20191218

हिलोमा फुलेको कमल ! - बसन्त चौधरी

हिलोमा कमल छ
यसको अर्थ यो होइन
कि कमलमा हिलो छ
बरू यो हो
कि कमलमा हिलोको
सापेक्षता खुलेको छ !
कि हिलोमा फुलेरै कमल
कमल भएको छ
हिलोबाट निर्लिप्त भएर !

शून्य केही छैन
तर त्यो नै सत्य हो–
शाश्वत सत्य !
मलाई बोध हुन्छ–
यही हो मात्र यही
मेरो अन्तिम रूप ।
कुनै पनि क्षण
जब हुन्छु म
शून्यसँग साक्षात्कार
यन्त्रवत्
तब म नै हुन पुग्छु त्यसैत्यसै चुप !
‘असतोमा सद्गमयः
तमसोमा ज्योतिर्गमयः’
एकाएक वर्तमान भएझैँ मेरो सनातन
म बिस्तारै बिउँझिन्छु–
यही सत्यको स्निग्ध उद्घोष रहेछ
कमल–
हिलोमा फुलेको कमल !
मरे पनि यी आँखा उघ्रि नै रहनेछन्
एक टकले
ता कि यो यस्तै रहोस् ।
(कवि बसन्त चौधरीको नेपाली ‘वसन्त’ कविता–सङ्ग्रहबाट साभार)

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक