20191117

डा.नम्रताको ‘ऊर्जा’ एवं डा.प्रद्युम्नराज पाण्डे र डा. नम्रताको सहलेखन ‘रहस्य:जीवन र प्रेम’ नामक कृति काठमाडौंमा सार्वजनिक

डा. नम्रता र डा. प्रद्युम्नराजका दुई नयाँ कृति सार्वजनिकडा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेका दुई नयाँ कृति सार्वजनिक भएका छन् । डा.नम्रताको ‘ऊर्जा’ एवं डा.प्रद्युम्नराज पाण्डे र डा. नम्रताको सहलेखन ‘रहस्य:जीवन र प्रेम’ नामक कृति शनिबार काठमाडौंमा सार्वजनिक गरिएको हो ।

एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ती दुई नयाँ कृति सार्वजनिक गरेका हुन् ।
‘ऊर्जा’मा समसामयिक एवं सामाजिक विषयवस्तुका ४७ निबन्ध समावेश छन् । 'रहस्यः जीवन र प्रेम' पुस्तकले जीवनमा प्रेमको महत्त्व दर्शाएको छ । प्रेमपूर्ण भावले मात्रै जीवनमा प्रगति सम्भव रहेको तर्फ पुस्तक केन्द्रित छ ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले पुस्तक जीवनपयोगी भएको बताए भने विशिष्ट अतिथि घिसिङले साहित्यभन्दा फरक कृषिमा विद्यावारिधि गरेका दम्पतीले कला साहित्यतर्फसमेत पुर्‍याएको योगदानको प्रशंसा गरे ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समालोचक एवं सर्जक डा. रामप्रसाद ज्ञवालीले ‘ऊर्जा’ र डा. लेखप्रसाद निरौलाले ‘रहस्यः जीवन र प्रेम’माथि समीक्षात्मक टिप्पणी गरेका थिए ।

कृषिविद् डा. प्रद्युम्नराज पाण्डे र स्वतन्त्र सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेका यसअघि अध्यात्मिक निबन्धसंग्रह 'आफ्नो किताब’ प्रकाशन भइसकेको छ ।
Image may contain: text
Image may contain: text

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक