिर्यानी खाँदा न नाक लाग्छ, न चैइन्जो कोलोस्ट्रोल नै हुन्छ । फेरि स्वर्गमा तपाईं सधैं तरुनो , सधैं मस्त, साँड जस्तै हुनुहुन्छ । मुल्लाको यो स्वर्गमा कसैले १६ कटेर १७ लाग्न पाउदैन ।
दुई लम्बर स्वर्गको मोटामोटी महात्मे यहि हो । तपाईंलाई यो स्वर्गमा रुचि छ भन्ने त्यसतर्फ बिचार गर्नुस । छैन र तेस्रो स्वर्गको चहाना राख्नु हुन्छ भने, तल पढ्दै जानुस ।
यो स्वर्ग जुन छ बडो बिचित्रको छ । रमाइलो छ । र छ बदनाम र बदमास । अं साच्चै यो स्वर्गलाई तपाईं संस्कृत स्वर्ग अथवा सनातन स्वर्ग भन्न सक्नुहुन्छ । सबै स्वर्गका जस्तै यो स्वर्गका आफ्नै मौलिक बिषेशताहरु छन । यहाँ नाचगान र रमाइलो हुन्छ । यता धर्तीमा हुन्छन नि दोहोरी र डिस्को ? हो यसको व्यवस्था पन्नितजीले उता नि गर्नु भाको छ । उता नि तरुनी नाच्छ्न र धनी मूर्खहरु पैसा फ्याक्छन । वास्तवमा दोहोरी र डिस्को, सुरा र सुन्दरी अनि रात्रीजीबनको जुन चहलपहल ठमेल देखि लासभेगाससम्म छ, ती सबैको प्रेरणाको स्रोत सनातन स्वर्ग नै हो भन्दा फरक पर्दैन । सनातन स्वर्गका राजा ईन्द्रले यसको नैतिक जिम्मेवारी लिनपर्छ ।
वास्तवमा भन्ने हो भने ,यो स्वर्गमा जति बिकृती अरु स्वर्गमा त के ब्राह्मणमै छैनन् कि जस्तो लाग्छ मलाई । दुनियाँभरीका महापुरुषहरु फसाउन एकसे एक तरुनी उपयोग गर्ने देखि , छलकपट , झालसाँझी र काईतेकिर्यामा यो स्वर्ग अब्बल छ । चरीत्र र प्रवृत्ति हेर्दा माथीको सनातन स्वर्ग र तलको सिंहदरबार भन्ने सत्तास्वर्ग मलाई मीत- मीत हुन कि जस्तो लाग्छ । मलाई कब्जियतको बिराम छ । कहिलेकाही यसो गोटा परेर धेरैबेर सौचालयमा बस्न बाध्य हुँदा म सोच्छु । हं गाठ्ठे ! यो सनातनी स्वर्ग होकि दोहोरी सांझ हो ? डिस्को होकी स्वर्ग हो । बेहोरा र चरीत्र हेर्दा त सिंहदरबार जस्तो छ । स्वर्गारोहण गरेका नेताजती सबै माथी गएर नि नेतै हुन्छ्न कि क्या हो ? नत्र यो स्वर्ग किन यस्तो बदमाश र बद्नाम ? किन यस्तो अनैतिक र षड्यन्त्रकारी ? यी मेरा प्रश्न सौचसंगै सकिन्छ्न र फ्लसिङमा परेर ढलमा मिसिन्छ्न । यीनले आजसम्म चित्तबुझ्दो उत्तर पाएका छैनन । कोहि विद्वान हुनुहुन्छ भने उत्तर दिन तलको कमेन्ट बक्स प्रयोग गर्न सक्नुहुनेछ । मुर्खलाई मार्गदर्शन हुन्छ ।
अब यो स्वर्गमा को जान्छ त ? सनातनी स्वर्ग जुन छ, त्यो उत्तर कोरिया जस्तै हो । सत्तपत्त कसैको भिषा लाग्दैन । कोही जान पाउदैन । सिट सिमित र आरक्षित छ । यहि भारतिय उपमहादिप वरिपरि जम्मिएकाहरुलाई एकदमै छनौट गरेरमात्रै भिषा दिईन्छ । गाईखाने / सुँगुर खाने/ उता परपर जन्मिएकाहरुले यो स्वर्ग जान पाउदैनन् । तपाईंले ईश्वरकि श्रीमती मरिन र ईश्वर बौलाहा भए भन्ने कथन पत्याएर एक महिना व्रत बस्नुभयो भने , तपाईंले यो स्वर्गको मजा लिनुहुन्छ । तर हैन मेरो ईश्वर बहुलाउदैन भन्नू भयो भने तपाईंको भिषा लाग्दैन । तपाईंलाई स्वर्गका अध्यागमन अघिकारी पन्निज र पुरेतले नर्क पठाउछन ।
त्यस्तै यो स्वर्ग जान तपाईंले छुवाछूत र छोईछोटो गर्नुपर्छ । सबै मानिस एउटै हुन, मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन भन्न थाल्नुभयो भने तपाईं नर्कमा । तपाईं मात्रै होइन सात पुस्ता नर्कमा । पहिलै स्वर्गको नागरिक भैसकेका पितृ पनि स्वर्गबाट धपाईएर नर्कमा । संसारका बिचित्र स्थान मध्य सनातन स्वर्ग पनि एक हो ।
यो स्वर्ग कस्तो लाग्यो हजुरलाई ?
माथी उल्लेख गरिएका सबै स्वर्गहरु वास्तविकता स्वर्ग होइनन् । यी मानिसलाई मानिस हुनबाट रोकेर धर्म विशेष र सप्रदाय बिषेषको बनाउने प्रपन्चस्वरुप निर्माण गरिएका काल्पनिक ललिपप हुन । ललिपप स्वास्थका लागि हानिकारक छ । स्वर्गवाद मुर्दावाद ।

GO TO HOME PAGE


Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक