20190106

बुटवलका अग्रज पत्रकार बालकृष्ण चापागाईंको नेत्रित्वमा बन्यो पब्लिसर्स एसोसियसन अफ नेपाल (PAN)

नेपाल मदर डट कम श्री बालकृष्ण चापागाईंलाई पब्लिसर्स एसोसियसन अफ नेपाल (PAN) को अध्यक्षमा छानिनु भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको लागि शुभकामना ब्यक्त गर्दछ । 
Image may contain: Balkrishna Chapagain, hatदेशका बिभिन्न भागमा मिडिया क्षेत्रमा लगानी गरी पब्लिसर्सको भूमिकामा रहेका सञ्चार उद्यमीहरुका हक, अधिकार , समस्या र उनीहरुको समृद्धिलाई दृष्टिगत गरी बुटवलमा शनिबार सम्पन्न पब्लिसर्सहरुको एक भेलाले बुटवलबाट प्रकाशित दैनिक पत्र दैनिकका कार्यकारी प्रमुख तथा प्रधान सम्पादक बालकृष्ण चापागाईं अध्यक्ष रहनुभएको पब्लिसर्स एसोसियसन अफ नेपाल (PAN) राष्ट्रिय समिति गठन गरेको छ ।  समितिको महासचिवमा ब्लास्ट टाईम्स दैनिक, धरान सुनसरीका प्रबन्ध निर्देशक तथा सम्पादक किशोर कुमार कार्की रहनुभएको छ । समितिले यही २०७५ माघ २८ गते बुटवलमा भब्य राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।भेलामा पब्लिसर्सहरुका समस्याको पहिचान गरी त्यसको समाधानका उपायहरुसहित यसका अवसर र चुनौती बारे राष्ट्रिय समितिकोतर्फबाट अवधारणा–पत्र प्रस्तुत गर्ने जिम्मेवारी महासचिव किशोर कुमार कार्कीलाई दिईएको छ । प्रदेश नम्बर ३ को मकवानपुर देखि पश्चिम महाकाली सम्म अध्यक्ष बालकृष्ण चापागाईं र त्यसदेखि पूर्व मेचीसम्म महासचिव किशोर कुमार कार्कीले पब्लिसर्सहरुलाई सम्पर्क गरी उनीहरुका समस्याहरु के छन् ? ती समस्या समाधान गर्न के गर्नु पर्ला? संघीय, प्रदेश र स्थानीय सरकार बनिसकेपछि यो क्षेत्रमा के कस्ता समस्याहरु आई परेका छन्? ऐन कानुन निर्माणमा के कस्तो अवस्था देखिएको छ ? पब्लिसर्सहरुको पेशागत हक, हित
र लगानी–सुरक्षाका साथै समृद्धि के कसरी हुन सक्छ ? जस्ता विषयमा उनीहरुको अवस्था बुझ्ने र राय सुझाव लिनका लागि भेलाले उहाँहरुलाई जिम्मेवारी दिएको छ ।

यो नवगठित राष्ट्रिय समितिका पदाधिकारी तथा कार्यसमितिमा सात प्रदेशहरुबाट एक–एक जनाको प्रतिनिधित्व रहने गरी समिति निर्माण गरिएको छ ।
आगामी माघ २८ गते प्रदेश नम्बर ५ को राजधानी ऐतिहासिक नगरी बुटवलमा आयोजना हुने पब्लिसर्सहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलाबाट प्राप्त सुझावलाई दृष्टिगत गरी राष्ट्रिय समितिले कार्यसमितिमा बिभिन्न क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखि पदाधिकारी तथा सदस्यहरु थप गर्न सकिने महासचिव कार्कीले बताउनुभएको छ ।

GO TO HOME PAGE

Go to Home Page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक