20190731

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका उपाध्यक्ष एबम नेपाल शाखाका निबर्तमान अध्यक्ष, लोकप्रिय हाँस्य कलाकार शिवहरी पौडेल ‘लक्का जवान’ निर्देशन गर्दै



निर्माता निर्मात्री देखी लेखक निर्देशक सम्म, चलचित्रमा अभिनय गर्ने कलाकार सहित टिमका सबै सबैलाई "लक्का जवान" सफलताका लागि हाम्रो तर्फबाट पनि शुभकामना 
नेपाली चलचित्र  ‘लक्का जवान’ एक आधिकारिक प्रेस सम्मेलनमा निर्माणको घोषणा गरिएको छ ।  जिरे खुर्सानी, ब्रेकफेल लगायतका कैयौं हास्य टेलिश्रृंखला निर्देशन गरिसकेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका उपाध्यक्ष एबम नेपाल शाखाका निबर्तमान अध्यक्ष, लोकप्रिय हाँस्य कलाकार शिवहरी पौडेल अब  ‘लक्का जवान’ मार्फत चलचित्र निर्देशन तर्फ अघि बढेका छन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो ।

निर्माण घोषणासँगै चलचित्रको रिलिज मितिसमेत तय गरिएको छ । चलचित्र  ‘लक्का जवान’चैत्र ७ गतेबाट अल नेपाल प्रदर्शन हुदैछ । 
चलचित्र ‘लक्का जवान’ आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने  छ । चलचित्रको लेखन पनि निर्देशक पौडेलले नै गरेका हुन् । चलचित्र पारिवारिक तथा कमेडी कथामा आधारित हुनेछ । बिभिन्न हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू निर्देशकिय चलचित्र हो । 
चलचित्र ‘लक्का जवान’ मा ध्रुव वन्त र अनुसुया श्रेष्ठ वन्तको लगानी रहने छ ।  किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल चलचित्रको कार्यकारी निर्माताका रुपमा रहने छन् । यस्तै राजाराम पौडेल। दिपेन्द्र खनिया,सुरेन्द्र केसी,शुसिल अर्याल,डेजि अर्याल र राज केसी चलचित्रका सह–निर्माता हुन् ।  चलचित्र  ‘लक्का जवान’लाई हामीले विशुद्ध पारिवारिक र कमेडी कथामा निर्माण गर्दैछौ ’ निर्देशक पौडेलले भने । 
चलचित्र ‘लक्का जवान’मा अभिनेता दिलिप रायमाझी, प्रियंका कार्की, शिवहरि पौडेल, किरण केसी, वर्षा सिवाकोटी, सलोन बस्नेत, सबिता गुरुङ, सुरेन्द्र केसी  लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन भदौ ४ गतेबाट सुरु हुने छ ।
Image may contain: text
Image may contain: 8 people, including Shivahari Paudyal, Kiran KC and Junu Rijal, people smiling
Image may contain: 3 people, including Shivahari Paudyal and Kiran KC, people smiling, people standing
Image may contain: Kiran KC, Purushottam Pradhan and Shivahari Paudyal, people smiling, people standing
Image may contain: 6 people, including Shivahari Paudyal, Kiran KC and Surendra KC, people smiling, people standing
Image may contain: 5 people, including Junu Rijal, Kiran KC and Shivahari Paudyal, people smiling
Image may contain: 4 people, including Kiran KC, Surendra KC and Shivahari Paudyal, people standing and outdoorImage may contain: one or more people
Image may contain: 10 people, including Shivahari Paudyal, people sitting and indoor
Image may contain: 7 people, including Shivahari Paudyal, Kiran KC and Surendra KCImage may contain: 2 people, including Anu Shrestha Onta, people smiling, people standing

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक