20190424

लोकतन्त्र जिन्दाबाद - जिन्दाबाद जिन्दाबाद !

Image may contain: Ram Prasad Khanalलोकतन्त्र जोकतन्त्र बन्दै गरेका बेला
लोकतन्त्र भुमाफियाहरुसँग मिलेर
बालुवाटार खाने भोकतन्त्र बन्दै गरेका बेला
लोकतन्त्र मात्रै खोँकतन्त्र बन्दै गरेका बेला
फेरी आएछ लोकतन्त्र दिवस !
लुटतन्त्रले पुरै ओझेल परेको बिचरो लोकतन्त्र
नराम्ररी थला परेको लोकतन्त्र
जहाँ नालनाता मात्र पोस्ने गरिन्छ
आफ्ना भक्त बहादुरहरु मात्र पोस्ने गरिन्छ
अरुलाई उखान टुक्का मार्फत झोँस्ने गरिन्छ 
जोकतन्त्र, ठोकतन्त्र, भोकतन्त्र, लुटतन्त्र जे जे भए पनि   
आउ सबै मिलेर जोड जोडले नारा लगाउ
लोकतन्त्र जिन्दाबाद - जिन्दाबाद जिन्दाबाद !
बरु भन्न नभुले - सँघियता जिन्दाबाद
धर्म निरप्रेक्षता - जिन्दाबाद
दुई तिहाई - जिन्दाबाद
केपी प्रचण्ड - अमर रहुन
शेर बहादुर - अमर रहुन
किनकी आज लोकतन्त्र दिवस हो !
- रामप्रसाद खनाल, अप्रिल २४, २०१९     

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक