पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव महानिरीक्षक कमल बहादुर जिटी, प्रहरी बरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षकद्वय टेकबहादुर कार्की तथा मदन कुमार थापा, प्रहरी निरीक्षकहरु मातृका प्रसाद गुरागाई, सुमन कुमार थापा, नवराज सापकोटा तथा दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाल रहनुभएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सर्वोत्कृष्ट काम गरेमा इज्जत र प्रतिष्ठा बढ्ने चर्चा गर्दै संगठनको कामलाई मर्यादित बनाउन आफ्नो ज्ञान, विवेक लगाई अझ बढी उर्जाका साथ काम गर्नुपर्ने बताउनुभयो । उत्कृष्ट कामको उच्च कदर हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा पनि त्रुटीरहित तरिकाले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
आ.व. २०७३/०७४ सम्म नेपाल प्रहरीमा कायम कूल बेरुजुमध्ये समग्रमा ८५.१४ प्रतिशत बेरुजु फर्छ्यौट गरिएको र गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौटमा नेपाल प्रहरी सर्वोत्कृष्ट भएपछि नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार उहाँहरुलाई पुरस्कृत गरिएको हो ।
यसअघि वैशाख ५ गते गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट भए अनुरुप नगद ८ हजार रुपैयाँ सहित प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ.व. २०७३/०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ ।
गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त सर्वोत्कृष्ट स्थान हासिलका लागि नगद ८ हजार रुपैयाँ पुरस्कार सहित प्रंशासापत्र प्रदान गर्नुभयो ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका निकायहरुको आ.व. २०७३/०७४ सम्मको बाँकी बेरुजु रकममध्ये ८५.१४ प्रतिशत फर्छ्यौट गरेको र उक्त आ.व.मा लेखा परीक्षण भएको कूल अंकमा १.३५ प्रतिशतमा मात्र बेरुजु सीमित गर्न सफल भई बेरुजु फर्छ्यौटको प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो ।
आगामी दिनमा समेत यसरी नै निर्दिष्ट लक्ष्य अनुसार बेरुजु फर्छ्यौट कार्यमा नेपाल प्रहरीको लगनशिलता एवं सक्रियताको अपेक्षा गरिएको प्रशंसापत्रमा उल्लेख गरिएको छ ।

No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक