20191210

दक्षिण एशियाली खेलकूद "साग" मा नेपालले इतिहासमै धेरै ५१ स्वर्णपदक हासिल गर्न सफल

No photo description available.
१३ औं दक्षिण एशियाली खेलकूद "साग" मा नेपालले इतिहासमै धेरै ५१ स्वर्णपदक हासिल गर्न सफल भएकोमा खेलाडी, आयोजक प्रायोजक, सरकार सबैलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ ! 

स्वर्गीय राजा वीरेन्द्रको आकांक्षा, अधिराजकुमार धीरेन्द्रको सक्रियतामा नेपालमा शुरु भएको खेलकुद बिकासले नयाँ मोड लिएको छ । यस पटक काठमाडौं मा सम्पन्न साग प्रतियोगितामा नेपालले राम्रो उपलब्धी हासिल गरेको छ । पहिलेकाे तुलनामा सबभन्दा धेरै खेल,धेरै पदक,धेरै खेलाडी सहभागी र धेरै खेल समावेश भएको १३ औं दक्षिण एशियाली खेलकूद"साग" मा नेपालले इतिहासमै धेरै ५१ स्वर्णपदक हासिल गर्न सफल भएको छ । यस पटक  मा खेलाडी आयोजक प्रायोजक र हामी दर्शक सबैलाई बधाई ! तत्कालीन राजा वीरेन्द्रको आकांक्षा अधिराजकुमार धीरेन्द्रको सक्रियता र खेलकुद परिषदका तत्कालीन सदश्य सचिव शरदचन्द्र शाहको व्यवस्थापनमा पहिलो "साग" पनि काठमाडौंमा भएको थियोे । पहिलो "साग"को प्रतीक चिन्ह रेडपाण्डा(हाब्रे) थियो। जसका कारण विरोधीहरूबाट बिचरा शरद शाहले "हाब्रे" उपनामबाट जीवनभर चिनिनु परेको सम्झिन्छन पत्रकार तीर्थ कोइराला । पहिलो सागदेखि हालसम्म नेपालले पाएका स्वर्ण पदकको फेहरिस्त यस्तो छ :

पहिलाे स्वर्ण- ४
दाेस्राे स्वर्ण-१
तेस्राे स्वर्ण-२
चाैथाे स्वर्ण-१
पाँचाै स्वर्ण-२
छैठाै स्वर्ण-१
साताै स्वर्ण-४
आठौँ स्वर्ण-३१
नवाै स्वर्ण -७
दशाै साग स्वर्ण -७
एघाराै स्वर्ण-८
बार्हाै स्वर्ण -३
तेर्हौं स्वर्ण- ५१

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक