20190325

न त प्रतिबन्ध समाधान हो न त बन्द हड्ताल, बमबारी या कुनै प्रकारको आतंक समाधान हो !

देश फेरी २०५२ साल अघिको अवस्थामा, सरकार बिप्लब माओवादीलाई प्रतिबन्ध लगाउने, बिप्लब सरकारलाई प्रतिबन्ध लगाउने ! 
****
न त प्रतिबन्ध समाधान हो न त बन्द हड्ताल, बमबारी या कुनै प्रकारको आतंक समाधान हो, सरकार र बिप्लब माओवादी दुबै पक्ष बार्तामा आउ र समस्याको समाधान निकाल !
******
प्रधानमन्त्री केपी ओलीले नेकपा विप्लव समूहका अतिवादी र विध्वसात्मक क्रियाकलाप चैत महिनाभित्र नियन्त्रण गरिसक्ने दाबी गरेका छन् । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष समेत
रहेका प्रधानमन्त्री ओलीले भने, ‘हामी सहिषुष्ण व्यवहार गर्ने, उनीहरुले हत्याको लिस्टमा नेताहरु राखेर मान्छे खटाउने । फलानो नेता मार्न खटाउने क फलानो, फलानो नेता मार्न खटाउने क फलानो यस्ता नक्कली क हरुलाई छुट दिन सकिँदैन ।’
विप्लव समूहले हरिया हथौडाकै झण्डा, कम्युनिष्ट पार्टीकै नाम राखेर विकास निर्माणका काम हुन नदिएको, समाजवाद उन्मुख प्रयासहरुमा अवराध गरेको तथा कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने खोजेको उनको आरोप छ ।
कतिपयले कम्युनिस्ट नाम भएकाले लुटेको पनि ठीकै छ भनेको भन्दै उनले सरकारले छुट नदिने बताए ।
२८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको सरकारले धमाधम नेताहरुलाई पक्राउ गरिरहेको छ । पछिल्लो पटक समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ८ जना पक्राउ परेका थिए ।
प्रधानमन्त्री ओली विप्लव समूहका बाँकी नेताहरुलाई पनि पक्राउ गर्ने संकेत गरेका छन् । उनले भने, राष्ट्रिय राजनीतिको मुलधारमा ल्याउँछौं । सहज आउनुहुन्छ भने आउनुहुन्छ, आउनु हुन्न भने जेलमा बसेर आउनुहुन्छ ।’
प्रधानमन्त्री ओलीले पार्टीको सांगठनिक एकीकरणको काम हुँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे । एक महिनामा सक्नुपर्ने काम तल्लो तहसम्मको एकीकरणको काममा ढिलाई भएको स्विकार गर्दै उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कने वित्तिकै सो कामलाई पूर्णता दिइने बताए । अनलाइनका अनुसार उनले सरकारले असाधारण काम गरेपनि पार्टी भित्रैबाट प्रचार हुन नसकेको गुनासो पनि गरेका छन् ।
उता नेकपा विप्लव समूहले आफूमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनको घोषणा गरेको छ । उसले चैतभित्र प्रतिबन्ध हटाउन माग गरेको छ । नभए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।
सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् ।
सोमबार नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले वक्तव्य जारी गर्दै पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् ।
पर्सि देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसईई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आहृवान गरिएको उसले बताएको छ ।
विप्लव समूहले १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ । ‘चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रबिन्ध र आम हड्तालको तयारी’ विप्लवको वक्तव्यमा भनिएको छ ।
सरकारले भने चैतभित्र विप्लव समूहको विध्वंसात्मक गतिविधि नियन्त्रणमा लिइसक्ने बताएको छ ।




         

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक