20191229

भ्रमण बर्ष २०२० सफल पार्न अन्तर्राष्ट्रिय कलाकार मञ्चको अनुरोध, साथ र सहयोगको घोषणा !

अन्तर्राष्ट्रिय कलाकार मञ्च ( IAFAmerica.com ) केन्द्रीय समिति, अमेरिकाका तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकामा एक प्रेस बिज्ञप्ती जारी गर्दै नेपाल सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने जुन निर्णय र काम गरिरहेको छ त्यो नेपाल र नेपालीका लागि हर हिसाबले फलदायी छ भन्दै उक्त अभियानलाई अन्तर्राष्ट्रिय कलाकार मञ्चले पूर्ण रुपमा साथ दिने र सहयोग गर्ने बताउनुभएको छ ।

प्रेस बिज्ञप्तिको पूर्णपाठ:

शुभकामना सहित भ्रमण बर्ष २०२० सफल पार्न अन्तर्राष्ट्रिय कलाकार मञ्चको अनुरोध, साथ र सहयोगको घोषणा !    

अङ्रेजी नयाँ बर्ष २०२० सबैका लागि सुखद बर्ष बनोस । संसार भर छरिएर रहेका बिभिन्न बिधाका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय कलाकार मञ्च ( IAFAmerica.com ) सबै सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ । 


राम्रा कामको समर्थन गर्नु, आफु सक्दो सहयोग गर्नु सबैको कर्तब्य र धर्म हो । नेपाल सरकारले सन २०२० लाई भ्रमण बर्षको रुपमा मनाउने जुन निर्णय र काम गरिरहेको छ त्यो नेपाल र नेपालीका लागि हर हिसाबले फलदायी छ । भ्रमण बर्ष २०२० सफल पार्न यस अन्तर्राष्ट्रिय कलाकार मञ्च ( IAFAmerica.com ) मा आबध्द र हाल बिदेशमा रहेका हामी कलाकारहरुको तर्फबाट एक जना बराबर कम्तिमा २० जना बिदेशी पर्यटकलाई भ्रमण बर्ष २०२० को बारेमा जानकारी गराउँदै नेपाल जान आग्रह गर्ने, सहयोग गर्ने र कलाकार स्वयम आफु पनि परिवार सहित नेपाल भ्रमणमा सहभागी भै भ्रमण बर्ष २०२० लाई पूर्ण सफल पार्न म सबै कलाकार मित्रहरुलाई हार्दिक अनुरोध गर्दछु ।
Image result for visit nepal logo 2020
भ्रमण बर्ष २०२० सफल पार्न सक्यौं भने बिदेशमा नेपालको इमेज राम्रो हुने मात्र नभै नेपालको पर्यटन, गीत संगीत, कला, साहित्य, सँस्कृती हर क्षेत्रको बिकास र प्रबर्धन हुने, यसले हामी सबै नेपाली र हाम्रो देश नेपालका लागि दीर्घकालिन रुपमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा पुग्ने भएकोले अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रीय समिति, अमेरिकाका तर्फबाट र अध्यक्षको तर्फ बाट म भ्रमण बर्ष २०२० सफल पार्न आ आफ्नो ठाउँ बाट आफु सक्दो प्रचार, सहयोग गर्न सम्बध्द सबैमा हार्दिक अनुरोध गर्दछु ।

भ्रमण बर्ष २०२० सफल पार्न अन्तर्राष्ट्रिय कलाकार मञ्चले नेपालमै पनि बिभिन्न साँस्कृतिक कार्यक्रम लगायतका भ्रमण बर्ष २०२० सँग सम्बन्धित कार्यक्रमहरु आयोजना गर्ने, यसका लागि सँस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, पर्यटन बोर्ड लगायतका सम्बध्द निकायहरु सँग मिलेर सहकार्य गर्ने, सहयोग गर्ने निती लिएको सबैमा अबगत गराउन चाहन्छु । धन्यवाद ।                 


रामप्रसाद खनाल - अध्यक्ष
कलाकार मञ्च ( IAFAmerica.com ) 
केन्द्रीय समिति, अमेरिका
Image result for international artists forum


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक