20191028

वाशिङ्गटन डिसीमा देउँसी भैलो पनि खेलियो, "रातो टिका निधारमा" पनि हेरियो

अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीको आयोजनामा डिसीमा देउँसी भैलो खेल्दै तिहार चाडको मज्जा मात्र लिइएन सँग सँगै अन्तर्राष्ट्रिय कला  कार मञ्चद्वारा अमेरिकाको पहलमा नेपाली कथानक चलचित्र "रातो टिका निधारमा" थुप्रै नेपालीहरुका बिच प्रदर्शन पनि गरियो ।


अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीका अध्यक्ष भुप नारायण घर्तिमगरले तिहार र देउँसी भैलो संस्कृतिका बारेमा मन्तब्य राख्नुभयो । त्यस पछी अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकाका अध्यक्ष रामप्रसाद खनालको भट्ट्याइमा शुरुभयो मौलिक देउँसी भैलो । देउँसी भैलो गीत र नाच सकिए लगत्तै नेपाली कथानक चलचित्र "रातो टिका निधारमा" थुप्रै नेपालीहरुका बिच प्रदर्शन पनि गरियो । चलचित्र हेर्ने सबैको प्रतिक्रिया थियो - "वा यस्तो पो चलचित्र ! कथा, बिषयबस्तु, हाँसो, खुशी, आसुँ, बर्तमान नेपाल सबै अटेको चलचित्र । अरुले पनि हेर्ने प्रयास गर्नुहोला ।"

अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा अमेरिकाको पहलमा चलचित्र प्रदर्शनको कोअर्डिनेशन गर्नुभएका कलाकार पुस्कर पन्त र अनेसास कोसाध्यक्ष खगेन्द्र थापाले सबैलाई धन्यवाद प्रकट गर्नुभएको थियो ।                 
Image may contain: 3 people, including Puru Subedi, people standing
Image may contain: 6 people, including Bhupnarayan Ghartimagar and Puru Subedi, people smiling, people sitting, people eating, table and indoor
Image may contain: 1 person, smiling, eating, sitting, table, indoor and food
Image may contain: 1 person, standing and indoor

खेल्ने होइन त देउँसी भैलो तपाईं पनि ? रामप्रसाद खनालका केही मौलिक देउँसी भैलो गीतहरु जसमा अन्य कलाकारहरुले पनि साथ दिनुभएको छ । एक पटक अबस्य हेर्नुहोला ।






  

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक