20190124

डा. केसीकाे अनशन र संसदकाे सर्वोच्चता बारे प्रधानमन्त्री ओलीसमक्ष २५ प्रश्न !

- शिव प्रकाश
Image may contain: 1 person, suitप्रधानमन्त्रीज्यू,
१) एउटा सत्याग्रही, जो एउटै विषय र वस्तुका लागि सोह्रौं पटक अनशनमा छ, त्यसका विरुद्ध एउटा क्रिमनललाई भाडामा लिएर अनशन भनेर भुइँमा लडाउनुभन्दा ठूफाे अन्टसन्ट अर्काे के हुन्छ ?
२) के नेकपामा एकजाना पनि इमान्दार र सज्जन मान्छे बाँकी नरहेकै हुन् ? सत्याग्रहजस्तो पवित्र तपस्याको खिल्ली उठाउदैं एउटा "अपराधी" (जसलाई तपाइँकै कानुनले अपराधी मानेर जेल समेत हालेकाे थियो)लाई भुइँमा सुताउनु भनेकाे नैतिक पतनकाे प्रमाण हैन ?
३) सरकारले पटकपटक गरेको सम्झौता वैधानिक दस्तावेज हो कि हैन ? हो भने त्यसको नैतिक दायित्व ग्रहण
गरेर पुरा किन गरिदैन ?
४) वैधानिक हैन भने सरकारले अवैधानिक कार्य किन ग¥यो ? अवैधानिक कार्य गर्ने सरकारलाई वैधानिक मान्ने कि नमान्ने ?
५) डा. गोविन्द केसीले उठाएका माग पुरा गर्छ भनेर सरकारले गरेको यो निर्णय वैधानिकता पाउँदैन भने त्यही सरकार गरेका अरु यावत् निर्णयले कसरी वैधानिकता पाउँछन् ? त्यो सरकारले गरेका सबै निर्णय स्वतः अवैधानिक भए कि भएनन् ?
६) यो अवस्थामा सरकार स्वयंमको वैधानिकता के हुने ?
७) बी एण्ड सी अस्पताललाई सम्बन्धन नदिने भनेर मन्त्रीपरिषद्ले गरेको निर्णय किन उल्टाइयो ?
८) आज त्यसलाई किन उल्टाइयो ?
९) निर्णय उल्ताएर त्यही संस्थालाई सम्बन्धन दिनका लागि यो हदसम्मको बेइमानी किन गरियो ? यो आफैंमय अपराध हो कि हैन ?
१०) ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्नु भएको हो कि हैन ?
११) हो भने, झापाको बी एण्ड सी अस्पताल लगायत अन्य धेरै ‘कथित मेडिकल कलेजमा भएको लगानीको स्रोत के हो, सरकारले प्रमाणित किन गर्दैन ?
१२) ‘मेरा छोराछोरी छैनन् जे गर्छु देश र जनताका लागि गर्छु’ भन्नु भएको हो कि हैन ?
१३) हो भने के जनताले प्रधानमन्त्रीज्यूबाट जवाफ पाउन सक्छन्, डा. केसीले उठाएका माग मध्ये कुनचाहीँ देश र जनताको हित बिपरित छन् भनेर ?
१४) तपाइँले भन्ने गरेका समृद्धि र सुशासनका लागि के डा. केसीको आन्दोलन सहयोगी छ कि छैन ? छैन भने कारण दिन सक्नु हुन्छ ?
१५) के यो विधेयक डा. केसीकै अनशनको बलमा आएको हो कि हैन ?
१६) हैन भने खारेज किन गर्नु हुन्न ?
१६) हो भने पटकपटक सम्झौता गरेर पनि फेरी किन बेइमानी गर्ने ? फेरी किन यत्रो षडयन्त्र गर्ने ?
१७) आज संसदलाई आदेश दिन सक्दिन भन्नु भो तर त्यही संसदमा हिजो त्यही सम्झौता पढेर किन सुनाउनु भो ? किन ताली बजाएर स्वागत गर्दै सहमति जनाउनु भो ?
१८) तर के साच्चिकै तपाइँले आदेश दिन सक्नु हुन्न ? के देशको संसद साच्चिकै विधि र विवेकमा चलेको छ ?
१९) चलेको भए डा. गोविन्द केसीले सोह्रौं पटक अनशन बस्नु पर्थ्यो ?
२०) डा. केसीसँग भएका सम्झौता कार्यान्वय गर्न संसदको सर्वोच्चताले छेक्क भने ‘वाईड बडी घोटाला’का विषमा त्यही संसदको उस्तै निकायले गरेको निर्णय किन ठाडै अमान्य भयो ? किन कसैलाई कारवाही भएन ?
२१) त्यही संसदमा एउटा ‘अपराधी’ (जसलाई देशको अदालतले अपराधी करार गरेर जेल हालेको छ । जसलाई प्रधानमन्त्री स्वयंले हिजो अगराधी धोषित गर्नु भएको थियो ।) रेशम चौधरीलाई किन शपथ खुवाइयो ?
२२) जनप्रतिनिधिको सपथ खुवाएर किन फेरि जेल हालियो ?
२३) जनताको सर्वोच्चता बोकेको त्यो संसदले भन्न सक्छ– रेशम चौधरी जनप्रतिनिधि हुन् कि अपराधी ?
२४) त्यो सर्वोच्च संसदले कारण दिन सक्छ– रेशम चौधरी अपराधी हुन् भने किन शपथ खुवाइयो ? उनी अपराधी हैनन् भने किन जेल हालियो ?
२४) प्रधानमन्त्रीज्यू, तपाइँकाे सत्ताराेहणसँगै नेपालको इतिहासलाई नै कलंकित गर्ने काण्डहरू भएका छन्, खै संसदको सर्वोच्चता ?
२५) यो सबै संसदको सर्वोच्चता हो कि सत्ताको दासता ?
प्रधानमन्त्रीज्यू, हामी कति तल झर्यौं ? संसदीय पद्धतीलाई कति कलुषित बनायौं ? याे लाेकतन्त्र कि लाउकेतन्त्र हो सांसदहरू जनप्रतिनिधि हुन् कि सत्तका जन्ती हुन् ?
आज चोरको पर्यायवाची शब्द नेता बनेको छ ।त्यसै बनेको हैन, नेता भन्नेबित्तकै जनताका आँखामा चोरकाे विम्ब छाउँछ । देशमा ब्रम्हलूट चलेको छ । सिंहदरबाभित्र टुकुचा बगेको छ । के यसैलाई सुशासन मान्ने ?

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक