20190120

जयदेव गौतम सहयोग अभियान मा जुट्यो नेपाल अमेरिका पत्रकार सङ्घ नेजा !

आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरु !
सहयात्री पत्रकार मित्र जयदेब गौतमजी को कम्मर भन्दा मुनिको भाग नचल्ने भए देखी शुरु देखी मैले नजिक बाट नियालिरहेको छु वहाँलाई । अस्ती नेपाल अमेरिका पत्रकार संघको टोली सहित हामीले वहाँको निवासमा गै फेरी सहयोग गर्नुपर्ने अवस्था देखेर फर्केर आएका छौं । नेजा अध्यक्ष सुदीप पन्तजी र सिङ्गो टिमलाई यो अग्रसरताकालागी हार्दिक धन्यवाद ज्ञापन गर्दै मैले पनि आफुसक्दो डोनेशन गरेको छु । कृपया सबै सहयोगी मनहरु लाई दिल खोलेर यो आपतको घडीमा सहयोगको हात अगाडि बढाउन म हार्दिक आग्रह गर्दछु । थोपा थोपा मिलेर नदी बन्छ, सागर बन्छ । कृपया सबैबाट सहयोगका लागि सादर आग्रह नेजा सँगै मेरो पनि । 
- रामप्रसाद खनाल, प्रधान सम्पादक - नेपाल मदर डट कम भर्जिनिया अमेरिका
सहयोगका लागि यो लिंक क्लिक गर्न सक्नुहुन्छ । 
https://www.gofundme.com/ddeun9-a-cause-i-care-about-needs-
जयदेव गौतम सहयोग अभियान !
पाल्पा नेपाल जन्म भई हाल भर्जिनिया अमेरिका बसोबास गर्नुहुने नेपाल अमेरिका पत्रकार सङ्घ, नेजाका संस्थापक सदस्य जयदेव गौतम कम्मरभन्दा तल नचल्ने अवस्थामा उपचारका क्रममा हुनुहुन्छ । अकस्मात बिरामी भई भर्ना हुनुभएको गौतम तीन महिना अस्पतालमा भर्ना भएर गत महिना डिस्चार्ज भई नियमित
उपचारको क्रममा हुनुहुन्छ । काम गर्न नसक्ने अवस्थामा रहनुभएका गौतमलाई हाल सहयोगको आवश्यकता रहेको छ ।
गौतम मिडिया मनिटर जिएमएमपी, नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, नेपाल खेलकुद पत्रकार मञ्चको उपाध्यक्ष, नेपाल वातावरण पत्रकार समूहको सदस्य, नेपाल अमेरिका पत्रकार संघको संस्थापक सदस्य रहिसक्नु भएकोछ । 
नेपालमा लामो समय पत्रकारिता गर्दा उहाँले युगसम्बाद साप्ताहिकमा सहायक सम्पादक, कान्तिपुर दैनिकमा सहायक वरिष्ठ उपसम्पादक, चित्रण साप्ताहिक, सत्य साप्ताहिक, सौर्य दैनिक लगायतमा काम गर्नु भएको थियो । उहाँले अमेरिकामा बिश्वसंदेशमा काम गर्नु भएको थियो । उहाँका लक्ष्मण रेखाका दासहरू- निबन्ध सङ्ग्रह, विश्वकप फुटबल:कथा एक गाथा अनेक कृति प्रकाशित भएका छन् । गरिमा, मधुपर्क, अस्मिता, मूल्याङ्कन, नव युवा, नयाँ सडक, कान्तिपुर, राजधानी, नागरिक दैनिक, नेपाली पोस्ट डट कम अनलाइनलगायतका पत्र पत्रिकाहरूमा समसामयिक तथा साहित्यिक सयौँ लेखहरू प्रकाशित भएका छन् ।
नेजाले नेपालमा पत्रकारलाई दुख र समस्या परेको अवस्थामा सहयोग गरिरहेको छ । एक छोरा र श्रीमतीको साथमा भर्जिनियाको मनासस शहरमा बेसमेन्ट भाडामा लिई बसिरहनुभएको छ । अमेरिकामा पत्रकारलाई दुखकस्ट परेको यस अवस्थामा सहयोग गर्नु हामी सबैको मानवीय धर्म सम्झी आफ्नो श्रोतबाट ५०१ डलर राखी यस गोफन्ड एकाउन्ट खोलिएको छ । गौतमलाई परेको यस कष्टकर अवस्थामा सहयोग गर्नुहुन सबैलाई नेजा हार्दिक अनुरोध गर्दछ । 

- नेपाल अमेरिका पत्रकार सङ्घ, नेजा

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक