20190628

अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटीले जुलाई २८ आइतबार दिन भब्यताका साथ मनाउने भानु जयन्ती कार्यक्रममा यहाँहरूलाई चुल्हे निम्तो

नेपाली भाषा, साहित्य, कला तथा संस्कृति का संरक्षण, संवर्धन तथा प्रवर्धनमा समर्पित यस सँस्थाले बिगतका बर्षहरू देखि भानु जयन्ती तथा वनभोज कार्यक्रमको आयोजना गर्दै नेपाली भाषिक एकताका नायक आदिकबि भानुभक्त आचार्य ज्यू लाई श्रद्धासुमन अर्पण गर्नुको साथै उनको योगदानको महत्व र आवश्यकताका बारेमा प्रकाश पार्दै भब्य वनभोज सहित भानु जयन्ती मनाउदै आएको सबैलाई विदितै छ।
गौरवशाली परम्परालाई निरन्तरता दिदै यस बर्ष पनि July 28th Sunday, 2019 का दिन बिहान ११•०० बजे Splash Down Water Park, 7500 Ben Lomond Park Dr. Manassas, मा भानु जयन्ती मनाउन गईरहेकोले नेपाली भाषा, साहित्य, कला तथा संस्कृति प्रेमीहरू सबैलाई चुल्हे निम्तो गरिएको छ। सदा झै नेपाली भाषा, साहित्य, कला तथा संस्कृति प्रेमीहरूले हाम्रा साझा धरोहरका संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने पवित्र यज्ञमा
ऐक्यवद्धता जनाई अवश्य सहयोग गर्नु हुने छ ।
कार्यक्रममा सादा झैं BBQ सहित वनभोज। कबिता, मुक्तक, गजल वाचन । कबिता वाचन प्रतियोगी र अप्रतियोगि हुनेछन। प्रतियोगी कबिताहरु पहिला र अप्रतियोगी कबिताहरु पछील्लो चरणमा समाबेश गरिने छ। सँस्थाका बर्तमान अध्यक्ष , उपाध्यक्षहरू, महासचिव, सचिब, कोषाध्यक्ष र सल्लाहकारजूहरूको कबिता अप्रतियोगी हुने ब्य्व्होरा यसै सुचना मार्फत जानकारी गराईन्छ।
ईच्छुक सहभागिहरू बाट गायन तथा नृत्य प्रस्तुत । श्रष्टाहरुलाई सम्मान र कृति बिमोचन जस्ता कार्यक्रमहरू प्रस्तुत गरिनेछ।कार्यक्रम लाई नेपाली मन र पनले आकर्षक बनाईनेछ।
यहाँहरू सबैलाई सादर चुल्हे निम्तो !!!
धन्यवाद!
प्रार्थी,
भुप नारायण घर्तिमगर - अध्यक्ष  
अनेसास वाशिङ्गटन डि सी मेट्रो कमिटी

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक