20190411

गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु, ८ जना घाइते

Image may contain: 1 personहार्दिक श्रध्दान्जली ! 
मेरो प्यारो जन्मभूमी गुल्मीको माटोले गर्ब गर्न लायक एउटा इमान्दार, नैतिकवान नेता, पूर्व साँसदलाई अल्पायुमै गुमाएछ । मलाई असाध्यै माया गर्ने मेरा एकजना प्रिय दाजु, आँखामा हाले पनि नबिझाउने प्रकारको स्वभाब भएका अभिभाबक रुद्रमणी भण्डारी दाजुको निधनको खबरले म पुरै स्तब्ध छु । रुद्रमणी दाजु सँगका गुल्मीका लागि, समाजका लागि, सामाजिक अभियानका लागि गरिएका पुराना ति सहकार्यका दिन मेरो मानस पटलमा अहिले पनि एक पछी अर्को गर्दै फ्ल्यास भैरहेकाछन । दाजु तपाईंलाई म कसरी बिर्सुँ ! तपाईंको भौतिक शरीर हामी बिच नरहेपनी हाम्रो मन मुटुमा तपाईं सधैं रहिरहनुहुने छ । तपाईं प्रति हार्दिक श्रध्दान्जली र शोक सन्तप्त समस्त परिवारजनमा हार्दिक समबेदना । वहाँ सँगसँगै दुर्घटनामा पारी निधन भएका अन्य महानुभाब प्रति पनि हार्दिक श्रध्दान्जली र घाइते हरुको शीघ्र स्वास्थ्यलाभको कामना ।
- रामप्रसाद खनाल एबम समस्त खनाल परिवार
गुल्मीमा जिप दुर्घटना हुँदा पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका २ की २६ वर्षीया कौशिला थापा छिन् । ८ वर्षीय ओश्कर विकको पनि  मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । लु १ ज १९५७ नम्बरको जिप बिहीबार बिहान मुसिकोट नगरपालिका १
च्यानडाँडामा दुर्घटना हुँदा ७२ वर्षीय भण्डारीको मृत्यु भएको हो  । धुर्कोट गाउँपालिका वस्तु निवासी भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्रनम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद बनेका थिए । भण्डारी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थिए ।
दुर्घटनामा घाइते हुनेहरुमा मालिका गाउँपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय सुर्य थापा, सोही वडाकै २६ वर्षीया कौशिला थापा, गाडी चालक ३६ वर्षीय कमल पुरी, ३ वर्षीया कृतिमा थापा, ५ वर्षीय जेनिस थापा, १८ वर्षीय नरेन्द्र श्रीस छन् ।
यसैगरी मुसिकोट नगरपालिका १ का ४० वर्षीय भोजबहादुर भट्टराई र ३८ वर्षीया रिमा भट्टराई पनि घाइते भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक नारायण खनालले जानकारी दिए । घाइतेहरुलाई उपचार गर्न वामी टक्सार र गुल्मी अस्पताल तम्घासमा लगिएको छ ।
जिप सडकबाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक