20191002

रामप्रसाद खनालको दशैँ तिहारको मार्मिक गीत "झल्को दशैँको" हेमन्त कान्छाले गाए, धेरैलाई रुवाए !

लोकका गीत गाउने लोक तथा दोहोरी गायक रामप्रसाद खनालले यस पटकको दशैँ तिहारका लागि एउटा मन छुने गीत "झल्को दशैँको" कोशेलीको रुपमा पस्केका छन । खनालले यस पटक आफ्नो गीत आफैले नगाएर अहिलेका चर्चित गायक, पोख्त सारङ्गी बादक हेमन्त रसाइली कान्छालाई गाउन लगाएका छन । आफु बिदेशमा भएकाले रेकर्डिङ्ग गर्न असम्भब भए पछि खनालले आफ्नो गीत हेमन्तलाई गाउन लगाए । हेमन्तले पनि आफ्नै सारङ्गी बादनमा मिठो सँग गाएका छन यो गीत ।
बिदेशमा रहेका, आमा बाबु र आफन्तजन सँग दशैँ तिहार र चाडवाड मनाउन नपाउने लाखौँ लाख नेपालीको बिरहको यो गीत प्रहरी, सेना, सशस्त्र र बिदेशी पल्टनमा कार्यरतहरुको पनि गीत बनेको छ झल्को दशैँको भन्ने यो गीत ।

 पछिल्लो समय लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हेमन्त कान्छा रसाईली उनी मिठो स्वरका धनी त छन नै तर मिठो सारंगीको धुन रेट्नमा पनि अब्बल छन । साथै उनी गीत आफै रचना गर्छन र आफै संगीत पनी । उनले फेसबुक स्टाटसमा लेखेका छन - रामप्रसाद खनाल दाजु हजुरले मलाइ हजुरको यो मिठो गीत गाउने अबसर दिनु नै मेरो हजारौं प्रगतीको बाटो खुलेको जस्तो महसुस भएको छ ।

 काठमाडौंबाट नेपालीजन्ता डट कम लेख्छ - अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति अमेरिकाका संस्थापक र अध्यक्ष समेत रहेका रामप्रसाद खनालका धेरै जसो गीतहरु लोकले मन पराएका गीतहरु छन । हाल सम्म ४८ वटा गीति एल्बम प्रकाशित गरेका खनालले १२ सय भन्दा बढी गीतहरु गाइसकेका छन भने उनी कला, सँस्कृती, गीत संगीत, साहित्य र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत छन ।

खनाल तिनै ब्यक्ती हुन जसले नेपालको पुरै ओझेल परेको लोकगीत र दोहोरी गीत क्षेत्रलाई जुरुक्क उचालेर पुनर्जिबन दिएका थिए । त्यसैले रामप्रसाद खनाललाई नेपाली लोक दोहोरी क्षेत्रको प्रणेता पनि भनिन्छ ।

 यसै बिच दशैँ तिहारको गीत " झल्को दशैँ " रिलिज भए लगत्तै खनालले लेखेका छन - "बिदेशमा रहेका, आमा बाबु र आफन्तजन सँग दशैँ तिहार र चाडवाड मनाउन नपाउने लाखौँ लाख नेपालीको बिरहको गीत । प्रहरी, सेना, सशस्त्र र बिदेशी पल्टनमा कार्यरतहरुको पनि गीत । तपाईंहरुलाई कस्तो लाग्छ कुन्नी ? प्रस्तुत यो मेरो गीत म आफु बिदेशमा रहेको कारण अहिलेका चर्चित गायक, पोख्त सारङ्गी बादक प्यारो भाई हेमन्त रसाइली कान्छाले गाएका छन । उनको गायन शैली, फिलिङ्स, सारङ्गी बादन मन छुने प्रकारको छ । उनले मेरो यो गीत माथि पनि न्याय गरेका छन भन्ने मलाई लाग्छ । कृपया हेरिदिनुहोला, मन परे लाइक र शेयर गरिदिनुहोला मेरो हार्दिक आग्रह सबै मेरा दर्शक श्रोताहरुसँग । सबैलाई मेरो यो कोशेली संगै बडा दशैँ र तिहारको हार्दिक शुभकामना ।"

 यस अघि पनि खनालले दशैँका गीत बिदेशमै भए पनि यसरी गाएका थिए । दश बर्ष अघि खनालले अमेरिकामा कोठा भित्र बसेर सुरसुधाको सँगीतमा गाएको दशैँ गीत यस्तो थियो । 



No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक