20190429

नेपाल एयरलाइन्सका प्रवक्ता तथा वरिष्ठ पाइलट क्याप्टेन विजय लामाले एयरलाइन्स र यात्रुको पक्षमा बोलेका मात्र के थिए, दुइतिहाइको एकै गास !

तस्बिरः क्याप्टेन बिजय लामाको फेसबुकबाट

No photo description available.







क्याप्टेन लामाले प्राधिकरणलाई दिएको जवाफी पत्र।
पत्रकार नारायण गाउँले लेख्छन - धन्न देशमा नियमकानुन छ र बोलेको अभियोगमा क्याप्टेन लामाहरू कारबाहीमा पर्छन् ! धन्न देशमा प्रजातन्त्र पनि छ र एउटा कालो झण्डा देखाउनेहरू तुरुन्तै पक्राउ पर्छन् !
स्मरण रहोस् क्याप्टेन लामा त्यही एयरलाइन्सका एक जागीरे हुन् जसका हाकिमहरूमाथि वाइडबड़ीमा अरबौं घोटाला गरेको आरोप छ र कारबाही गर्न संसदले सरकारलाई निर्देशन पनि दिएको छ । तिनलाई कारबाही गर्ने कि नगर्ने भनेर आयोग बनेको छ जसको कुनै एक्सपायरी मिति छैन ! जागीर खुवाउने पैसासम्म त्यहाँ छैन तर हुँदै नभएको पोस्ट सिर्जना गरेर सरकारले दुईवटा हाकिमलाई जागीर खुवाउँछ । सुगतरत्न कंसाकार त्यहाँ छँदै छन् । प्रवक्ताबाट लामालाई हटाइएको पत्र काट्ने मदन खरेल हुँदै नभएको पद सिर्जना गरेर ल्याइएका झापाका व्यक्ति हुन् ।
अनि यी तिनै दल हुन् जसले राजाको विरोध गर्न नपाइएको, पुत्ला जलाउन नपाइएको र कालो झण्डा देखाउन नपाइएको भनेर प्रजातन्त्र र गणतन्त्रको माग गर्दै हजारौं नेपालीको जीवन छिनेका थिए ।
लुटेको भए, मान्छे मारेको भए, षड्यन्त्र गरेर जग्गा हत्याएको भए या घूस खाएर कम्पनीहरूलाई कर मिनाहा गरेको भए पो कारबाही गर्ने या नगर्ने भनेर आयोग बनाउनु ! बोल्ने र विरोध गर्नेजस्तो गैरप्रजातान्त्रिक अपराध गर्नेलाई त यसरी नै झ्याम्मैं ठोकिहाल्ने हो ! पशुपति शर्माले अलि छिटै घुँडा टेके र मात्रै हो, नत्र उनलाई पनि पाठ पढाउने तयारी थियो नै ।
नपत्याए आफूलाई प्रजातन्त्रको ठेकेदार मान्ने त्यो दललाई सोध्नुहोस्, जसले नेतृत्वको विरोध गर्न नपाइने हुकुम जारी गरेर 'जागरण' अभियान सुरु गर्दै छ ! 
क्याप्टेन विजय लामालाई प्राधिकारणले पठाएकोग्राउण्डेड गरेकोपत्र।




नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ।
नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो।
लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।
विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडान किन दिने भन्ने प्रश्न गर्दै प्रष्टिकरण साेधेको थियो। 
लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेकाे बताउँदै आएका छन्। प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान राेक लगाउने निर्णय गरिएको महानिर्देशक संजिव गौतमले जानकारी दिए। 
यस विषयमा आफूले अनौपचारिक रूपमा खबर सुनेको तर आधिकारीक नपाएको लामाले जानकारी दिए। औपचारिक जानकारी आएपछिमात्र प्रतिक्रिया दिने उनले बताए। 
'म भर्खर उडानबाट आए अनौपचारिक जानकारी पाएको छु मेरो हातमा कुनै पत्र आएको छैन' लामाले सेतोपाटीसँग भने।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक