20190319

प्रचण्डको अमेरिका भ्रमणको बिशेष समाचार सन्तोष चिमरियाबाट सुन्नुहोस !

Image may contain: 4 people, people standing
Image may contain: one or more people and closeupयो खुकुरी रमको समय हो । अब सन्तोष चिमरियाबाट - साढे आठ बजेको समाचार सुन्नुहोस !
अहिले भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम, भुतपुर्व राष्ट्रपति बाराक ओबामा, त्यो भन्दा अगाडीका राष्ट्रपति जर्ज डब्लु बुस, अझ अगाडीका बिल क्लिनटलाई साथमा लिएर प्रचण्ड कम्रेडलाई भेट्न उहाँ बसेको होटल पुग्नुभएको छ । एक किलो सुन्तला, दुई किलो स्याउ र साथमा एक सिसि हर्लिक्स लिएर उहाँहरु बिरामी भेट्न गएको समाचारलाई बिश्वभरीका प्रमुख संचार माध्यमले उच्च महत्व दिएर प्रसारण गरिरहेका छन । त्यस्तै भोलि पनि केही महत्त्वपूर्ण भेटघाट हुने विशेष शुत्रको हवाला दिदै CNN ले दाबी गरेको छ । भोलीको कार्यक्रममा भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोलाई साथैमा लिएर क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रो प्रचण्डलाई भेट्न हवनाबाट वासिङ्टन अवतरण गर्नुहुनेछ । भेनेजुएलामा गहिरिदै गएको राजनीतिक संकटका बारेमा मडुरो र
प्रचण्ड बिच सघन छ्लफल हुने सम्पुर्ण तयारी पूरा भएको स्रोतको दाबी छ । मडुरो र दाहाल बिच छलफल सकिए लगत्तै प्रचण्ड र ट्रप बिच वान टु वान बार्ता हुने र त्यसले भेनेजुलाको संकट सधैंलाई समाधान हुनेमा राजनीतिक बिश्लेशकहरु ढुक्क भएका छन ।


यो भेटघाट लगत्तै बेलायती प्रधानमन्त्री टेरेजा मे, जर्मन चान्सर्ल एन्जिला मार्केल, फ्रान्सका राष्ट्रपति एमेनुएल , सहितको प्रतिनिधि मंडलले प्रचण्डसंग विशेष समय लिएर भेटवार्ता गर्ने छ । यो भेटघाटमा युरोपियन युनियनबाट बेलायतको बहिर्गमन, पेरिसमा हिसात्मक हुँदै जान थालेको यलो भेस्ट आन्दोलन र जर्मनीमा बढ्दै गएको आप्रवासी समस्या लगायत युरोपका जल्दाबल्दा समस्याका बिषयमा प्रचण्डको रचनात्मक र सहयोगी भुमीकाको युरोपली नेताहरूले आग्रह गर्ने बिबिसीले उल्लेख गरेको छ । 
साँझको समय रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, चिनियाँ राष्ट्रपति हु जिन्ताउ र उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उनका निम्ति छुट्याईएको छ । यो भेटमा तिनैजना नेताले कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने बिषयमा, विशेष पहल गर्न प्रचण्डसंग आग्रह गर्ने छन । साथै अमेरिका र उत्तर कोरिया बिचको स्थगन भएको बार्ता पुनः सुचारु गर्न र बार्तास्थल चितवनको भरतपुर बनाउनु पर्नेमा उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ उनको विशेष जोड रहने छ । 
डिनरपछिको समय भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी इमरान खानका लागि छुट्याएईको छ । यो भेटघाटले भारतीय उपमहाद्दिपमा ७० बर्षदेखि रहदै आएको कस्मिरको समस्या एकै झड्कामा समाधान हुने कुरामा भारतीय र पाकिस्तानी पक्ष बिश्वस्त देखिन्छ ।
साउदीका राजा सलमान, कतारी राजा तमिम बिन थानी, युएईका राजकुमार मोहम्मदबिन जयाद, इरानी राष्ट्रपति हसन रोहनी , टर्कीका राष्ट्रपति रिसिप तैयप, प्यालेस्टाइन नेता महमुद अब्बास र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतेन्याहुलाई समय अभाबका कारण प्रचण्डले भेट्न सक्नु भएन । खाडीमा देखिएको कुटनैतिक संकट, सिरियाली गृहयुद्ध , शरणार्थी समस्या ,इजरायली- प्यालेस्टानी द्वन्द्व , तथा इरान र साउदी अरबको समस्याका बारेमा निकट भबिश्यामा नै प्रचण्डले निर्णायक पहल गर्ने आश्वासन सम्बन्धि देश र तिनका नेतालाई दिनुभएको छ ।
सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो ।
ल – यति भन्दिदा पनि खुशी नहुने अरिंगालहरुलाई, इन्द्रेको बाउ चन्द्रे आएपनी खुशी पार्न सक्दैन ।

नोट: सन्तोष चिमरियाको कलमले लेख्ने लेखाइहरु पढ्न सरल, छोँटा, बुझ्नेलाई श्रीखण्ड र मर्म पुग्ने गरी गरिएका ब्यङ्ग हुन्छन, त्यसैले पाठकले मन पनि पराउँछन - नेपाल मदर डट कम   

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक