20190914

नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में" को अमेरिका लोकार्पण र "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" को सम्पूर्ण तयारी पुरा

Image may contain: 9 people, including Binita Pokhrel, Balkrishna Panthi and Ram Prasad Gyawali, people smiling, people standing and text
वाशिङ्गटन डिसी वरपर रहेका प्रबुध्द नेपाली समुदायलाई सहभागिताका लागि निमन्त्रणा  
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १५ तारिख आइतबार अमेरिकाको वासिङ्टन डिसीमा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौं भाषामा प्रकाशित कविता कृति "बसन्त" र हिन्दी भाषामा प्रकाशित कृति "चाहतोँ के साय में  " को अमेरिका  लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १५ तारिख आइतबार बेलुकी ४:३० बजे Hotel Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109 US मा आयोजित उक्त कार्यक्रममा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरी स्वयम पनि सहभागी हुनुहुने छ र वहाँले करिब एक घण्टा वहाँका चर्चित कविताहरु बाचन पनि गर्नुहुने छ ।


वहाँलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाका तर्फ बाट नेपाली भाषा, साहित्य, कला र सँस्कृतिको क्षेत्रमा वहाँले पुर्‍याउनुभएको बिशेष योगदानको ऊच्च कदर गर्दै अभिनन्दन समेत गर्न लागिएको आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालले बताउनुभयो । स्मरण रहोस अमेरिकामा आउने नेपालका कवि, कलाकार, साहित्यकार, लेखक, समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले यस अघि पनि यसरीनै सम्झिँदै आइरहेकाछन ।

आयोजक दुबै संस्थाका अध्यक्ष रामप्रसाद खनालका अनुसार कार्यक्रम वाशिङ्गटन डिसी नजिकै भर्जिनियाको मनासस शहरको बेस्ट वेस्टर्न ब्याटल फिल्ड इन होटेलमा सेप्टेम्बर १५ तारिख बेलुकी ५ बजे तय गरिएकोछ । जसमा वाशिङ्गटन डिसी वरपर रहेका प्रबुध्द नेपाली समुदायको सहभागिता रहनेछ । वहाँका अनुसार कार्यक्रमको नाम "बसन्त लोकार्पण तथा विश्व काब्य यात्रा, भर्जिनिया श्रृंखला" राखिएकोछ ।

  नेपाली भाषा, साहित्य, कला र सँस्कृतीका योध्दा अग्रज कवि,साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका  लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" कार्यक्रम प्रबासमा एउटा कोशेढुङ्गा साबित हुने कुरामा आफु बिश्वस्त रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका कोसाध्यक्ष एबम सँस्कृतीबिद भूपनारायण घर्तिमगर र अन्तर्राष्ट्रिय कलाकार मञ्चका महासचिब सुरेश दर्पण पोखरेल र सचिब प्रकाश नेपाल बताउनुहुन्छ ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिकाले वाशिङ्गटन डिसी र वरपर रहनुभएका नेपाली समुदायलाई कार्यक्रममा निमन्त्रणा गरेको छ । निमन्त्रणामा भनिएको छ: 

अग्रज कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीको बिभिन्न नौँ भाषामा प्रकाशित कविता कृति "बसन्त" को अमेरिका लोकार्पण कार्यक्रम र चौधरी स्वयम उपस्थित भै कविता बाचन गर्नुहुने "विश्व काब्य यात्रा, वाशिङ्गटन डिसी श्रृंखला" मा यहाँलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

स्थान: Hotel Best Western Battlefield Inn, 10820 Balls Ford Rd, Manassas, VA 20109 US
मिति: September 15, 2019
समय: 4:30 Pm
प्रबेश: निशुल्क
( बिशेष ब्यबस्था : कवि, साहित्यकार एबम गीतकार बसन्त चौधरीसँगै सामुहिक रात्री भोज एबम भेटघाट र फोटो शेसन पनि )

* कृपया कार्यक्रम हुने होटलमा सिट सिमित भएको र रात्रीभोज ब्यबस्थापन समेतलाई मध्यनजर गर्दै यो निम्तो प्राप्त गर्ना साथ यहाँहरु कति जना पाल्नुहुन्छ सँख्या समेत उल्लेख गरी यथाशीघ्र जानकारी गराउनुभए मा हामी लाई ब्यबस्थापन गर्न सजिलो हुने थियो । यहाँहरुको RSVP का लागि हार्दिक अनुरोध छ ।
* ईमेल, टेक्सट, मेसेन्जर लगायतका बिभिन्न मध्यम बाट निम्तो पठाइसकिएको छ । यदि प्राप्त नभएको भए यसैलाई नै निमन्त्रणा मणी कार्यक्रममा उपस्थित भैदिनुहुन हुन सादर अनुरोध छ । साथै उक्त कार्यक्रममा साना बालबच्चा सहभागी गराउँदा कार्यक्रममा हुने अबरोध लाई मध्यनजर गर्दै कृपया साना बालबच्चा नल्याइदिनुहुन सादर अनुरोध गरिएको छ ।

आयोजक:
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( www.iafamerica.com )
इभेन्ट म्यानेज्मेन्ट: इन्टरनेशनल मिडिया एण्ड इन्टरटेन्मेन्ट हाउस, अमेरिका

संपर्क:
रामप्रसाद खनाल - 703-419-0924 - ईमेल - rampdkhanal@gmail.com
सुरेश दर्पण पोखरेल - 443-447-4040, ईमेल - 977events@gmail.com
प्रकाश नेपाल - 703-864-4141 - ईमेल - prakashnepal7@yahoo.com
भूपनारायण घर्तिमगर - 571-217-6782 ईमेल - Bhupnarayangm@gmail.com

स्मरण रहोस बसन्त चौधरी नेपालको ब्यापारीक, ब्यबसायिक घराना चौधरी ग्रुपका एक हस्ती, नेपालकै गौरब मात्र होइन वहाँ सिध्दहस्त अत्यन्त राम्रा कवि, साहित्यकार र गीतकार पनि हुनुहुन्छ । चौधरी ग्रुप जस्तो विश्व प्रसिद्ध नेपाली कम्पनी, ब्रान्डका एक हस्ती वहाँको बहुमुखी प्रतिभालाई छिचोल्दै जाने हो भने धेरै गहिराइसम्म पुग्नुपर्ने हुन्छ । जसको परिचय होस् भनेर तल केही सान्दर्भिक सामाग्रीहरु पनि राखिएका छन हेर्न सक्नुहुन्छ:

please see detail about Basant Chaudhary
http://www.basantchaudhary.com/new/
https://www.facebook.com/basantchaudharypage/
https://www.facebook.com/basantchaudhary1957 ।
Image may contain: 1 person, standing and text

Image result for चाहतो के साये
Image may contain: text




 
 

           
  
आउ मेघा...
आउ मेघा
वाफिएको जीवनको गर्मी संगै
खडेरीको तापमा
तिमी पानी बनेर आउ
र,
वृष्टिगर,
शीतल र सौम्य जलधारा
माथी-माथी हिमालबाट बोकेर
शीतलता छर्दै
रझाऊँदै र पखाल्दै
लहराऊँदै र झुम्दै
आउ मेघा आउ
यहाँ उष्ण बढेको छ र
पोलेको छ मन !

शिशिरको उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आउ
फुलाउ सुन्दर-सुन्दर फूलहरु
मगमगाउँदा, भरभराउँदा
तिम्रो निर्मल थोपा-थोपाबाट
सुन्दरता बिसाएर,
पोख्दै-पोख्दै
उराठ शिशिरलाई
वसन्त पार !
आउ मेघा आउ
पतझड हाँस्दैछ !

समयका पल प्रतिपल संगै
उषाका स्वर्णिम किरणका
काखमा बसेर
सुर्यको सुनौलो रंगले रंग्याउँदै
मेरो जीवनको प्रत्येक अन्धकारलाई
नयाँ बिहानिको सुन्दरताले नुहाएर
नास गर सारा धमिलो
आउ मेघा आउ
अध्यारो ममा बाक्लिंदैछ !

काठमाडौँ - सावन ४, २०७६
Image may contain: 1 person, text and closeup

निशब्दले झस्काउँदा...

निशब्द—
यस्तो सशक्त शब्द हो
कुनै शब्दमा अनुवाद नहुने ।
जीवन पनि मलाई यस्तै लाग्छ
न रंग, न बाना,
कुनै अर्थमा कहिल्यै परिभाषित नहुने ।

फूल...
तिमी के भन्छौ यसलाई ?
शब्द हो या निशब्द ?
आवाज छैन
तर,
के बोलिरहेको छैन यसले ?
यही हो त्यो महान शब्द
कसैको बोलीबाट ब्यक्तै नहुने ।

त्यस्तै हो सुन्दरता
जसलाई बुझ्न पनि
आफू स्वयं
आत्मैदेखि सुन्दर हुनु पर्ने
यो छालाको आँखा हैन
जसलाई देख्न
अन्तर्मनको आँखै खोल्नुपर्ने ।

सौन्दर्य भन्नासाथ हुरुक्क हुने
सुगन्धकै निम्त्ति साधनारत रहने
तिमी-हामी,
संसारलाई नरकबाट उठाउन
अन्तर्मनै देखि,
भन कैले उठ्ने ?
आत्माको सुगन्धले
यो माटो कहिले मुछ्ने ?

भन !
कहिले अँगालोयूक्त हुने
यो ब्रम्हत्वबाट ?
कहिले जीवन्त हुने
यसको स्पर्शबाट ?
अन्तकरनैबाट चाहेमा
के यो सम्भव छैन ?


जब हामी टाढा हुन्छौं...
कतै भेट्टीएथ्यौ संयोगले 
मन मिल्यो 
थाहै भएन 
कति चाडै आफ्नै बन्यौ !

तिमीलाई लाग्दा चोट
दुख्न थालेँ म 
तिम्रो मुस्कानमा 
भेटेँ अलौकिक खुसी 
तिमी र म,
यसरी एक हुँदै गयौ 
संयोगको मोढमा
जीवनको गोरेटोमा ।

हामी दोबाटोमा आइपुग्यौं 
अब थोरै बाटो बाँकि छ संगै हिड्न
छुट्टिनै पर्ने बाद्यतामा
क्षण मैं हुन्छौँ दुईतिर हामी
मुटु भरिभरि बोकेर एक अर्कालाई !

सोध्न मनलाग्यो तिमीलाई 
संसारको व्यस्त समयको कुनै पलमा 
जब तिमी मबाट कोषौं टाढा हुन्छौं
टाढा टाढा कुनै विरानो ठाउँमा
सम्झन्छौ कि कहीं कतै मलाई ?
मनको एक कुनामा छाम्दै 
सोध्छौ कि मेरो खबर,
आकाशको जूनलाई !
कल्पन्छौ कि मेरो अवस्था 
हृदयको धरातलमा 
हाँस्छौ कि मन्द मन्द सम्झेर 
मेरो चुम्बन !

जब हामी टाढा हुन्छौं...
हातमा हात राखेर हेरेको 
निलो आकासको सुन्दर जून,
नदीमा खुट्टा चोपेर छ्यापेको पानी
समाएर एक अर्काको हात 
सुस्त सुस्त चालेका पाउहरु, 
नअघाएका ती पल 
एक अर्कालाई हेरेर,
झलझल आँखामा राखेर,
पढ्छौ कि कतै मलाई
स्मृतिको यौटा किताब 
जो मायाको नामले लेखिएको छ ।

कल्पन्छौ कि मेरो अवस्था
वियोगको चिहानमा 
आँसुको मूल फुटाई
सम्झेर मेरो स्पर्श 
आँसुसंगै मुस्काएर,
गर्दै मिठो गाली !

जब हामी टाढा हुन्छौं...
बाचा कसम नखाई, 
कसिएको हाम्रो प्रीत
एक अर्काप्रति ढुकढुकाएको मुटु
थाहै नपाई, 
समर्पणमा हृदयले सुम्पेको सर्वस्व
तिमीलाई थाहा छ, मलाई थाहा छ
मुटु भरिभरि एक अर्कालाई बोकेर
वियोगको लागि तयार हुँदा 
हाम्रो लागि आउने समय
दुखद छ, अत्यन्तै दुखद 
उचाइका दुई पहाड 
दृश्यान्तमा टाढा टाढा !

कल्पन्छौ कि मेरो अवस्था
विगत सम्झेर मन रुवाउँदै
बोल्छौ कि स्मृतिमा मसंग
रुझेर सम्झनाको झरीमा 
चुम्छौ कि आँसु म ठान्दै !

जब हामी टाढा हुन्छौं...
सोध्छौ भने मलाई तिमी 
म निरीह समयको आघात अघि 
कुनै पल, कुनै घडी, 
बिर्सने छैन तिमीलाई
मेरो ’म’ को बिर्सनै पनि 
सम्झना हौ तिमी !

जति टाढा उति नजिकिने तिमी
र त म भन्छु, 
शारीरिक दूरीको त्यो क्षणको वियोग 
साक्षात संयोग पो रहेछ 
प्रेमको त त्यो अलौकिक प्रान्त पो हो,
जहाँ हामी समयातीत बाँच्छौं !
Image may contain: 1 person, beard and text
कविता बिनाको कवि...
मान्छे भन्छन्
फूलमा कविता रहेन
प्रकृतिको जुन रूप थियो
त्यो रूपमा रमिता रहेन !

म त फूल संगै रमाउँछु
कल्पनामा उड्छु
पात-पातमा,
कविता पढ्छु !

मलाई लाग्छ,
चाहयौं भने
हामी, 
अझै कल्पनामा उड्न सक्छौ
चन्द्रमा लाई छुन सक्छौ,
फूलसंगै हाँस्न सक्छौ
काँडासंगै रून सक्छौ ।

तर,
हाम्रो वरपर
प्रकृतिको स्वरूप, 
बदलिएको छ
मान्छे मान्छे रहेन
मान्छेको,
रूप बदलीएको छ
फेरिएको छ !

त्यसैले यो नभन
फूलमा कविता रहेन।
फूल मधुर कविता भएको
यस दुनियामा,
फूलमा अझै लय छ, ताल छ
बरू भनी देउ
फूलको साटो, अब
कविमै कविता रहेन !!
Image may contain: one or more people, eyeglasses and text
एउटा मोती...
एउटा मोती
अनन्त गहिरो 
ममताको सागरको
एउटा मोती हुँ म आमा !

तिम्रो अनमोल स्पन्दन र 
स्नेहले कुँदीकुँदी 
बनाएको हो मलाई 
म,
तिम्रो कल्पनाको 
साकार फूल 
तिम्रो क्यानभासमा भरिएको
रंगीन चित्र हुँ !

तिम्रो स्नेह र साथबाट
वञ्चित हुँदा 
खालीखाली जस्तो 
हराएहराए जस्तो
एक्लिएएक्लिए जस्तो छु म !

हरपल रहिरहन्छ तिम्रो अभाव 
यो जीवनमा 
हिउँदमा, वर्षामा
दुःखमा, सुखमा
पल, दिन र महिनामा

अब त 
तिम्रो यो मोतीको 
उड्न थालेको छ चमक
धमिलिएको छ रंग
हराएको छ उमंग
बदलिएको छ स्वरूप
बोकेर तिम्रो न्यानो स्पर्शमा
ममताको आभास
भैरहन्छ हरपल
नमेटिने प्यास, नदेखिने पीडा !

म तिम्रो ढुकुटीको
एउटा रत्न हुँ आमा 
तर, 
यसै छरिएको छु तिमीविना 
तिमी छैनौ र हुने छैनौ 
तर मसँगसँगै हिँड्छ 
तिम्रो तस्बिर आँखा भएर 
सजीव बन्छ अस्तित्व 
निश्वास भएर !

तिमी छैनौ 
र पनि छौ 
हृदयको स्पन्दन बनेर 
नहुनुमा पनि हुनुको 
आभास मात्र दिँदो छ 
तिम्रो सम्झनाले, तिम्रो मायाले !

ममताको सागरको
एउटा मोती हुँ आमा 
तिम्रो मायामा 
स्मृतिको सागरमा 
एक्लैएक्लै हराइरहेको 
एउटा मोती !!
Image may contain: 1 person, closeup and text

अद्वितीय प्रेम...

ओ मेरी मायालु
अनजान, अनामिका !
तिमी कतै छैनौ
र त सुरक्षित छौ मेरो निम्ति
म निश्चिन्त छु—
तिमी कदापि हराउने छैनौ ।

गर्छु भनेरै प्रेम गर्नु नपर्ने
त्यसै त्यसै 
प्रेमको आनन्द प्राप्त हुने
कत्ति अलौकिक तिमी
निराकारमै आकृत हुने
ओ भव्य आकार !
यत्ति समाहित हुन्छौ तिमी ममा
तब बोध हुन्छ 
जब म हराउँछु ।

सखारै हाँसिरहेको देख्दा
हिलोबाट निर्लिप्त कमल
त्यो हाँसोमा
तिमीलाई पाउँदै बिस्मित हुन्छु म
र आँखा चिम्लिँदा 
परमानन्दले मुटु चुमेको अनुभूत गर्छु ।
जब आकाश 
हुन्छ मात्र आकाश
त्यहि हो विनापदचाप
तिमी ममा पुग्नुको आभास !
Image may contain: 1 person, text

तिमीले सिकायौ...

म के जानूँ
तिमीले मलाई माया लायौ ?
तर यो पक्कै हो
तिमीले मलाई सिकायौ
हाँस्न सिकायौ
बाँच्न सिकायौ
पग्लिएर मनसँग
मन गाँस्न सिकायौ ।

तिमीले मलाई सिकायौ -
धेरै धेरै सिकायौ
बिहानी घामको कलिलो झुल्को 
हिमालमा ठोक्किंदा 
रोमांचक सौन्दर्यको जुन मोहकता 
प्रतिबिम्बित हुन्छ 
तिम्रो मुस्कानमा उदाएको घामद्वारा तिमीले 
हिमालको घामभन्दा पनि बढी 
मलाई रोमांचक बन्न उक्सायौ ।
परिस्थितिसंग घुलमिल हुन मात्र हैन 
स्वार्थको चक्रव्यूहबाट उम्कन 
मलाई बाटो देखायौ ।

हाँसेर हाँसेको हुन्न 
न रोएर रोएको हुन्छ
तिमीले सिकाएकैले
किन भनूँ मायालु म
तिमीले मलाई माया लायौ ?
बरु यो सत्य हो
संसारसंग मलाई
तिमी सम्झेरै,
माया लाउन सिकायौ ।
Image may contain: 1 person, eyeglasses


Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling, people standing, beard and indoor
Image may contain: text


केही हप्ता अघिको एउटा पोस्ट : 
कवि बसन्त चौधरी नेपालका त्यस्ता कवि हुन जसका कविता "बसन्त" ९ वटा भाषामा प्रकाशित छन । 
यस अघि कुनै नेपाली कविको ९ वटा भाषामा कविता प्रकाशित भएको रेकर्ड छैन । उद्योगी, ब्यबसायी तर सधै नेपाली माटो बोल्ने कवि बसन्त नाम अनुसारकै बसन्त छन । उनको सरलता, मिलनसार पन, नेपाली मन लाई सधै सलाम गर्न मन लाग्छ मलाई पनि । मेरा अत्यन्त आदरणिय दाई, कवि   बसन्त चौधरीसँग नेपाल बसाइका क्रममा भेटघाट र भलाकुसारी अत्यन्त सार्थक रह्यो । बसन्त दाई, तपाईंबाट हामीले धेरै कुरा सिक्न बाँकी छ । तपाईंको सधै हाँसो, खुशी, सफलता र साहित्यिक क्षेत्रमा यहाँ को योगदान अझ प्रगाढ र स्मरणिय बन्दै जाओस मेरो सुभेक्ष्या र शुभकामना छ । यहाँको न्यानो आतिथ्यका लागि, साहित्यिक कृतिहरु उपहारका लागि आभारी छु दाई । तपाईंको सधै जय होस ।

- रामप्रसाद खनाल - अध्यक्ष 
अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति, अमेरिका  
www.IAFAmerica.com 

Image may contain: 4 people, including Ram Prasad Khanal, people smiling, people sitting and indoor
          
Image may contain: 2 people, including Ram Prasad Khanal, people smiling, people standing and indoor

Image may contain: 1 person, text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: one or more people and text
Image may contain: text

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक