20190730

कठै मेरो काठमाडौं !

Image may contain: Ram Prasad Khanal, closeupआफ्नो पन हराउँदै गएछ काठमाडौं
आफ्नैको मन हराउँदै गएछ काठमाडौं
आफ्नैसँग आफ्नै टाढा हुँदै गएछ काठमाडौं
खोई कुन्नी किन यति बिघ्न भएछ काठमाडौं !
झरी मात्र होइन स्वार्थै स्वार्थले हिलाम्मे छ काठमाडौं
बाटाघाटा भन्दा पनि मन बिग्रिनेहरुको राजमार्ग भएछ काठमाडौं
आफ्नैसँग आफ्नै जल्नेहरुको भएछ काठमाडौं
इर्श्या डाहाले बल्नेहरुको भएछ काठमाडौं
हरकुरामा ठगी, ठगहरुको शहर भएछ काठमाडौं
एकदिन मर्न पर्छ भन्ने बिर्सनेहरुको भएछ काठमाडौं
सत्ता शक्ती र भक्तिको राजधानी भएछ काठमाडौं
बिसादी खाएर बाँच्नेहरुको रोगी राजधानी भएछ काठमाडौं
मानवता, नैतिकता, धर्मकर्म सेलाएर गएछ काठमाडौं
हर कुरामा हेर्दा नराम्ररी गएछ काठमाडौं
के भनौं र खोई ! के भएछ भएछ काठमाडौं !!
- रामप्रसाद खनाल, काठमाडौं,  जुलाई १२, २०१९

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक