20190311

रामप्रसाद खनालले गरे एनआरएनए अमेरिकाको निर्वाचनमा उम्मेदवारीको घोषणा



- विश्वराज थापा 
गीत संगीत, कलाकारिता, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत प्रखर ब्यक्तित्व रामप्रसाद खनालले आसन्न एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा आफ्नो उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष समेत रहेका खनाल एनआरएनएमा पहिलो पटक चुनाव लड्दै भए पनि बिगतमा नेपाल देखी अमेरिका सम्म दर्जनौँ सामाजिक संघ संस्थाको नेत्रित्व गरिसकेका कुशल ब्यक्तित्व पनि मानिनुहुन्छ। रेयुकाइ, रेडक्रस, लायन्स देखी बिभिन्न सामाजिक संघ संस्थामा नेत्रित्व तहमा रही काम गरिसकेका खनाल ति संस्थाहरुका प्रशिक्षक, तालिम प्रमुखको रुपमा पनि काम गरिसक्नुभएको छ ।

यस बाहेक खनालले गीत संगीत, कला, साहित्य र पत्रकारिता क्षेत्रका बिभिन्न संघ संस्थामा पनि नेत्रित्व तहमा रहेर जिम्मेवारी बहन गरिसक्नुभएको छ । रेडियो नेपाल र नेपाल टेलिभिजनमा कार्यक्रम निर्माता, निर्देशक र संचालक भएर काम गरिसकेका खनाल तिनै ब्यती हुन जसले नेपालको लोकगीत संगीत, दोहोरी गीतलाई पुनर्जिबन दिनुभएको थियो र सो क्षेत्रको बिकासमा खनाल अग्रणी ब्यक्तित्व मानिनुहुन्छ । वहाँका शिस्यहरु पनि ति क्षेत्रमा अहिले राष्ट्रिय अन्तरास्ट्रिय क्षेत्रमा पुगिसकेका छन ।

यसका अलावा खनाल नेपाल टेलिभिजनकै बोर्डमा संचालकका रुपमा सरकार द्वारा नियुक्त भै जिम्मेवारी बहन गरेका ब्यती हुनुहुन्छ । वहाँ पत्रकारितामा करिब तीस बर्ष बिताइसकेका र राष्ट्रिय एबम अन्तर्राष्ट्रिय मिडियाहरुमा सम्बाददाता देखी सम्पादक सम्म भएर काम गरिसकेका मात्र होइन नेपालमा पत्रकारिताको प्रथम विश्वबिद्यालय भनेर मानिने नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक पनि हुनुहुन्छ ।

बिगत ११ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएका खनाल सामाजिक क्षेत्रका अग्रणी ब्यक्तित्व मानिनुहुन्छ । बिदेशमा रहँदा पनि नेपाल र नेपालीका लागि सधैंब कृयाशिल खनालले यस पटक एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारीको घोषणा गर्दा गज्जबको नारा पनि तय गर्नुभएको छ । वहाँको नारा यस्तो छ:

"योग्य सम्झनु भयो भने भोटदिनुहोला, सम्झिनेछु नासो 
योग्य नलागे भोट नदिनुहोला, हुने छैन मेरो कुनै गुनासो 
न ठुला भासण, न खोज्छु आसन, न छन ठुला आश्वासन
एनआरएनए अमेरिकालाई सबल बनाउने मेरो छ मन !"

खनालको उम्मेदवारी घोषणा सँगै एनआरएनए अमेरिकाको निर्वाचन माहोललाई गरम बन्दै गएको देखिएको छ भने बिभिन्न अरु पदहरुमा पनि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

खनाल अमेरिका बस्न थाले देखिनै आफु लाई "नेपाल र नेपाली" दुई शब्द भए पुछ भन्दै नेपाली राजनीति बाट पूर्ण रुपमा अलग राख्नुभएको छ । वहाँ सबैसँग मित्रवत व्यबहार गर्नुहुन्छ र बिदेशमा बस्दा नेपाली राजनीति गर्नु उपयुक्त छैन भन्नुहुन्छ । सबै सँग संपर्कमा रहने खनालले राजनीतिका आधारमा वा राजनीतिक हिसाबले कसैसँग त्यस्तो व्यबहार गर्नुहुन्न बरु हामी नेपाली र नेपाल यत्ती दुई शब्दमा केन्द्रित रह्यौं भने एक भएर अगाडि बढ्न र एकता कायम गर्न सक्छौँ भन्नुहुन्छ ।

एनआरएनए अमेरिकामा पनि राजनीतिक हिसाबले गुटबन्दी गरेर होइन सबै पक्ष, स्वतन्त्र लाई समेत समेटेर अगाडि बढ्न आफुले पहल गर्ने खनालको दाबीछ । मेरा लागि को काङ्रेस, को कम्युनिस्ट, को रा.प्र.पा वा को मधेशी हुने छैनन सबै नेपाली हुनेछन र सबै अट्ने एनआरएनए अमेरिका बनाउन, यसलाई सबल बनाउन मेरो पहल हुने छ खनालको भन्नुहुन्छ ।

खनाल एनआरएनए अमेरिकामा जानुभयो भने संस्थालाई सबल बनाउन उनले अहम भूमिका खेल्न सक्नेकुरामा अमेरिकामा बसोबास गर्ने धेरै नेपालीहरु विश्वाश ब्यक्त गर्दछन । हाल नेपाल मदर डट कमका प्रधान सम्पादक रहेका खनाल अमेरिकामा बिभिन्न बिजनेसहरुमा सँलग्न हुनुहुन्छ । वहाँको बिषयमा थप कुराहरु जान्न मन लागे www.RamPrasadKhanal.com मा जानसक्नुहुन्छ । खनाललाई हाम्रो तर्फबाट पनि हार्दिक शुभकामना ।
Source: enepalese.com

                                                            

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक