20190412

हेम सरिता पाठक फाउन्डेशनका संस्थापक हेम पाठकद्वारा बालुवाटार भूमाफिया प्रकरणमा नेकपा महासचिब बिष्णु पौडेलमाथि कार्वाहीको माग

Image may contain: 7 people, including Prem Raja Mahat and Hem Pathakहाल अमेरिकामा रहेपनि नेपालको भ्रस्टाचार र अनियमितताका बिरुध्द जोडदार आवाज उठाउँदै आएका सामाजिक अभियन्ता, हेम सरिता पाठक फाउन्डेशनका संस्थापक हेम पाठकले नेपाल मदर डट कम सँग कुरा गर्दै बालुवाटार भूमाफिया प्रकरणमा नेकपा महासचिब बिष्णु पौडेल मुछिएको प्रमाणित भैसकेकाले उनलाई तत्काल पार्टी बाट निस्कासन गर्न दुबै अध्यक्ष सँग जोडदार माग गर्नुभएको छ । आफुले नेकपाका दुबै अध्यक्ष
लाई बिष्णु पौडेल माथि कार्वाही हुनुपर्छ भन्ने सन्देश पठाइसकेको बताउँदै पाठकले पौडेलका झारा टाराइका बिज्ञप्तीको कुनै अर्थ नरहेको बताउनुभयो ।

नेपाल मदर मार्फत बिष्णु पौडेललाई प्रश्न गर्दै पाठकले भन्नुभयो - जिम्मेवार नेता भएर पनि भूमापियाहरु सँग मिलेर, उनिहरुका लागि काम गरेर जग्गा खाने अनी मलाई थाहा भएन भन्ने, छोराको नाम मा जग्गा राख्ने, प्रकरण सार्वजनिक भए पछी जग्गा किनेको हुँ भन्ने, त्यो पनि नक्कली भाउ बताउने यहाँ भन्दा निर्लज्ज भ्रस्टाचार अरु के हुन्छ ?? ल मानौं पौडेलले त्यो जग्गा किनेकै हुन भने आठ आना जग्गा किन्ने त्यो पैसा कहाँ बाट आयो ??

पाठकले अगाडि भन्नुभयो - नेकपा महासचिब पौडेल भुमाफियाहरु सँग मिलेर काम गर्ने मात्रै होइनन यिनी आफै पनि भुमाफिया हुन भन्ने कुरा बुझ्न अब कुनै गार्हो नभएकोले उनलाई पार्टीबाट तत्काल निस्कासन गरी कार्वाही चलाऊनुपर्छ होइन भने यिनलाई बँचाउनेहरु पनि भ्रस्टाचारी र भुमाफिया सँग मिलेका छन भन्ने प्रमाणित हुनेछ ।

बालुवाटारको जग्गा प्रकरणले नेपालमा भ्रस्टाचार कती मौलाएको छ र ठुला भ्रस्टाचारमा ठुला मान्छेहरु कसरी मिलेका छन भन्ने कुरा छर्लङ्ग भएको बताउँदै भ्रस्टाचार बिरुध्दको अभियानका अभियन्ता पाठकले हेम सरिता पाठक फाउन्डेशनले बिगतमा थुप्रै पत्रकार, गीत संगीतकर्मी, साहित्यकारहरुलाई सम्मान र पुरस्क्रित गरेको र अब ति सबै बाहिर आएर भ्रस्टाचार बिरुध्द आवाज उठाउनुपर्ने अवस्था आएको भन्दै सबैलाई अगाडि आउन आग्रह गर्नुभयो ।

दुई महिना पछी आफु र आफ्नो टिम अमेरिका बाट नेपाल गएर भ्रस्टाचार बिरोधी अभियान लिएर देश भर जागरण अभियानमा जुट्न लागेको पनि पाठकले बताउनुभयो । अहिले भ्रस्टाचार बिरोधी अभियन्ता रहेका पाठक कुनै बेला एमालेका मुखपत्रहरुका प्रकाशक, एमालेका आर्थिक मेरुदन्ड मात्र होइनन हरेक एमालेका धेरै नेताहरुका सँरक्षक र अभिभाबक पनि हुनुहुन्छ ।  तर अहिले वहाँ राजनीति भन्दा पनि भ्रस्टाचार बिरुध्दको अभियानमा बढी कृयाशिल हुनुहुन्छ ।
No photo description available.

आजै पाठकले फेसबुकमा यसरी आफ्नो पोस्ट समेत गर्नुभएको छ :
                                     

श्रद्धेय पार्टि अध्यक्षद्धय, नेकपा
धुम्बाराहि, काठमाण्डौ ।
बालुवाटर भुमाफीया प्रकरणले नेकपा भित्र कस्ता मानिस शक्तीसाली नेता भएर रहेका छन् भन्ने प्रस्ट भयो । म लामो कुरा यो सामाजिक सञ्जाल मार्फत प्रेशीत गर्न चाहन्न, कृपया जती सक्दो छिटो बालुवाटार भुमाफिया काण्डमा मुछिएका शक्तीसाली नेता बिष्णु पौडेललाई कार्बाहि गरि पार्टिबाट निश्कासन गर्न बिनम्र अनुरोध गर्दछु । उंहाले जती प्रस्टीकरण र प्रेश बक्तब्य जारि गरे पनि उंहा भुमाफिया हो भन्न अब कठिन भएन। उंहाले भने जस्तै जग्गा किनेको नाटक मञ्चन गर्ने हो भने उंहाले बालुवाटार जस्तो अत्यन्त मंहगो ठाउंमा जग्गा किन्ने पैसा कंहा बाट प्राप्त गर्नुभयो ? यदि तपाईहरुले उंहालाई कार्बाहिको दायरामा ल्याउनु भएन भने नेकपा भित्र ज्यादै ठुलो संकट आउन सक्दछ ।
पार्टि र सरकारमा रहेका सबै शक्तीसाली नेता र मन्त्रीज्यूहरुलाई यो बिषयमा पुर्ण जानकारी छ भन्ने मलाई लागेको छ ।
जय देश ।

हेम सरिता पाठक फाउन्डेशनको सहयोगमा सन्चालित बिद्यालय : 

No photo description available.
Image may contain: 8 people, including Hem PathakImage may contain: 3 peopleहेम सरिता पाठक फाउन्डेशनका संचालकहरु 
Image may contain: 4 people, including Sony Pathak, Sarita Pathak and Hem Pathak, people smiling
हेम सरिता पाठक फाउन्डेशन : फोटोहरु आफै समाचार बोल्छन 
Image may contain: 7 people, including Kiran KC, Prem Raja Mahat, Hem Pathak and Ram Prasad Khanal, people smiling
Image may contain: 6 people, including Prem Raja Mahat, Hem Pathak and Ram Prasad Khanal
Image may contain: 6 people, including Prem Raja Mahat and Hem Pathak
Image may contain: 5 people
Image may contain: 3 people, people standing
Image may contain: 6 people, including Sarita Pathak and Rishi P Dhakal, people smiling, people standing and people on stage
Image may contain: 4 people, including Sarita Pathak
Image may contain: 3 people, including Hem Pathak and Ram Prasad Khanal, suit
Image may contain: 7 people, including Ram Prasad Khanal, Kiran KC and Hem Pathak, people sitting

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक