20190621

भुइँमा न भाँडामा भएपछि के हुन्छ भन्दा यस्तै यस्तै हुन्छ

Image may contain: 1 person, sky, closeup and outdoor"भुईमा न भाँडामा कुकुर चड्यो टाँडमा !"
प्रधानमन्त्री उखानमा बिशेश दखल राख्नु हुन्छ । ओलीजीको उखाने स्टाईलमा भन्ने हो भने, अहिलेको सत्ता असिनपसिन हुनुको मुख्य कारण भुइँमा न भाँडामा भएरै हो । त्यो पनि अरु भएर होइन, आफै भएर हो ।
अरु खासै केहि भएको होइन । जम्मा जम्मी भएको भनेको - भुँईमा न भाँडामा मात्रै भएको हो । भुइँमा न भाँडामा भएपछि के हुन्छ भन्दा यस्तै यस्तै हुन्छ । इतिहास साक्षी छ, गिरिजाप्रसाद भुईँमा न भाँडामा हुँदा पनि यस्तै भएको थियो । प्रचण्डलाई भुईंमा न भाँडामा हुँदा नि यस्तै भएको थियो । यो राजनीतिको सर्बमान्य सिद्धांत हो । त्यसैले भुइँमा न भाँडामा भन्ने घातक रोग लाग्नबाट सबै शासहरु बच्नुपर्छ । नत्र भुइँको पनि बाँकी रहदैन, भाँडो घोप्टिन्छ । शासकलाई भुइँमा न भाँडामा भन्ने बिराम लागेपछि केही लक्षणहरु देखिन सुरु हुन्छ । उसले नाक अगाडि देख्न छोड्छ । उ अभद्र हुन्छ । बोली तित्राको जस्तो अप्रिय र कर्कष हुँदै जान थाल्छ । विनम्रता गायब हुन्छ र मैमत्ता शिरबाट डुक्रन थाल्छ । यो सिंहदरबारबाट सुरु भएर
इटहरीसम्मै पुग्छ । किनकि गाउँ गाउँमा सिंहदरबार गएको दुई बर्ष भईसकेको छ ।
अब कसैले सम्झाउन खोज्यो भने, उ रौद्ररुप धारण गरेर जाईलाग्न र च्याँठिन थाल्छ । मानौं दुई तिहाई उसलाई राता आँखा देखाउदै हामीलाई हप्काउन र दप्काउन दिएको हो । हाम्रा संस्कृति र गुठीलाई सामन्ती भन्दै जगतमाताबाट होली जाँड चुस्क्याउन दिएको हो ।
उता छोटे शासक द्वारिका चौधरीलाई इटहरीको मेयर बनाको, इटहरीका जनतालाई सेवा प्रबाह गर्न होइन, महान जनवादी चिनियाँ साँस्कृतिक क्रान्ति इटहरीमा लागू गर्न हो । यी सबै लक्षणाले के देखाउछ भने ,माथी सिंहदरबार देखि तल इटहरीसम्मै भुइँमा न भाँडामा भन्ने रोगले सत्ता ग्रस्त छ ।
अन्त्यमा ,
१०० टेकेका सत्यमोहन बुढाले पहिले मेलम्ची लिएर आउ भनेर बोल्नु पर्यो । यसले गहिरो अर्थ बोकेको छ । यो सतही उखान टुक्का हावामा फ्याके जस्तो होइन । दशैमा आउछ । नयाँ बर्षमा आउछ ,भन्दै मागेर ल्याएको मुखले बोलेजस्तो होइन । शताब्दी पुरुषले सत्ताले गर्ने मजाक विरुद्ध गम्भीर भएर मार्गदर्शन गरिदिएका छन । सरकारको प्राथमिकता के र कता हुनुपर्छ भनेर औंल्याई दिएका छन । हगेर आची धुने पानीको व्यवस्था गर्न सत्तालाई चुनौती दिएका छन । गफ कम गर्न र सिंन्को भाँचेर देखाउन सम्झाएका छन । अंहकारलाई एकैछिन विश्राम दिएर सोच्ने हो भने सत्यमोहन जोशी बुढाले सत्तालाई आफ्नो जिन्दगी जस्तै , "लार्जर देन लाईफ" कुरो सिकाएका छन । बस उसले सुन्न र सच्चिन तयार हुनुपर्यो । बुढाको घाँंटी मेलम्चीको पानीले भिजाएर बिदा गर्न सक्नुपर्छ । होइन चाला यहि र यस्तै हो भने, रामराम सम्म भन्न सकिन्छ- काँध हाल्न सकिदैन ।
भोट हाल्न सकिन्छ - चोट थाम्न सकिदैन ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक