20190101

अमेरिकाको लस एन्जलसमा रामप्रसाद खनालको एकल साङ्गीतिक साँझ, अधिबक्ता फुलाराको कानूनी परामर्श सहित सम्पन्न भयो खुल्लामँचको बार्सिकोत्सब !

अमेरिकाको प्रसिद्ध शहर लस एन्जलसको तारा हिमालयन कुजिनको भरिभराउ हलमा मिठो उदघोसण सहित छिरे पत्रकार सूर्य थापा । अङ्रेजी नयाँ वर्षको पूर्व सन्ध्या, डिसेम्बर ३० तारिखको साँझ । क्यालिफोर्नियाका महाबाणिज्यदूत एवम् उदाहरणीय सफल नेपाली व्यवसायी ॠषि ढकाल, अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष एवम् अग्रज लोक तथा दोहोरी गायक रामप्रसाद खनाल, कानुन व्यवसायी वासुदेव फूलारा सहित पत्रकारहरू, एन आर एनका हस्तीहरू देखी क्यालिफोर्नियाका सामाजिक लगायत विभिन्न क्षेत्रका हस्तीहरूलाई अतिथि दिर्घामा राख्दै सुरु
भयो खुलामञ्चको आठौँ वार्षिकोत्सव समारोह ।

उदघोसकले उदघोसन गरे कार्यक्रम ३ चरणको छ भनेर । औपचारिक शुभकामना आदान प्रदान, कानुनी परामर्श र राम प्रसाद खनालको एकल साङ्गीतिक साँझ । सुरु भयो कार्यक्रम । खुल्लामन्चका प्रधान सम्पादक गोकुल ढकालले सबैलाई स्वागत गरे, धन्यवाद दिए, खुल्लामन्चका गाथा सुनाए । प्रमुख अतिथि महाबाणिज्यदुत ॠषि पुन्नाखर ढकालले मन्तव्य राखे । नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुदिप पन्त, युवा पत्रकारहरु   किरण मरहठ्ठा, तोया दाहाल, सुदर्शन ओली  देखी एन आर एनका हस्तीहरू, सामाजिक जीवनका अगुवाहरू इन्दिरा त्रिपाठी, राम बाबु पाण्डे, दिनेश शाह, रमेशवर भण्डारी, उत्तम कार्की लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखे ।

कार्यक्रमको अध्यक्षता गरेका बेदा जोशी, प्रमुख अतिथि ॠषि ढकाल र प्रधान सम्पादक गोकुल ढकालले विभिन्न सामाजिक अगुवा र संस्थाहरूलाई सम्मान गरे ।

त्यस पछि अध्यागमन लगायतका विभिन्न विषयमा उठेका कानुनी प्रश्नहरूको जवाफ दिए अधिवक्ता वासुदेव फुलाराले ।

अनि सुरु भयो राम प्रसाद खनालको एकल साङ्गीतिक साँझ । खनालले सुरुमा आफ्ना लोकप्रिय सेन्टिमेन्तल लोकगीतहरूबाट आफ्नो प्रस्तुति सुरु गरे । त्यसपछि बिस्तारै माहौल तताउँदै र नचाउँदै लगे । खनालका लोकगीतहरू, पञ्चेबाजाका गीतहरू देखी विभिन्न गीतमा उपस्थित नेपाली समुदाय झुम्दै गए, नाचे र मनोरञ्जन गरे । करिब साढे तिनघन्टा चलेको उक्त कार्यक्रमको अन्त्यमा रात्रीभोजको पनि व्यवस्था थियो । कार्यक्रमका तस्बिरहरू आफै यसरी समाचार बोल्छन् :   
  


                            







- Photos by S Raj Wagle / Nepalmother.com

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक