20190510

मेयरमा उम्मेदवारी दिएका नेपाली मुलका किरन (रोन) सिटौला २०८ मत प्राप्त गरी उपमेयरमा बिजयी !

Image may contain: 3 people, including Kiran Sitoula, people smiling, people standing, tree, grass, outdoor and natureमेयरमा उम्मेदवारी दिने उपमेयरमा बिजयी हुने कसरी भयो ? हेर्नुस् यो हो तथ्य !

अमेरिकाको म्यारिल्यान्ड राज्यको चार्ल्स काउन्टीमा पर्ने इन्डियन हेड टाउन मा भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा मेयरमा उम्मेदवारी दिएका नेपाली मुलका किरन (रोन) सिटौला २०८ मत प्राप्त गरी उपमेयरमा बिजयी भएका छन । मेयरमा उम्मेदवारी दिने उपमेयरमा बिजयी हुने कसरी भयो ? समाचार लेख्दा गल्ती गर्‍यो नेपाल मदर डट कमले भनेर नठान्नुहोला । अमेरिकामा यस्तो पनि टाउन छ जहाँ त्यहाका स्थानियहरुले आफ्नै स्थानिय तहकै निर्णय अनुसार निर्वाचन गर्छन् ।

४४२ मत खसेको उक्त निर्वाचनमा ६ जना चुनाव लडेका थिए मेयरमा । यस अघिको निर्वाचनमा पनि हाइस्कुल पढ्दै गरेका १७ बर्सिय ब्राण्डन पाउलिनले मेयर जितेका थिए भने चार बर्ष पछी अहिले पनि उनैले ३०९ भोट पाएर मेयर बनेका छन भने किरन सिटौला २०८ मत पाएर मेयरमा चुनाव त हारे तर स्थानिय नियम अनुसार उपमेयर बनेका छन । त्यहाको स्थानिय प्रचलन कस्तो रहेछ भने सबै भन्दा बढी भोट ल्याउने मेयर र मेयरमा हारे पनि मत को आधारमा निकटतम प्रतिद्वन्दी उपमेयर बन्ने । सोही प्रचलन अनुसार सिटौला मेयरमा हारे पनि उपमेयर बनेका हुन ।

Image may contain: 7 people, including Tarun Poudel and Kiran Sitoula, people smiling, people standing and outdoorहेर्नुस टाउनकै वेबसाइट https://www.townofindianhead.org/  मा प्रकाशित चुनाबी नतिजा:
Election Results
Brandon Paulin: 309
Ron Sitoula: 208
Curtis Smith: 202
Regina Brooks: 127
Dennis Scheessele: 111
Randy Albright: 109
Total Voters: 442             
इन्डियन हेड टाउनमा आफ्नै स्थानिय नियम बनाइएकोछ जस अनुसार मेयरले बर्षमा छ हजार डलर अर्थात महिनाको पाँच सय डलर तलब सुबिधा पाउँछन भने उपमेयर र एक जना काउन्सिल मेम्बरले बर्षको पाँच हजार अर्थात महिनाको ४१६.६६ डलर तलब सुबिधा प्राप्त गर्दछन । किरन सिटौलाले नेपाल मदर सँग कुरा गर्दै भने - म IRS मा जागिर खान्छु । दिनदिनै टाउन जानु पर्दैन । टाउनको काम टाउन म्यानेजरले हेर्छन । हामीले पोलिसी लेबलमा मात्र हेर्ने हो  ।

उनका अनुसार यो सानो टाउन हो जसमा एउटा मेयर, एउटा उपमेयर र एकजना काउन्सिल मेम्बर (अर्थात नेपालको वार्ड अध्यक्ष भने जस्तै) ३ जनाको बोर्ड हुन्छ । यस अघिकै ३ जना यस पटक पनि दोहोरिएको सिटौलाले बताउनुभयो ।

उपमेयर बन्नुभएका सिटौलालाई नेपाल मदर डट कमको पनि हार्दिक बधाई ।
Image may contain: 3 people, including Kiran Sitoula, people smiling, people standing, tree, grass, outdoor and nature
Image may contain: 7 people, including Kiran Sitoula, people smiling, people sitting, tree, grass and outdoor
Image may contain: 6 people, including Tarun Poudel, Kiran Sitoula and Bishnu Ghimire, people smiling, people standing and outdoorस्मरण रहोस समाचारका नाममा केही कथित वरिष्ठ पत्रकारहरु र अनलाइन मिडिया नामका भ्रामक साइटहरुले माथि प्रेसित तथ्यपूर्ण समाचारको सट्टा भ्रामक र अतिरन्जित समाचार सम्प्रेसण गरेर मिथ्या सूचना प्रेसित गरिरहेका देखिन्छन तसर्थ हामीले तथ्य समाचार राखिदिएका छौं त्यो पनि किरन सिटौला सँग र इन्डियन टाउन सँग कुरा गरेर सबै बुझेर मात्र ।

अझ आस्चर्यको कुरा त के भने यहाँ अमेरिकाका हरेक टाउन, सिटी, काउन्टी र स्टेट देखी फेडरल लेबल सम्म भोलिन्टियर सेवागर्ने पदहरु हुन्छन । आफैले अप्लाई गर्न पाईन्छ र नियुक्ती दिइन्छ । तर त्यसरी पाएको नियुक्तिलाई अतिरन्जित गरेर यहाँ मिथ्या समाचार र बधाईका लहर चलाइन्छ जुन कुरा बुझ्नेहरुका लागि मजाकको बिषय सिवाय अरु केही हुँदैन । 

          

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक