

अनेसास केन्द्र र बिओटी नाममा मात्र सिमित भए पनि अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटिले भने संस्थाको इज्जत र नाम धान्दिँदै आएको छ । यसरी कृयाशिल रहन्दै आएको अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटीले अक्टोबर २० का दिन दशै तिहार छठ तथा लक्ष्मी जयन्तीको उपलक्ष्यमा कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रम अनौपचारिक पारिवारिक वातावरणमा सम्पन्न भएको थियो थियो भने कार्यक्रममा सस्थाले बिगतमा गरेका काम कारवाहीहरुको मुल्यांकन गर्दै आगामी कार्यदिशामा कसरी बढ्ने भन्ने बिषयमा गम्भिर छलफल पनि भएको थियो ।
केन्द्रले बेलायत मा भएको सम्मेलनमा अनेसास वाशिङ्गटन डिसी मेट्रो कमिटिमाथि र प्रतिनिधि रोजा ओली माथि गरेको अपमान जनक व्यबहार प्रति खेद प्रकट गर्दै केन्द्रलाई सचेत बनाउन ओली र अन्य आजिबन सदस्यले आवाज उठाएका थिए । उठेका आवाजहरुलाई बिओटी उपाध्यक्ष पुरु सुबेदिले आफुले केन्द्र र बिओटी समक्ष पुर्याउने बताउनुभएको थियो ।
अनेसास डिसीमा महिला बिभागको गठन गर्न सँस्थाकी महिला उपाध्यक्ष रजनि श्रेष्ठको सँयोजकत्वमा रहने गरी सर्बसम्मतिले समितिको गठन गर्न रजनी श्रेष्ठलाई पूर्ण अधिकार प्रदान गर्ने निर्णय गरेको बैठकले युबा तथा विद्यार्थी बिभाग गठनको जिम्मा पुस्करपन्त ,खगेन्द्र थापा र मुकुन्द कोइरालालाई डिसेम्बर महिना भित्र गठन गरी सक्न जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
भाबी पुस्तामा नेपाली भाषा र सस्कृतिकको चेतना अभिबृद्धि गराई नयाँ आयाम थप्दै कोशेढुङ्गा स्थापित गर्ने हेतुले आफुहरुले काम गरिरहेको सँस्थाका अध्यक्ष भुपनारायण घर्ति मगरले बताउनु भयो ।
उक्त सस्था का कोषाध्यक्ष खगेन्द्र थापाले तीज महोत्सवमा भएको सम्पूर्ण खर्च विवरण पेश गर्नु भएको थियो र त्यसलाई सम्पूर्ण सदस्यहरुले अनुमोदन गर्नु भएको थियो। साथै देउसी भैलो सन्दर्भ मा उपाध्यक्ष पुस्कर पन्तको नेतृत्वमा समिति गठन गरि देउसी भैलो खेल्ने निर्णय बैठकले गरेको छ ।
डि सी क्षेत्रकै महान र गौरवशाली महापुराणको आयोजक बनी उक्त कार्यक्रमसफल पार्न मन बचन र कर्मले उपाध्यक्ष अरुण रुपाखेतिले गर्नु भएको योगदानको उच्च मूल्याङ्कण गर्दै उहाँलाई सँस्थाको तर्फबाट सम्मान गरिएको थियो । निबर्तमान अध्यक्ष रामप्रसाद खनाल,अध्यक्ष भुपनारायण घर्तिमगर, विद्वान डाक्टर रघुनाथ अर्याल, बिओटिका उपाध्यक्ष पुरू सुबेदी , पूर्व अध्यक्ष प्रकाश नेपालले वहाँलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
पुर्बिय दर्शनका ज्ञाता डा रघुनाथ अर्यालले महाकबि देबकोटाको तस्बिरमा माल्यार्पण गरी देवकोटाको जीवनी र कृति माथि प्रकाश पार्नु भएको थियो ।
गीत गजल र कबिता को सम्मिश्रणले भरीपूर्ण उक्त कार्यक्रम पुस्कर पन्त ले सन्चालन गर्नु भएको थियो। अनेसास् बिओटि का उपाध्यक्ष पुरु सुबेदी ,कल्पना सुबेदी ,प्रकाश नेपाल, गोमा न्यौपाने, रजनी श्रेष्ठ ,रबिन्द्र श्रेष्ठ, निरा शर्मा ,सकुन्तला अधिकारि ,मन थापा ,रोजा ओली, निलकन्ठ सुबेदी, रामप्रसाद खनाल , भुपनारायण घर्तिमगर, रामशरण हुमागाँई, कबिन्द्र सिटौला, मुकुन्द कोईराला, सुनिता खत्री लगायतले कविता वाचन गर्नु भएको थियो।
कविता वाचन पश्चात सँस्थाका महासचिव मुकुन्द कोईरालाले बैठकमा एजेण्डाहरू प्रस्तुत गर्नु भएको थियो ।
बैठकले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिलाई चिनाउन फलाउन तथा फुलाउन समाजका हरेक सदस्यहरू संग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएको महासचिव मुकुन्द कोईरालाले बताउनु भयो।








No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक