20190215

बधाई छ सरकार !

एक पछी अर्को गर्दै
चमत्कारै चमत्कार गर्दै
सँसारलाईनै आश्चर्यचकित पार्दै
हाम्रा प्रधानमन्त्री
हाम्रा मन्त्री
सल्लाहकारहरु
सहयोगी नेताहरु
साँसदहरु
ताली मार्दै उक्साउने
कार्यकर्ता र जनताहरु !
एक बर्ष बिताउनुभयो
बधाई छ सरकार
बधाई प्रधानमन्त्रीज्यू
बधाई सहयोगी सबै सबैलाई !

*****

सरकारले राम्रै राम्रा मात्र काम गर्दा
नराम्रो देख्ने इतरहरुलाई
संचारमन्त्री गोकुलले
ठाडै जबाफ लाउनुभएकै छ !
सरकारको गुणगान गाउनु भएकै छ
बरु मलाई ति गुणगान सुन्दा
अलिकती कम भए जस्तो लाग्छ !
कति कन्जुस्याइँ गर्या मन्त्री जी ??
धक खोलेर गुणगान गाउनुस
फलाक्न रेडियो, टिभी र गोरखापत्र छँदैछ
अरुले बिरोध गरेर केही नापिन्न !
फेसबुक ट्विटरका बिरोधको के कुरा भो र !
तपाईंले जेल हाल्ने कानुन ल्याउँदै हुनुहुन्छ
ल्याइ हाल्नुस् कानुन
तिराइहाल्नुस जरिवाना
पठाउनुस जेल
बिरोध गर्नेलाई छोड्नै हुन्न
किन कि दुई तिहाईको पावर छ
कसैले केही नाप्दैन !
****

अख्तियारकै आयुक्त घुसखाने
न्यायाधिश नेताकैमा जाने
झगडीयाबाटै घुस खाने
कर्मचारी देखी ब्रम्हचारी सम्म
गाउँ पालिका देखी नगर पालिका सम्म
जताततै लेनदेन
अन्याय
अत्याचार
भ्रस्टाचार
जता हेर   
नेताका झोले !
सब चुप लाग
बोल्दै नबोले !
थुतुनो उघार्नै हुन्न
अहँ नखोले !
किनकी देशमा पावरफुल सरकार छ !
*****
- रामप्रसाद खनाल, फेब्रुअरी १५, २०१९          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक