20190715

नासाको अध्यक्षमा शिव बिष्टको उम्मेदवारी घोषणा

    अमेरिकाको दक्षिण पुर्वि राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेपलिज् एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा)को आगामी २०१९  देखि २०२१  को लागि अध्यक्षमा नासाका पुर्व  महासचिव शिव विष्टले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन । अध्यक्षका उम्मेदवार विष्टले संस्थासंग आवद्ध विभिन्न व्यक्तित्व र बुद्धिजीवीहरुको   परामर्शका आधारमा उम्मेदवारी घोषणा गरिएको बताएका छन ।
विष्टले अध्यक्षको उम्मेवारी घोषणासंगै संस्थालाई हाँक्नका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेका छन् ।विभिन्न कार्ययोजनाहरुमा उनले संस्थाको गरिमालाई अझ शसक्त बनाउन नासाको कार्यक्षेत्रमा रहेका स्थानीय संघ संस्थाहरुसंग समन्वय  गरी विविध सामाजिक तथा  साँस्कृतिक कार्यक्रम सन्चालन गर्ने, नासाको सम्पर्क कार्यालय  स्थापना गर्ने, नेपाल र प्रवासमा रहेका नेपाली र नेपालीभाषी समुदायको  पीरमर्कालाई राहत दिनका  लागि आकस्मिक कल्याणकारी कोष स्थापना गर्ने, दैबी प्रकोप कल्याणकारी कोष तत्काल स्थापना गरि मातृभूमिमा परि आउने  प्राकृतिक बिपत्तिमा सक्दो राहत वितरणमा सहयोग गर्ने योजना बनाएका छन् । त्यसै गरि नेपाली भाषा , कला, साहित्य  र सस्कृतिको प्रवर्धनका लागि हरेक बर्ष नेपाल फेस्टिवल संचालन गर्ने , नेपालीहरुको चाडपर्व र नयाँ बर्षमा नेपाली कला र संस्कृतिको गरिमा कायम राख्न विविध कार्यक्रमहरु गर्ने प्रतिबद्ता अगाडी सारेका छन् । 
नासा क्षेत्रका  सामाजिक संघ  संस्था संग समन्वय गरि आपसी हितका लागि विभिन्न साझेदारी कार्यक्रमहरु गर्न आफु लागि पर्ने बताएका छन्। नेपालको पर्यटन प्रवर्धनका  लागि पर्यटन बर्ष २०२० लाई सफल पार्न अमेरिकाको  दक्षिण पुर्वि राज्यहरुमा बिबिध कार्यक्रमहरु आयोजना  गर्ने बताएका छन् । बालबालिका ,,महिला र बृद्धहरुका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्ने, अमेरिकामा रहेका युवाहरुको ज्ञान सीपलाई नेपालका लागि योगदान दिन सक्ने वातावरणको लागि नेपाल सरकारसंग पहल गर्ने, संस्थाको आर्थिक पारदर्शिता र सुचना प्रवाहमा विशेष ध्यान दिने र नासाले आफ्नो साधारण र आजिवन सदस्यलाई परिचय पत्र वितरण गर्ने योजना अगाडी सारेका छन् । साथै उनले  आवस्यकता अनुसार  व्यवसायी , पेशागत र अन्य तालिम , स्वास्थ्य शिबिर र गोष्ठीहरु संचालन गर्ने बताएका छन् ।
साथै अमेरिकामा नेपालको स्थानीय विषय वस्तुहरुको प्रचारप्रसार गर्ने योजनाहरु अघि सारेका छन । त्यसैगरी नेपाल र अमेरिकाको नेपाली संघ सस्थाहरु संग सम्वन्ध स्थापित गर्न पहल गर्ने बताउदै  यस अघि पनि बिष्टले नासा/ अन्माको संयुक्त  सम्मेलनहरुमा संचार संयोजक , कन्सर्ट संयोजक , सम्मेलनको उपसभापति लगाएतको जिम्मेवारी लिएर आफ्नो कार्य क्षमता देखाइसकेका छन्  । हालै  केहि महिना अघि मात्र  अमेरिकाका विभिन्न राज्यहरुका करिब ७०० सय नेपाली र नेपालीभाषी भुटानीहरुलाई  एकै मन्चमा उपस्थित गराई ग्लोबल नेपाली , फिल्म , म्युजिक , मेडिया र सोसियल अवार्ड गरेर प्रवाशमा रहेका नेपाली र नेपालीभाषी भुटनीज  मनहरुलाई जोड्न सफल भएका थिए।  त्यसैगरी बिष्टले दुइ बर्ष अघि हाई पोइन्टमा  नेपाल हेरिटेज सेन्टर निर्माणका लागि महापुराण लगाउन पहल गरि  स्थानीय सामाजिक नेता तथा कार्यकर्ताहरुको अगुवाइमा भव्यताका साथ सम्पन्न भएको थियो । साथै उनले बिगत सात बर्ष देखि विभिन्न चाडपर्व र साँस्कृतिक कार्यक्रमहरुमा प्रतक्ष्य/अप्रतक्ष्य सहयोग  गर्दै आइ रहेका छन् । यिनै अनुभव र लगनशिलतालाई सामाजिक कार्यमा लगाई नासाको गरिमा बढाउने प्रतिबद्ता ब्यक्त गर्दै सबैको सहयोग र सद्भावको अपेक्षा गरेका छन ।



नेपाल बसाईका क्रममा के के भने के के गरे रामप्रसाद खनालले ? हेर्नुस केही भिडियोहरु !


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक