20191001

अब ढिलो चाँडो महरा निर्दोश र बलात्‍कृत भएँ भन्ने महिला दोशी भएको खबर आउने छ आस्चर्यमा नपर्नुहोला ।

Image may contain: 1 person, sittingलुटेर, कुटेर, अपहरण गरेर खानेहरुसँग, अर्काको ज्यान मारेर रजाइँ गर्न पल्केकाहरुसँग, त्यस माथि कहिले काङ्रेस सँग त कहिले एमाले सँग साँठगाँठ गर्दै सत्ता र शक्तीको आडमा बँच्दै आएकाहरुसँग नैतिकता र सदाचारको आशा गर्नुनै हाम्रो ठुलो गल्ती हो । यिनीहरुका राशलीला, काण्डैकाण्ड जे सुकै भएपनी यिनिहरुलाई कसैले अहिले केही गर्न सक्ने अवस्था छैन किनकी पदीय, कानूनी गणितीय हिसाबले अपराधका नाइकेहरु अहिले माथि छन । उनिहरुकै बोलवाला छ देशमा । सधैं यस्तो त किन रहला र तैपनी कालोलाई सेतो र सेतोलाई कालो बनाउँदै आएका यिनिहरु अब निर्दोश बनेर उल्टै निर्दोसलाई दोसी बनाउने हैसियतमा छन अहिले । त्यो गर्दैछन लेखेर राख्नुस । यिनीहरुलाई तह लगाउन जनता जुरुक्क नउठे सम्म केही हुनेवाला छैन । देख्नुभएको छ प्रमुख प्रतिपक्ष र अन्य प्रतिपक्षीहरुको हैसियत । उनिहरु छन कि छैनन भनेर लाइट बालेर खोज्नुपर्ने अवस्था
छ अहिले । अब ढिलो चाँडो महरा निर्दोश र बलात्‍कृत भएँ भन्ने महिला दोशी भएको खबर आउने छ आस्चर्यमा नपर्नुहोला । अर्काको ज्यानै लिने सम्मका अपराधीहरुका लागि यो घटना एउटा रौं जत्तिको पनि होइन । यिनीहरुलाई बँचाउने परमेश्वरहरु धेरै छन, बँचाउन लागिसके । चेतना भया ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक