20190208

अग्रज पत्रकार एबम लेखक राजन कार्की भन्नुहुन्छ हाम्राे माटाे र झण्डामा दाग लाग्नु भएन !

नेपालको अर्को दुर्भाग्य - राजन कार्की   
जनताले आफ्नो राष्ट्रको सम्पत्ति सम्झेका केपी ओली, जनमतकै बलमा पाँच वर्षका लागि प्रधानमन्त्री त बने, सार्वजनिक सम्पत्ति बन्न सकेनन् । वर्ष दिनमै अर्काको नासो गलपासो पो बन्नपुगे । ठूलै क्षति रोक्नुपर्ने आपातकालको जस्तो हा हु गरेर फास्ट ट्र्याकबाट संविधान जारी गरियो र चुनाव गराइयो । स्थिति कस्तो थियो भने टीकापुरको नरसंहार, मधेस आन्दोलन, भारतको नाकाबन्दी, हिंसा र अराजकता जारी थियो, राष्ट्रवादको नारा लगाएर ओलीलाई हिरो बनाइयो । 
त्यतिबेलाका हिरो ओलीको खुट्टा माटोमा रहेनछ, यो एकवर्षको उनको दोस्रो कार्यकालले प्रष्ट पा¥यो । सरकार ५ वर्ष अभेद्य किल्लाजस्तो छ, कसैले छुन हल्लाउन नसक्ने तर भ्रष्टाचार व्याप्त छ, कानुन व्यवस्था केही पनि छैन, छ भने मानसिक आतंक छ, असुरक्षाको चिसो सिरेटो प्रत्येक नागरिकको मनमा हु“डलो बन्दो छ । हाहाकार त्यही संविधानले सिर्जना गरेको थियो । तैपनि जनताले ओलीको अडानलाई देशभक्तको रूपमा बुझे र आमचुनावमा
दुई तिहाइ दिए ।
दुई तिहाइको सरकारको नेतृत्व केपी ओलीले गरेको वर्षदिन भयो । पाँच वर्षलाई कसैको लक्का न धक्काको रूपमा सरकारको नेतृत्व गरेको नेकपा र प्रधानमन्त्री ओली कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै चरित्रमा देखिए । व्यवस्था बदलियो, बानी बदलिएन । व्यक्ति बदलिए, व्यवहार बदलिएन । मुलुक भ्रष्टाचार र अनीति, नैतिकहीनताको पोखरी बन्न पुग्यो । एमनेष्टी र विश्व बैंकको रिपोर्ट यसै भन्छ ।
नेपालीमा उखान छ– बा“दरको हातमा नरिवल । ओलीको हातमा सत्ता के गयो, वर्ष दिनमा बा“दरे चरित्रबाहेक केही देखिएन । संविधान कार्यान्वयन गर्न र संघीय लोकतन्त्र स्थापित गर्न बनेको दुई तिहाइको सरकार, समाजवाद समाजवादको रट लगाएर म नै राज्य हु“ भन्नेजस्तो अभिमानमा पो देखिए ओली ।
ओलीमा यति धेरै अहंकार आउनुको कारण अति महŒवाकांक्षाबाट सिर्जित अधिनायकी सोच हो । सिंहदरबारको सरकार गाउ“सम्म भ्रष्टाचार पुगेको देखेर सर्वसाधारण निराश हुनथालेका छन् । जनतालाई भर दिनुपर्ने, कर दियो यो सरकारले । विश्वास दिनुपर्ने, अतास दियो । नेपालको इतिहासमै कि त राणा शासनमा भयो होला त्यस्तो भ्रष्टाचार, कि ओलीराजमा । केपी ओली श्री ६ बन्न खोजेकै हुन् त ?
प्रचण्ड एमालेमा विलय भए, वैद्य विप्लव कराइरहेका छन् । बाबुराम पाखा लागे । विवेकशील साझाले चुनावमा केही चुरीफुरी गरेको थियो, आपसमै दा“त झाराझार गरेका छन् । राप्रपा नामका तीन पार्टी जुट्ने र फुट्ने क्रम जारी छ । प्रतिपक्षीमा नेपाली कांग्रेस छ, उसले अझै बीपीको धार पक्रिन सकेको छैन । उल्टो आन्दोलनको नाममा आगजनी गरेर बा“की बक्यौता आकर्षण पनि कमजोर पार्दैछ । नेकपा राजनीतिक जंगलको एक्लो सिंह भन्दा हुन्छ । यही कारणले गर्दा संसदको सर्वोच्चताका नाममा नागरिक सर्वोच्चतालाई अर्थात् आमरण अनशनसमेत कुल्चेर अघि बढेको दृश्य देखियो ।
आदर्श बगार्ने धेरै छन् । नाकाबन्दीका बेलामा, मधेश आन्दोलनका बेलामा, जनआन्दोलनको सफलतापछिको १३ वर्षसम्म नेताहरूले आदर्शमात्रै बगारे नतिजा के निस्कियो ? दही मथेको भए न घिउ निस्कन्छ, पानी मथेर के निस्कनु ? १३ वर्ष पकाएको लोकतन्त्र र जति पकाए पनि बाक्लो भएन । 
राजनीति यस्तै हो अर्को चार वर्ष । जति पनि घोटाला र जति पनि युवा निकासी भइरहनेछन् । अर्थविद्हरू ढुकुटी रित्तिएको र आर्थिक अराजकता बढेको संकेत दिइरहेछन्, सरकार जनताले दूधभात पनि खान पाएका छैनन् र भन्ने शैलीमा सिंहदरबारमा गजधम्म बसेर बार्दलीबाट जनताको रुन्चे मुहार हेरिरहेको छ । लोकतन्त्रमा विश्वास गर्ने जनताको यो हदसम्मको अपमान ? यस्तो अपमानको विष पिएर गणतान्त्रिक लोकतन्त्र कति दिन बाच्न सक्छ ।
लोकतन्त्र लोकतन्त्र भन्नेहरूले हेरून्– पूर्वराजा जता जान्छन् उतै जनताको लु“डो देखिन्छ । जयजयकार भइरहेको छ । जनताले लोकतन्त्रका रथि महारथिहरूको आपराधिक दुशासन, दुर्योधन चरित्रप्रतिको मौन घृणा देख्न सकेका छैनन् । जनताभित्र आगो सल्किदै गएको छ, राजनीतिमा डढेलो सल्कियो भने राजा फालेर बादशाह बनेका, धर्म फालेर परधर्मप्रति आशक्त हुनेहरूको कुन गति होला ? भारतमा हिजो मोदीको कुन चकचकी थियो, आज तिनै मोदीको पतन किन हेर्दैनन् नेकपाका पदाधिकारीहरू । नेकपाको नाक छैन कि कसो ¤ नेकपा महानगरको फोहरको कन्टेनर नै भइसक्यो त ¤ जनताको मन नपढ्ने, जनताको भाव र भेउ थाहा नपाउने अस्थायी राजनीति हो यो ।
हावामा नाच्ने राजनीतिले परिणाम केही पनि दिँदैन । सपना देखाउ“छ र आफू र सबैलाई शोम शर्माको कथाजस्तो मात्र बनाउ“छ । एउटा नाटक ओलीले मञ्चन गरे, उनको सफलताले उनलाई स्थिर सरकारको नाइके बनायो । अर्को नाटकीय परिवर्तन हुने सम्भावना छैन । ओली वर्तमान नेपालका बास्सा हुन् । धृतराष्ट्रजस्ता बास्सा । यो सरकार भ्रष्टाचारलाई संरक्षण गर्छ, अपराधीलाई काखी च्याप्छ, बलात्कारी र हत्यारालाई छोपछाप पार्छ । आज जनतामा खिन्नता छ ।
यस्तो गनाउने दुर्गन्ध फैलिदा पनि न अधिकारकर्मी एक छन्, न नागरिक समाज । बुद्धिजीवी अथवा संचेतन वर्ग त पार्टी पार्टीका कित्ता कित्तामा विभक्त छन् । बुझ्ने, दबाब र प्रभाव दिनसक्नेहरू पार्टीका कार्यकर्ता बनेपछि, स्वार्थको लक्ष्मण रेखामा बा“धिएपछि छरिएका सर्वसाधारणको पीडा बुभ्mने को, तिनको अवाज उठाइदिने र न्याय दिलाइदिने कसले ¤
यो अवस्थाले मुलुकलाई सुकुलगुण्डाहरूले बन्दी बनाउनु स्वाभाविक हो । देश सुकुलगुण्डामय बनेको छ । सर्वसाधारणलाई स्वर्ग दिन्छु भनेर वचन दिनेहरूले तिनको जीवनलाई नर्कमय बनाइदिएपछि लोकतन्त्र लोकका लागि अ“ध्यारोतन्त्र बनेको छ । बेलाबेलामा उखान टुक्का हालेर प्रधानमन्त्री ओलीले चा“दीका घेरा देखाउ“छन्, जुन आजको भोलि नै विलुप्त हुन्छन् । सत्ता रमाइलो मेलाको चटकेको चटक जो बनेको छ ।
कुमालेको चक्र बनेको छ नेपालको राजनीति । माओ, माक्र्सवाद एकातिर छ, समाजवाद अर्कोतिर । अन्तमा समाजवाद नै हो र माओवादी पनि समाजवाद भनिरहेका छन् । कुनै वादीस“ग पनि देश कसरी बनाउने भन्ने स्पष्ट नक्सा छैन । अवसर छोपीछोपी, मौका हेरीहेरी बोल्छन्, गर्छन् र चल्छन् । लोकतन्त्रको योभन्दा अर्को उपहास हुनैसक्दैन । २०६३ सालको राजनीतिक परिवर्तन, २०६५ सालको गणतन्त्र र २०७२ सालको फास्ट ट्र्याकबाट घोषणा गरिएको संविधानको लास्ट ट्र्याकमा छ केपी ओलीको शासन ।
ज्ञानेन्द्र शाहलाई जतिसुकै गाली गरे पनि अन्ततः उनीभन्दा देशभक्त त अरू देखिएनन् । उनी हिजो जहा“ थिए, आज पनि त्यही“ छन् । हाम्रा नेताहरू सडकबाट महल, पजेरो, स्वीस बैंकसम्म पुगिसके । दुई थान जहाज किन्दा वा जलस्रोतको ठेक्का दिँदासमेत अरबौं हिनामिना गर्ने नेताहरूले ज्ञानेन्द्र शाहको जयजयकार किन भयो ? यत्ति विश्लेषण गर्ने हिम्मत देखाए र आफ्नो अनुहार जनताको नजरको ऐनामा हेरे भने ज्ञानेन्द्र शाहका सामु यिनीहरू होचा पुड्का देखिनेछन् ।
नेकपाले साम्यवाद ल्याउनेछ, जनजीविकाको रक्षा गर्नेछ भन्ने कुरा ओली र प्रचण्डका अर्का दिउ“सै देखिएका सपना हुन् । किनकि, पार्टी नेताहरू देशलाई १३ वर्षमै चाणक्यको बेइज्जत गर्ने धनानन्दजस्ता अत्याचारी, अनैतिक बनेका छन् भने जनताले खोजेको चन्द्रगुप्त मौर्यजस्ता वास्तविक लोकशासक कहिल्यै नपाउने अवस्था सिर्जना हुनपुगेको छ ।
यस्ता नेताहरूकै व्यक्तिगत स्वार्थका कारणले नेपाल विदेशीको चलखेल मैदान बन्न पुगेको हो । नेपालको परराष्ट्रनीतिमा समेत विचलन आएको छ । पार्टीपिच्छेका विदेश नीतिका अभिव्यक्तिले नेपालको असंलग्न परराष्ट्रनीति क्षतविक्षत पारिएको छ । यद्यपि गुलियो दलेको पञ्चशीलका कुरा गर्छ सरकार । सरकार हा“क्ने पार्टी बोल्नैपर्ने अन्तर्राष्ट्रिय मुद्दामा मौन बस्छ र बोल्न आवश्यक नै नभएको भेनेजुएलाजस्ता मुद्दामा अमेरिकास“ग टक्कर लिन अघि सर्छ । यही हो कम्युनिस्टको कम्युन्यालिष्टतन्त्र भनेको ¤ यिनलाई देशको स्वाभिमान र सम्मानको मूल्य नै थाहा छैन, यिनलाई आफ्नो भविष्यको चिन्ताले सताइरहेको छ । यसको नतिजाका रूपमा जनतामा समस्याहरू दिनदिनै थपिँदैछन् ।
नेपाल पनि देश हो र भनेर अमेरिकी राष्ट्रपतिले नजानेर सोधेको होइन । नेपालले अपनाएको गलत नीतिको व्यङ्ग हो त्यो । यिनै केपी ओलीले तिनै ट्रम्पस“ग फोटो खिचाएर आएका थिए । ट्रम्प अमेरिकी राष्ट्रपति हुन्, अमेरिकी राष्ट्रपति उनका क्रियाकलापमा, उनले दिएका चुनावी प्रतिवद्धतामा असफल भए होलान्, विश्वशक्ति हावामा उड्दैनन् । अमेरिकी राजदूतले नेपालका परराष्ट्र र प्रधानमन्त्रीको ब्रिफिङ त्यसै बहिष्कार गरेनन् ।
सबै पार्टीले मान्ने र बोल्ने नेपालको परराष्ट्रनीति एउटै हुनुपर्छ । परराष्ट्रनीति निर्माताहरू, सल्लाहकारहरू विदेशीले नियुक्त गरेका व्यक्ति हुनु नै नेपालको अर्को दुर्भाग्य हो । स्थिर सरकारको असफलता हो । यसकारण पनि फास्ट ट्र्याकको संविधानको कार्यान्वयन गर्न ओली लास्ट ट्र्याकमा पुग्दैछन् ।


कहिलेसम्म हामी सतीको सराप बोकेर हिड्ने ? 

रुसो भन्थे– कानुन जनताको आवाज हो । नेपालका सन्दर्भमा जनताको आवाज सुनिन्न किनकि जनप्रतिनिधिको मुखण्डोलगाएका सिमित बर्ग कानुनलाई खेलौना बनाइरहेका छन् । कानुन देशको नैतिक उन्नतिको ऐना हो र यो ऐनामा नेपालको अवनतिबाहेक केही देखिन्न । किनकि जो शासन सत्तामा छन्, ती सबै अनैतिकताको पोखरीमा आहाल बसिरहेका छन् । गान्धी भन्थे– शासन र सहरको भव्यता गरीबको रगतले किनिएको हुन्छ।
जो जनयुद्धमा जनता र सुरक्षाकर्मी मार्थे, ती आजकल सत्तामा पुग्न तिनै जनतालाई नमस्ते गर्छन्, सत्तामा पुगेपछि आफैले गोली ठोकेर मारेकालाई सलाम गर्छन् । यस्तो तमासा वर्तमान नेपालको कर्मकाण्डी राजनीति बनेको छ । हाम्रा राष्ट्रपतिको बुलेटप्रुफ भवन, गाडी र डेढअर्वको हेलिकोप्टर गरीबकै रगतले किनिएको हो । संसदमा पुगेको सांसद र सत्तामा पुगेका मन्त्रीहरु जनताको शोषण गरेर सम्पन्नता र प्रभाव आर्जन गरिरहेछन् । प्रधानमन्त्रीको भव्य रहनसहन पनि गरीबकै रगतको परिणाम हो । शेक्सपियरको एउटा भनाई खुब प्रख्यात छ– पापले होइन दयाले साहसी बनाउ“छ । हाम्रा शासक बर्ग पापमाथि पाप गर्दैछन्, नैतिक रुपमा टकटकिएर भाङ्ग्रो बन्दैछन् र नक्कली साहस देखाइरहेछन् । हो, यी नक्कली मयुरहरु आर्थिक रुपमा सम्पन्न त भएका छन्, लोक र लोकतन्त्र बलियो बनाउने मनोकाञ्छा यिनमा छैन। जनता यिनलाई घृणा गर्छन्, ३ करोड जनसंख्याको देशमा तिसौं हजार शहीद घोषणा गर्नेहरु नया“ नेपाल बनाउने सपनाको व्यापार गरिरहेछन्।
परिवर्तित राजनीतिमा ठूला मानिएका शेरबहादुर देउवा, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, केपी ओलीजस्ता नेताहरु सबै प्रधानमन्त्री भइसके । यिनीहरु हरेक गलत कुराहरु भारतबाट अनुकरण गर्छन् । भारतका पहिलो राष्ट्रपति बनेका डाक्टर राजेन्द्र प्रसाद राष्ट्रपति भवन पुग्दा सहयोगीहरुले उनलाई सुत्ने कोठा देखाएपछि त्यो भव्य आरामदायी कोठा देख्नासाथ राष्ट्रपति राजेन्द्र प्रसादले पहिलो आदेश दिए– मेरो देश गरीब छ, म यो पलङमा कदापि निदाउन सक्दिन । मलाई सामान्य खटियाको व्यवस्था गरिदिनु । यो २६ जनवरी १९५० को घटना हो । उनी १३ मे १९६२ सम्म राष्ट्रपति पदमा रहे र उनी सामान्य काठको खाटमा सुते, सामान्य जीवनयापन गरे। पदको दुरुपयोग गरेनन् । सरलताले जनताको नजरमा सम्मानको उचाइ बढ्छ भन्ने कुरा नेपाली नेताले कहिल्यै सिकेनन् । यिनीहरु किन प्रधानमन्त्री बने, फेरि फेरि प्रधानमन्त्री बन्न लालायित छन्, आफ्नै लागि। हाम्रा नेताले राष्ट्रिय अस्तित्वका लागि एकदिन एकछिन पनि बा“च्न सकेनन्।
सुरा र सुन्दरी, सत्ता र सम्पत्ति ः यही हो नेपालको राजनीति । चिनिया“ इतिहासकार फाह्यानले चाणक्यका बारेमा लेखेका छन्– जुन देशका प्रधानमन्त्री सादा जीवन, उच्च विचार लिएर झोपडीमा बस्छन्, त्यो देशका जनता सुखी र सम्पन्न हुन्छन् । जुन देशका प्रधानमन्त्री राजमहलमा निवास गर्छन्, त्यो देशका जनताको भागमा झोपडी मात्र हुन्छ । नेपालको लोकतन्त्रले न चन्द्रगुप्त मौर्य पायो, न चाणक्य । लोकतन्त्रले लुटतन्त्रमात्र ल्यायो । प्राचीन मगध साम्राज्य जसरी भयावह र हाहाकारमय थियो, नेपालको गति मति त्यही छ।
जनयुद्ध हिटलरी आतंक थियो, जनआन्दोलनको सफलतालाई बसन्त परिवर्तन भनियो । बसन्त परिवर्तनपछि दुराचार बढ्नु भनेको नैतिकपतनको श्रृंखला हो । यो श्रृंखला रोकिएन भने नेपाल बिखण्डन, बिभाजन र अस्तित्व लोभ हुने खतरामा पर्नेछ । आमजनताका लागि अहिले नै न्याय मह“गो, जीवन मूल्यहीन भइसक्यो, त्यो राष्ट्र भेन्टिलेटरमा पुगेको प्रमाण हो यो।
अंग्रेजी कथन छ ः राजनीति थ्री डब्लु अर्थात ओमन, वेल्थ, वाइन हो । यसलाई नेपालीमा सुरा, सुन्दरी र सम्पत्ति (सत्ता) भन्दा हुन्छ । सत्ताभित्रै पर्छ यौन । धार्मिक ग्रन्थहरुमा महिलालाई शक्तिकी देवीको रुपमा पूजा गरिन्छ । आधुनिक युगमा महिलालाई यौनसोख, पोसाकका रुपमा ग्रहण गर्ने प्रचलन आयो । नारी माया हो, नारी आकर्षण हो, नारी सिर्जना र जीवनलीला हो । नारी संहारकर्ता पनि हो । यसैकारण नारीलाई आधा आकाश, आधा संसार पनि भनिन्छ । नारीका अनेक रुप छन् । नारी सिर्जना, शक्ति, सेक्स र सम्पत्तिको स्रोत पनि हो । तर नेपाली राजनीतिमा नारीलाई औजारका रुपमा प्रयोग गरिने प्रचलन बढ्यो । नारीको मानभन्दा अपमान बढ्दै गएको छ । नारीमाथि हिंसा, बलात्कार र हत्या सामान्य हुनथालेको छ । नारीको महिमा मर्दन गर्ने व्यक्ति वा मुलुकको बिनास निश्चित छ।
नेपाली राजनीति अपराध, शक्ति, सम्पत्ति र यौनको समिश्रण झोल भयो । यही घोल झोल राज्यशक्तिको पोल बनेर उभिनपुग्यो । जसले जस्तोसुकै सफा खोल ओढे पनि उसको खोलभित्र फोहरी ओमन, वेल्थ, वाइन र सत्ताको फोहरको दाग प्रष्टै देखिन्छ । दागी नेता र राजनीतिले स्वच्छता, सम्बृद्धि ल्याउ“छ भनेर अपेक्षा गर्नु मुर्खता हो । किनकि दागी अगुवाहरु निष्ठा र नीति, नैतिकता र चरित्रलाई स्वार्थका लागि बेचिरहेका छन् । जो नीति र नैतिकता बेच्छ, उस“ग के बा“की रहन्छ र देशले पाउने?
चर्चिल र रुजवेल्टको समझदारीबाट एटलाण्टिक चार्टर जन्म्यो, गिरिजा, प्रचण्ड र माधवकुमार नेपालको समझदारीबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र जन्म्यो । एटलाण्टिक चार्टर विश्व संगठन– राष्ट्रसंघ बन्यो, लोकतान्त्रिक गणतन्त्र केही पार्टीको सिण्डिकेटमात्र हो । सिण्डिकेटतन्त्र भनेको देश र जनतामाथि घात, प्रतिघात र आघात दिने क्रम, उपक्रम, उपद्रव हो, जुन छाल दिनदिनै उर्लिरहेको छ।
इटलीमा ग्यारवाल्डीले योङ् इटली संगठन गरे र रेड सर्ट पार्टी खोले । पछि त्यही दलले इटलीलाई ऐतिहासिक गौरव दिलायो । जनयुद्धको सफलता र संघीय लोकतान्त्रिक गणतन्त्र कमान खुस्केको घडीजस्तो भयो । यो न शोभा बन्यो, न ठिक समय थाहा पाउन नै काम लाग्यो । लोकतन्त्र त बा“दरको हातको नरिबल पो बन्यो । शेक्सपियरले लेखेका थिए ‘कायरहरु धेरैपटक मर्छन्’ । माओ, चारु, चाउ, जयप्रकाश नारायणको इतिहास साहसको इतिहास हो, हाम्रा कम्युनिष्ट, समाजवादीहरुको इतिहास जनतामारा, दशमारा मात्र भयो।
१२ बु“दे दिल्ली सहमति भएपछि खुब हल्ला चल्यो– आठ दल मिलेपछि नेपालमा दूधसागर बग्छ । जसरी ०५२ सालमा महाकाली सन्धि आधारातमा संसदबाट पारित गर्दा नेपालको सूर्य पश्चिमबाट उदाउ“छ भन्ने यिनै थिए । ०७५ साल आइपुग्दा नेपाल भ्रष्टाचारी मुलुक बनेको छ । यसैभन्छ भर्खर आएको ट्रान्सपेरेन्सी इन्टरनेशनलको रिपोर्टअनुसार १८० मा नेपाल १२४औं भ्रष्टाचारी मुलुक हो । देश जेसुकै होस्, पार्टी र नेताहरुलाई मनमज्जा चाहिएपछि यस्तै हुन्छ।
सत्ता र शक्तिका लागि जंगबहादुरले यौन र हतियारको यसरी प्रयोग गरे कि उनले कोतपर्व नै मच्चाइदिए । कोतपर्वबाट उदय भएका जंगबहादुरको शासन १०३ वर्ष लामो राणा शासन बन्यो । राणाहरुले सत्ता र शक्तिका लागि के गरेनन् ? जुद्धशमशेरले त सिंहदरवारमा बेलायती बैठक नै बनाए, बेलायती बैठकको भ¥याङदेखि भान्छासम्म, बेडरुमदेखि बाथरुमसम्म नग्न युवतीहरु राखेर आफूलाई कामुक कामदेव नै बनाएको इतिहास छ । वर्तमान कामदेवहरुले सिंहदरवार त बनँएनन्, कालोधनको थुप्रोमा गजधम्म बसेर स्वीस बैंकसम्म धन थुपार्न भ्याएका छन्।
पृथ्वीनारायण शाहका भाइ सिंहप्रताप शाह र मैचा महारानीको प्रेमलीला र उनले गरेको योनी तन्त्रसाधना, नौवटी केटीस“ग राशलीला गरेर तिनीहरुलाई बिर्य खुवाएका अनेक प्रसङ्गहरु पनि राजनीतिकै एउटा पाटो हो । बहादुर शाह र महारानी राजेन्द्र लक्ष्मीवीचको यौन सम्बन्ध पनि नेपाली राजनीति कै एक अध्याय हो । २०५८ सालमा दरवार हत्याकाण्डमा युवराज दीपेन्द्र र पशुपति शमशेर जबरा पुत्री देवयानीको प्रेम कथा पनि रोमाञ्चक छ, जसको पुरा विवरण शायदै कहिल्यै खुलस्त होला । यस्तै रहस्यको संसार हो जनयुद्ध र जनआन्दोलनपछिको राजनीतिक पाप प्रकरण र भ्रष्टाचार महाभारत ।
इतिहासमा साह्रै दर्दनाक सत्ता र शक्तिको घटना छ– एकीकरणपूर्वको पाटनका ६ प्रधानले मच्चाएको आतंक । बिसं १८०९ देखि १५ सम्म पाटनका राजा थिए विश्वजीत मल्ल । राजालाई मोहबसमा पारेर ६ प्रधानले हालीमुहाली चलाउ“दा नियन्त्रण गर्न खोजेका कारण एक प्रधानले राजामाथि आफ्नी श्रीमतीलाई सुताएको आरोप लगाए । त्यही आरोपलाई ६ प्रधानले मिलेर यसरी जनतामाझ झ्याली पिटाए कि राजा विश्वजीत अधर्मी हो, कूकर्मी हो । नभन्दै जनता राजाविरुद्ध बिद्रोह गर्ने मनस्थितिमा पुगे, ६ प्रधानले सशस्त्र विद्रोह गरेर राजा विश्वजीतलाई गद्दीच्यूतमात्र गरेनन्, सही कुरा सार्वजनिक होला, जनताले थाहा पाउलान् भनेर अपदस्त राजा विश्वजीतलाई पाटन दरवारभित्रको तलेजु भवानीको मन्दिरको मूलढोकामा बलीको बोकालाई पर्साएजसरी पर्साएर काटे।
जनआन्दोलनमा जनतलो निरंकूशता विरुद्ध आन्दोलन गरे, पार्टीहरुले मिलेर राजतन्त्र र हिन्दुराष्ट्रको बली चढाए । त्यतिबेलाको ६ प्रधान र अहिलेका ६ नेतामा के भिन्नता छ र ? हुन त ल्हासाको कुतीलाई नेपालको अधिकारक्षेत्रभित्र ल्याउने भीम मल्ललाई षडयन्त्रकारीको कुरामा लागेर राजा लक्ष्मीनर्सिङ मल्लले मृत्युदण्ड दिएका थिए । हिष्ट्री अफ नेपाल, ट्रान्सलेटेड फ्रम पर्वतीय भन्ने पुस्तकमा डेनियल राइटले लेखेका छन्– भीम मल्लकी श्रीमती सती गइन र जा“दाजा“दै उनले दरवारमा कहिले पनि विवेक नहोस् भनेर श्राप दिएकी थिइन् । अहिलेको दरवार ठूला पार्टी हुन्, तिनमा विवेक पटक्कै देखिदैन ।
यस्तै घटना हो– २०६५ साल जेठ १५ को गणतन्त्र कार्यान्वयन । २०७२ साल असोज ३ गतेको संविधान घोषणा । सत्तामा मदमत्त भएकाहरुले जनताको रायसुझावलाई यसरी सिध्याए कि जसरी सबैरोग नास हुने विश्वासका साथ सर्वौषधिका रुपमा मुस्ताङमा चौंरीको गर्धनको नसा काटेर आलो रगत पिलाउने गरिन्छ । न गणतन्त्रले गणलाई खुशी दियो, न संविधानले कानुन व्यवस्था ठिकठाक पार्न सक्यो । सत्ता र यौन, सम्पत्ति र शक्तिको अनपेक्षित र दुर्भाग्यपूर्ण दुर्घटनाहरुको श्रृंखला चलिरहेका छन् । जनयुद्धका मुद्दाहरु रक्तविज बनेर उठ्न थालेका छन्।
मौर्यवंशी चक्रवर्ती महाराज अशोकले विश्व बिजय हासिल गरे, कलिंगाको युद्धपछि यौनतीर्खा मेटाउने इच्छा पूरा नहु“दा उनले लुम्बिनी आएर बुद्धको मूर्तिका सामु तरवार बिसाएर बुद्धमार्गमा आत्मसमर्पण गरे । लडाकु अलाउद्दीन खिल्जीको कथा पनि खुकुरी र यौनकै हो ।
इतिहासमा सुन्दरी क्लियोपेट्राको प्रसङ्ग पनि आश्चर्यपूर्ण लाग्छ । उनी आफ्नो सुन्दरता निखार्न, तिखार्न र उजिल्याउन हरेक दिन गधाको दूधले नुहाउ“थिन् । उनले नुहाएको दूध पिउन प्रेमीहरु त“छाडमछाड गर्थे । मानौं अमृत हो क्लियोपेट्राले नुहाएको गधाको दूध । क्लियोपेट्रास“ग सुत्न, नजिकिन राजामहाराजा, सामन्तहरु सर्वस्व लुटाउन तैयार भएका बृतान्तहरु इतिहासका पानाभरि पढ्न पाइन्छ ।
हिटलर यौन भनेपछि भुतुक्कै हुन्थे । हिटलरकै सिको गरेर यौनान्द लिने पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको मोनिका लेवेन्सीको यौन काण्डले विश्वलाई नै यौनमय समाचारले छपक्कै छोपिदिएको थियो एक जमाना । त्यति बेला आफ्ना पति तथा देशका राष्ट्रपति बिल क्लिन्टनलाई उनकी श्रीमती हिलारीले माफी दिएको प्रसङ्ग कम रोचक थिएन । तिनै हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिको बलबती उमेदवार बनिन् तर अमेरिकी जनताले डोनाल्ड जे. ट्रम्पलाई जिताइदिए । ०५० को दशकमा भारतका पिता महात्मा गान्धीले यौनलाई मजाले खेलाए, चलाए । अविकसित, विकासशीलमात्र होइन, विकसित मुलुकहरुमा पनि यौन र राजनीतिवीच नून, चिनी, पानीको सम्बन्ध देखिन्छ । जुन औषधि भन्दा बढी विषालु बन्यो नेपालको राजनीतिमा।
नेपालमा ३८ प्रधानमन्त्री भए, सबका सब थ्री डब्लु अर्थात ओमन, वाइन, वेल्थस“ग नजोडिएका पाइदैनन् । समाजवादीहरुले पर्खालसम्म चढे, कम्युनिष्टहरु बलात्कार गर्न पछि परेनन्, आदर्श पुरुष मानिएका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भन्थे– मैले विवाह त गरिन तर म कुमारकेटो होइन । राजनीतिक परिवर्तनको ०६३ साले पर्व असफल भयो । अर्को परिवर्तनका आहट आउन थालेका छन् । तर अझै देशका लागि बलिदान हुन तैयार पुस्ता जन्मेको देखिदैन । शायद सतीको सरापबाट नेपाल मुक्त भएकै छैन।
लेखक वरिष्ट पत्रकार, गाेरखा साप्ताहिक र नेपाल टुडे डटकमका प्रकाशक/सम्पादक हुनुहुन्छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक