20191115

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत सिवाकोटीलाई ईञ्जा पुरस्कार

Image may contain: 3 people, including Tanka Panta, people smiling, people standing
काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले शुक्रबार एक समारोहकाबीच ईञ्जा अन्तर्राष्ट्रिय अवार्ड हाम्राकुरा डटकमका पत्रकार अजयबाबु शिबाककोटीलाई प्रदान गरेको छ ।
ईञ्जा एशियाले लेखनकुञ्जमा गरेको कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी, ईञ्जा एशियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले एक हजार डलरसहित प्रशंसापत्र हस्तान्तरण गरेका हुन् ।
पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याए वापत सिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो ।
सिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महराको सेक्स स्क्याण्डलसम्बन्धी समाचार सार्वजनिक गरेका थिए । जसका कारण महराको सभामुख पद उडेको थियो ।
वरिष्ठ मानबअधिकारकर्मी पहाडीले मिडियाले प्रेस स्वतन्त्रता, मौलिक, लोकतान्त्रिक आन्दोलनका लागि सबैभन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गरे ।

प्रेस स्वतन्त्रविना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानवअधिकार र प्रेस स्वतन्त्रता हनन् हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आवश्यकता रहेको बताए ।
संसारभर छरिएका नेपाली पत्रकारहरूको साझा सञ्जाल(ईन्जा)को मुख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ ।
एशिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरू क्रियाशील रहको जानकारी गराउँदै ईञ्जा एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तले ईन्जाले आफ्ना कार्यक्रमहरू कार्यान्वयन गर्न नेपाली पत्रकारहरू कार्यरत सबै देशमा फ्रेण्डस अफईन्जा गठन गरेको छ ।
प्रेस स्वतन्त्रता र मानवअधिकारको पक्षमा काम गर्ने अन्य संस्थाहरूसंग सहकार्य समेत गर्दै आएको पन्तले बताए ।
ईञ्जाले प्रेस स्वतन्त्रताको पक्षमा वकालत र पहरेदारी संगसंगै ईन्जाले मर्यादित र विश्वसनीय पत्रकारितामा समेत जोड दिँदै आएको छ ।
नेपाली पत्रकारहरूको व्यवसायिक विकासका लागि आवश्यकता अनुसार तालिम, सामग्री र भ्रमणहरू समेत उपलव्ध गराउँदै आएको ईन्जाले कानूनी राज्य स्थापनामा सहयोग पुग्ने गरी खोजमुलक उत्कृष्ट समाचारहरू सम्प्रेषण गर्ने पत्रकारहरूलाई प्रोत्साहन दिन यस वर्षदेखि ईन्जा अन्तर्राष्टिय पुरस्कार प्रदान गर्ने नीति लिएको छ ।
नेपाली पत्रकारहरू र व्यवसायिक तथा मर्यादित पत्रकारिताको विकासका लागि ईन्जाले नोभेम्भर १७ अर्थात मंसिर २ गते अमेरिकाको भर्जिनियामा नेपाली पत्रकारितामा सहयोग गरौँ भन्ने विशेष कार्यक्रम गर्न लागेको जानकारी पनि अध्यक्ष पन्तले गराए ।
पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक सिवाकोटीले आफूले पुरस्कारले आफूलाई थप जिम्मेवार हुन प्रेरित गरेको वताए ।
पत्रकार सिवाकोटीले आफूले पाएको नगद पुरस्कारबाट २५ हजार सुर्खेतका पत्रकार स्वर्गीय डिलप्रसाद शर्माको परिवारलाई उपलब्ध गराउने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघका उपसभापति दिलिप थापा, पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल, ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन, ईञ्जाका एशियाका महासचिव दीपेन्द्रदोङ तामाङले सरकार जति मिडियाप्रति उदार हुन्छ त्यति लोकतन्त्र, गणतन्त्र र प्रेस स्वतन्त्रताका लागि सहयोग पुग्ने उल्लेख गरेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक