20190711

हरेक घर परिवारको कहानीलाई गीत बनाएर गाए, मान्छे पनि रुवाए रामप्रसाद खनालले !


- राधा शर्मा
अग्रज लोक गायक रामप्रसाद खनालले अमेरिकाबाट नेपाल आएर फेरी अर्को मान्छेको मन छुने गीत रिलिज गरेका छन । हरेक घर परिवारको कहानी लाई गीत बनाएका खनालले आफ्नै शब्द र स्वरमा गाएको यो गीतको भिडियो रिलिज भएपछी दर्शक श्रोताहरुले यो गीतले मेरो मुटु  छोयो, मैले आँसु रोक्न सकिन भन्दै सामाजिक सन्जालहरुमा कम्मेन्ट समेत गर्न थालेका छन ।

३ हप्ता अघि पञ्चेबाजाको मौलिक लोक दोहोरी "दुलाहा दुलही" रिलिज गरेका खनालले उक्त गीतबाट वाहवाही पाइरहेका छन भने भर्खर रिलिज भएको यो गीत मान्छेको मन मुटु छुने प्रकारको छ । हरेक घर परिवारको कहानीलाई टपक्क टिपेर गीत बनाएका र गाएका खनालको यो गीत स्लो मोसनको तर सदाबहार रहने प्रकारको गीत बनेको छ ।

खनालले आफ्नो यो गीतमा धेरै कलाकारहरु समेत समेटेका छन अभिनयमा । गायक गायिका देखी कलाकार सम्म दर्जन भन्दा बढीले अभिनय गरेको यो गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन ।

गीतका केही हरफ यस्ता पनि छन:
बाहिर बाट रेखदेख गर्ने हुँदा रहेछन बाबु मात्र
आफ्नै प्राण भन्दा बढी माया गर्ने आमा मात्र
दाजु पराइ भैहाल्दछन भाउजु घरमा आए पछी
भाईहरु झनै टाढा बुहारी लाई ल्याए पछी ....
साथी भाई भनौं भने स्वार्थी धेरै हुँदारैछन
केहि न भए बुङ्गो भैयो भएको देखे रुँदारैछन
बाहिरबाट रेखदेख गर्ने हुदा रैछन बाबु मात्र.......

यि र यस्ता मन छुने शब्दहरु समेटिएको गीतमा निम्नानुसार कलाकारहरुको सहभागिता रहेको छ:


अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका प्रस्तुत गर्दछ
रामप्रसाद खनालको बिशुद्ध पारिबारिक, सामाजिक, लोक आधुनिक गीति एल्बम " घर घरको कहानी "
गीतको बोल : बाहिरबाट रेखदेख गर्ने हुँदा रहेछन बाबु मात्र .... 
शब्द: रामप्रसाद खनाल
स्वर: रामप्रसाद खनाल
संगीत: थानेश्वर गौतम
एरेन्ज: आशिश अबिरल
रेकर्डिङ्ग: राग रेकर्डिङ्ग
रेकर्डिस्ट: HBN किस्मत
निर्देशन : प्रकाश भट्ट
अतिथि निर्देशक : शिवहरी पौड्याल
कलाकार / अभिनय: रामप्रसाद खनाल, सुरबीर पण्डित, मन्जु पौडेल, पदम पौडेल, श्रीमती पौडेल, सरस्वती तिमिल्सिना, रामचन्द्र काफ्ले, जुनु रिजाल काफ्ले, ईन्द्र जिसी, बिमल राज क्षेत्री, राजु पौडेल ( राजु मास्टर ), बिनोद केसी, लेखान्त भुसाल, सरस्वती फुयाल, यम क्षेत्री, अमृता लुँगेली मगर, नबिन पौडेल, ध्रुब ज्ञवाली,  साबित्रा पौडेल बाशीस्थ, जानकी ज्ञवाली, भीमा पौडेल नेपाल, महादेब अर्याल र अन्य कलाकारहरु
छायाँँकन: राजेश घिमिरे
भिडियो सम्पादन: बिष्णु शर्मा

  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक