20190619

राष्ट्रिय कविता महोत्सवका विजेताहरु राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुरस्कृत

Image may contain: 11 people, including Sunita Khanal, people standing


नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेताहरुलाई मंगलबार राजधानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गरेकी छन् । महोत्सवमा प्रथम भएका कवि फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मेनुका चापागाईं र एलिना दुलाललाई जनही २० हजार रुपैयाँ र रजत पदक हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित पुरस्कार वितरण समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी रहेका प्रथम प्रोल्लास सिन्धुलिया र द्वितीय सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गरेकी थिइन् । समारोहमा भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताइन् । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविलाई सिर्जनामा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए ।
सदस्य सचिव जगतप्रसाद उपाध्यायले आगामी दिनमा महोत्सवलाई अझ व्यवस्थित र देशव्यापी बनाउने बताए । काव्य विभागका प्रमुख हेमनाथ पौडेलले यस वर्षदेखि वाचनलाई पनि मूल्यांकनको आधार बनाइने जनाए ।
Image may contain: 5 people, including Sunita Khanal, people sittingImage may contain: 4 people, including Sunita Khanal, people smiling, people standingImage may contain: 6 people, including Sunita Khanal, people smilingImage may contain: 12 people, including Sunita Khanal, people standingImage may contain: 9 people, including Sunita Khanal, people smiling, people standing and outdoor
Image may contain: 1 person, standing

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक