20190205

कस्ता दिन आए हेर्दा हेर्दै !

 नाङ्गै नाच्ने, छाडाहरु दर्शक पाउँछन आजकल
ठेकेदारले पनि तिन्लाई ठेक्का लाउँछन् आजकल
छि छि छि छि कस्ता दिन आए हेर्दा हेर्दै
हेर्दा सुन्दा लाजै लाग्ने गीत गाउँछन आजकल !
#               #                    #                   #
मेला आयोजक तिन्कै पछी धाउँछन आजकल 
नाङ्गानाचनै चाहिन्छ भन्ने पनि ठाउँछन आजकल
गीत संगीत र कला क्षेत्र बदनाम हुँदै गयो
तिनै नाङ्गा लिई हिंड्ने ठुला माउँछन आजकल !!
-  रामप्रसाद खनाल, हाल अमेरिका, फेब्रुअरी ०५, २०१९ 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक