20190414

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको खनाल नेत्रित्व कार्यकाल पुरा गरी बिदा, घर्तिमगर नेत्रित्वको नयाँ कार्य समितिले लियो सपथ

रामप्रसाद खनालको अध्यक्षतामा रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले आफ्नो कार्यकाल सफल ढङ्गले पुरा गरी आज देखी बिदा भएको छ । बिदावारी हुने क्रममा भर्खरै सम्पन्न निर्वाचनमा

निर्बाचित कार्य समितिलाई खनालले आज पद हस्तान्तरण समेत गर्नुभएको छ । अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी, निर्बाचन समिति - २०१९ ले अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटीको बिधान अन्तर्गत रहेर प्रकाशित  निर्बाचन तालिका बमोजिम बिधी सम्मत ढङ्गले निर्वाचन सम्पन्न गरी निर्वाचित कार्य समितिको नामावली प्रमुख निर्वाचन आयुक्त डा. होम बहादुर थापाले समारोहमा घोषणा गरे लगत्तै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदीले निर्वाचित कार्य समितिलाई सपथ ग्रहण गराउनुभयो । प्रमुख आयुक्त थापा र अर्की निर्बाचन आयुक्त सोभा नेपाल गौतमले नब निर्बाचित अध्यक्ष भूप नारायण घर्तिमगर सहित सबै पदाधिकारी तथा सदस्यहरुलाई निर्बाचित भएको प्रमाणपत्र पनि हस्तान्तरण गर्नुभयो ।


बिदाहुँदै गर्दा अध्यक्ष राम प्रसाद खनालले आफ्नो सम्पन्न दुई कार्यकालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीलाई हर तरहले सहयोग गरेका अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व केन्द्रिय उपाध्यक्ष एबम डिसीका पूर्व अध्यक्ष प्रकाश नेपाल, निर्वाचन समितिमा रहेर काम गर्नुभएका डा. होम थापा, डा. अनिल सुवाल र सोभा नेपाल गौतम, दुई कार्यकालमा पहिला उपाध्यक्ष र पछि महासचिबका रुपमा काम गरी संस्थामा सबैभन्दा बढी योगदान दिने भूप नारायण घर्तिमगरलाई संस्थाका तर्फबाट सम्मान गर्दै मायाको चिनो/उपहार प्रदान गर्नुभयो ।

नयाँ कार्यसमितिको घोसणा, सपथ ग्रहण, पद हस्तान्तरण कार्यक्रममा बोल्दै अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, पूर्व केन्द्रिय उपाध्यक्ष एबम डिसीका पूर्व अध्यक्ष प्रकाश नेपाल, निर्वाचन समितिमा रहेर काम गर्नुभएका डा. होम थापा र अनेसास बिओटीका सह अध्यक्ष पुरु सुबेदीले
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले गरेका कार्यको खुलेर समर्थन र प्रशँशा गर्नुभयो । वहाँहरुले बिगत चार बर्षमा डिसीमा अनेसासका कार्यक्रम र सक्रियताले संस्थालाई पुनर्जिबन दिएको बताउनुभयो । वहाँहरुले मन्तब्यका क्रममा रामप्रसाद खनाल र वहाँको टिमलाई बिगत दुई कार्यकाल सम्पन्न गरेको मा बधाई र भूप नारायण घर्तिमगरको नेत्रित्वमा बनेको नयाँ कार्य समितिलाई कार्यकाल सफलताका लागी शुभकामना ब्यक्त पनि गर्नुभयो ।

दुई कार्यकाल सकेर बिदाइ हुने क्रममा अध्यक्ष रामप्रसाद खनालले भन्नुभयो - कुनै पनि संस्था आफैमा खराब हुँदैन, त्यसका नेत्रित्वकर्ताका ब्यबहारमा संस्थाको नाम जोडीन्छ । अनेसास डिसी संस्थाको बिधान अनुसार चलिरहेको र यो संस्था केन्द्रिय समिती वा बिओटी कै अन्तर्गतको कमिटी रहेको बताउनुभयो । वहाँले केन्द्र र बिओटीका केही गलत मान्छेले हस्तक्षेप गर्न खोजेको तर केन्द्र र बिओटी भित्रै रहेका अरु अशल ब्यक्तिहरुले त्यो हस्तक्षेप रोकेको बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीलाई आफ्नो सधैं हर प्रकारको सहयोग रहने बताउँदै खनालले केन्द्रिय नेत्रित्वमा रहेका ति गलत ब्यक्तिहरुलाई सच्चिन सचेत गराउनुभयो । बिधानमा सिन्डिकेट लगाएर राम्रा साहित्यकारहरु अनेसास केन्द्रिय नेत्रित्वमा पुग्न नदिने, केही सिमित ब्यक्तिहरुले १० / १२ बर्ष सम्म संस्था कब्जा गरेर पालैपालो संस्थालाई आफ्नो कोठरी बनाउने गरेका छन भन्दै म ति गलत मान्छेहरुले नेत्रित्व गर्दा सम्म अनेसासको आजिबन सदस्यताबाट समेत ब्यबहारिक रुपमा  अलग भएको घोषणा गर्दछु र ति गलत प्रब्रितिका बिरुध्द अब खुलेर अँगाडी आउने छु भन्नुभयो ।  तर पनि डिसी मेट्रो कमिटीलाई मेरो पूर्ण साथ र सहयोग रहन्छ खनालले भन्नुभयो ।

नब निर्वाचित अध्यक्ष भूप नारायण घर्तिमगरले आफु र आफ्नो टिममा रहनुभएका सबै लाई विश्वाश गरी निर्बाचित गर्नुभएकोमा सबैलाई धन्यवाद दिँदै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले केन्द्र र बिओटी सँग सह अस्तित्व र सम्मानका आधारमा मिलेर काम गर्ने बताउनुभयो । अनेसास लाई टुट्न र झुक्न दिने छैन भन्दै वहाँले नेपाली भाषा, साहित्य, कला र सँस्कृतिका लागि आफु र आफ्नो कमिटीले काम गर्ने बताउनुभयो ।

आजै कोसाध्यक्ष पुस्कर पन्तले हाँस्य शैलीमा कोसाध्यक्षको प्रतिबेदन पेश गर्दै नयाँ कोसाध्यक्षलाई र घर्तिले नयाँ महासचिबलाई पनि प्रतिबेदन र पद हस्तान्तरण गर्नुभयो ।

नब निर्बाचित महा सचिब मुकुन्द कोइरालाको सँचालन र उपाध्यक्ष अरुण रुपाखेतिको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसासका थुप्रै आजिबन सदस्यहरु र संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रममा कवी सुदीपभद्र खनालले कविता बाचन पनि गर्नुभएको थियो ।

प्रमुख निर्वाचन आयुक्त डा. होम बहादुर थापाले समारोहमा घोषणा गरेको निर्वाचित कार्यसमितिको नामावली :

अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी,निर्बाचन समिति - २०१९ को निर्वाचन परिणाम घोषणा

अप्रिल १४, २०१९
अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी, निर्बाचन समिति - २०१९ ले अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटीको बिधान अन्तर्गत रहेर प्रकाशित  निर्बाचन तालिका बमोजिम तपसिलमा उल्लेखित उम्मेदवारहरू देहायका पदहरूमा निर्बिरोध निर्बाचित भएको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ। तोकिएको समयमा निष्पक्ष एवं पारदर्शि ढङ्गले निर्वाचन सम्पन्न गराउन सहयोग प्रदान गर्नु हुने सम्बद्ध तथा सरोकार सँस्था, मतदाता एवं सम्पूर्ण शुभचिन्तकहरूलाई निर्बाचन समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
                           तपसिल:
                         ----------------
१:- भुपनारायण घर्तिमगर  - अध्यक्ष
२:- अरूण रूपाखेती  -  उपाध्यक्ष- जनरल
३:- रजनी श्रेष्ठ  - उपाध्यक्ष- महिला
४:- पुष्कर पन्त  - उपाध्यक्ष- सँस्कृति
५:- मुकुन्द कोईराला - महासचिव
६:- निलकण्ठ सुबेदी  - सचिब
७:- असिब (खगेन्द्र) थापा- कोषाध्यक्ष
८:-  अम्बिका गुरूड़्ग  - कार्यकारी सदस्य
९:-  रबिन्द्र भक्त श्रेष्ठ  - कार्यकारी सदस्य
१०:- अनिल खनाल  - कार्यकारी सदस्य
११:- बिकास अधिकारी  - कार्यकारी सदस्य
१२:- गोमा न्यौपाने  - कार्यकारी सदस्य
१३:- सुनिता खत्री  -  कार्यकारी सदस्य
१४:- लोक कुमारी सुबेदी -  कार्यकारी सदस्य
१५:- सकुन्तला अधिकारी  - कार्यकारी सदस्य
१६:- रोजा ओली( राज कुमारी) - कार्यकारी सदस्य
१७:- संगीता पन्त  - कार्यकारी सदस्य
१८:- सुजना ढकाल  - कार्यकारी सदस्य
१९:- सन्देश शर्मा  - कार्यकारी सदस्य
२०:- अनिल रूपाखेती  - कार्यकारी सदस्य

प्रार्थी,
डा• होम बहादुर थापा  - प्रमुख निर्बाचन आयुक्त
डा• अनिल सुवाल  - निर्बाचन आयुक्त
शुभा गौतम नेपाल- निर्वाचन आयुक्त
अनेसास, वाशिङ्गटन डि सी मेट्रो कमिटी,निर्बाचन समिति , २०१९


Image may contain: 3 people, including Homnath Subedi and Ram Prasad Khanal, people standing
 
 



Image may contain: 7 people, including Homnath Subedi, Ram Prasad Khanal, Prakash Nepal and अ. होम थापाImage may contain: 11 people, including Sujana Dhakal and Suzana Neupane Khanal, people sitting, table and indoor

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक