20190214

प्रचण्ड र उनको नेकपाले समर्थन गरेको भेनेजुयलाको सुन्दै डर लाग्ने, झोलाभरी पैसाले एक छाक तरकारी नआउने "कम्युनिस्ट राज" यस्तो छ !


कम्युनिस्ट अधिनायकवादको चपेटामा परेको भेनेजुएला यतिबेला चरम सङ्कटको अवस्थाबाट गुज्रँदै छ र खानसमेत नपाइने स्थिति उत्पन्न भएपछि अहिलेसम्म करिब सत्तरी लाख भेनेजुलिएनहरू देशबाट पलायन भई छिमेकी मुलुकहरूमा शरण लिन पुगेका छन् । सेनाका कर्णेल ह्युगो चावेजको उदय (सन् १९९८) पश्चात् भेनेजुएला सङ्कटको दिन शुरु भएको हो । राजनीतिक अस्थिरता भए पनि त्यसअघि भेनेजुएलाको
स्थिति राम्रो मानिन्थ्यो । चावेजले संविधानसभामार्फत संविधान जारी गर्दै बोलिभारिएन क्रान्तिका नाममा आफ्नो अधिनायकवादी शासन शुरु गरेपछि ओरालो लागेको अर्थतन्त्रको अहिले ‘ब्रेकफेल’ भएको छ ।
अमेरिकी डलरको तुलनामा भेनेजुएलिएन मुद्रा (बोलिभारिएन) को मूल्य ह्रास भएर एक अमेरिकी डलरबराबर तीन हजार तीन सय बोलिभारिएन कायम हुन पुगेको छ । सरकारले कायम गरेको यो दर स्थिर रहने विश्वास गरिँदैन, अझै धेरै तल जाने विश्वास अर्थविज्ञहरूले गरेका छन् । भेनेजुएलामा केहीअघिसम्म कामदारको न्यूनतम पारिश्रमिक चार हजार बोलिभारिएन कायम गरिएकोमा अहिले तीन सय गुण बढाएर मासिक सत्र हजार चार सय बोलिभारिएन पु¥याइएको छ । जसअनुसार भेनेजुएलाका कामदारहरूले मासिक जम्मा पाँच अमेरिकी डलर पाउनेछन् । त्यो भनेको नेपाली रुपैयाँ करिब ६ सय हो ।
सन् २०१३ सम्म पैसा हुनेले किनेरसम्म खान पाउने स्थिति थियो, अहिले बजारमा सामानको ठूलो अभाव छ । खानेकुरा र औषधिजस्ता आधारभूत आवश्यकताको वस्तु पनि त्यहाँ पाइँदैन । खान र औषधि–उपचारसमेत नपाइने भएपछि भेनेजुएलाका प्रोफेसर, इन्जिनियर, चिकित्सक, पत्रकारलगायत व्यावसायिक समुदाय तथा युवाहरू देशबाट पलायन भएका छन् । सडकमा देखापर्ने अधिकांश भेनेजुएलिएन सुकेनासका बिरामीजस्ता देखिन्छन् । सरकारले टोलटोलमा गुण्डादस्ता पालेर राखेको छ, सरकारको पक्षमा जुलुस गर्ने–गराउने तथा सरकारविरोधीहरूमाथि जाइलाग्ने तिनको मुख्य धन्दा हो ।
यसरी सरकारी गुण्डा भएबापत मादुरो सरकारबाट उनीहरूले रकम प्राप्त गर्ने गर्दछन् । तिनलाई त्यहाँ चाबिस्टाका नामले चिन्ने गरिन्छ । अपराध अधिक बढेर गएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रत्येक बाइस मिनेटमा एक भेनेजुलिएन नागरिकको हत्या हुने गर्दछ । युनाइटेड समाजवादी पार्टी नामक दल जुन ह्युगो चावेजले स्थापना गरेका थिए, सन् २०१३ मा चावेजको मृत्यु भएपछि उनको स्थानमा ल्याइएका निकोलस मादुरो पहिले काराकसमा ट्रक ड्राइभर थिए । हेर्दा खाइलाग्दो र लडभिड गर्न सक्ने देखेर चावेजले मादुरोलाई आफ्नो पार्टीको मजदुर संगठनको नेता बनाइदिएका थिए । तिनै मजदुर मादुरोलाई काखी च्याप्दै चावेजले आफ्नो उत्तराधिकारी बनाएका हुन् । शिक्षादीक्षासँग वैरभाव राख्ने मादुरो लठैतहरूमा विश्वास र भरोसा राख्दछन्, त्यसैले बौद्धिक समुदाय देशमा बाँच्न पाउने अवस्था त्यहाँ देखिएको छैन ।
राष्ट्रपतिको निर्वाचन गत डिसेम्बरमा हुनुपर्ने थियो । तर, डिसेम्बरसम्म पर्खंदा परिस्थिति प्रतिकूल हुने ‘फिडब्याक’ पाएपछि मादुरोले गत अप्रिल महिना (२०१८) को २२ तारेखमा निर्वाचन गराउने घोषणा गरे । तर, उक्त मिति पनि प्रतिकूल देखिएपछि २० मे २०१८ मा चुनाव गराउने घोषणा गरियो र, लठैतहरू व्यापक परिचालन गरेर सम्पन्न गरिएको निर्वाचनमा मादुरोले सतसठ्ठी दशमलव आठ प्रतिशत मत ल्याएर विजयी बनेको घोषणा गरेका थिए । पूरा जनमत मादुरोविरुद्ध भएको स्पष्ट देखिँदादेखिँदै पनि करिब अठसठ्ठी प्रतिशत मत ल्याएर विजयी बनेको घोषणा हुँदा सम्पूर्ण भेनेजुलिएन तथा अन्तर्राष्ट्रिय समुदायसमेत चकित परेका छन् । घटना र बिचार भन्छ - भेनेजुएलालाई यस्तो दारुण अवस्थामा पुऱ्याउने मादुरोको समर्थनमा नेपालका कम्युनिस्ट नेताहरू देखापर्नु आफैँमा आश्चर्यजनक मानिएको छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक