20190310

एक जना नेपाली नागरिक समेत सवार इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना, विमानमा सवार १५७ जना सबैको ज्यान गयो

एजेन्सी
इथियोपियाको आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटना हुँदा विमानमा सवार १५७ जनाको ज्यान गएको छ। १४९ जना यात्रु र चालक दलका आठजना सदस्यसहितको जहाज उडेको केही समयभित्र स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेर ४४ मिनेटमा
दुर्घटनामा परेको इथोपियन एयरलाइन्सका प्रवक्ताले जानकारी दिएका छन्। एयरलाइन्सका अनुसार घटना इथियोपियाको राजधानी आदिसअबाबाबाट करिब ६० किमी दक्षिण पूर्व बिशोफ्तु शहर नजिक भएको हो।
दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जानकारी दिएको छ ।
विमानमा एक जना नेपाली नागरिकसमेत परेका छन्।
विमानमा सबैभन्दा धेरै केन्याका नागरिक छन्। इथियोपियाली विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै विमानमा सवार मध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए।
यस्तै इजिप्टका ६, जर्मनीका ५, भारत र स्लोभाकियाका चार-चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ।
यस्तै अष्ट्रिया, रसिया र स्वीडेनका ३-३ जना तथा स्पेन, इजरायल, मोरक्को र पोल्याण्डका २-२ जना यात्रु परेका छन्।
यस्तै नेपालसहित बेल्जियम, दिजिबुटी, इन्डोनेसिया, आयरल्याण्ड, मोजान्विक, नर्वे, रूवान्डा, साउदी अरेबिया, सुडान, सोमालिया, सर्बिया, टोगो, युगान्डा, यमन, नाइजेरिया र एक जना राष्ट्रसंघको पासपोर्ट भएको पनि विमान कम्पनीले बताएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक