20191209

इन्टरनेसनल वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन) प्रतियोगितामा स्वर्ण पदक जितेका रुप कार्की नेपाल भ्रमणमा

Image may contain: Rup Karkiइन्टरनेसनल वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन) प्रतियोगितामा स्वर्ण पदक जितेका रुप कार्की यतिबेला नेपाल भ्रमणमा छन । आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जितेका उनले नेपालमा पनि आफुले सो क्षेत्रमा केही गर्न चाहेको र त्यसका सन्दर्भमा नेपाल आएको बताएका छन ।


प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी भएकोमा कार्कीले आफनो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका थिए । कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको कार्कीको दाबी छ ।

अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आइरहेका कार्कीले त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको बताए । कार्की ड्रग टेस्टेड ( शक्तिबद्र्धक औषधि नखाने ) खेलाडी हुन् । सन् २००९ देखि भारत्तोलनको अभ्यास सुरु गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय छन् । कार्कीले केही वर्षपछि नेपाल फर्केर भारत्तोलन खेलमा बाँकी जीवन बिताउने बताए । बागलुङ जिल्लाको गल्कोटमा जन्मेका कार्की बसाइँ सरेर रूपन्देहीको तिलोत्तमा –६, कुन्जलापुरमा आएका हुन् ।

दुई पटक च्याम्पियन बनेका रुप कार्कीलाई अन्तर्राष्ट्रिय कलाकार मञ्च, केन्द्रिय कार्य समिति अमेरिकाको तर्फबाट अध्यक्ष रामप्रसाद खनालले हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यक्रममा मँचको तर्फबाट वहाँलाई बिशेष सम्मान गरिने घोषणा गर्नुभएको छ । कार्कीलाई अर्का ५ विश्व किर्तिमानधारी उज्ज्वल ठकुरी सँगै एउटै मँचबाट सम्मान गरिने अध्यक्ष खनालले बताउनुभएको छ । नेपाल मदर डट कम परिवार पनि कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै पावर लिफ्टिङ्ग को क्षेत्रमा कार्की बाट नेपालमा उल्लेखनिय योगदान पुग्ने आशा ब्यक्त गर्दछ ।

Image may contain: 13 people, including Krishna Dhungel, Rup Karki and Dharabasi Krishna, people smiling, people standing and outdoor
Image may contain: 4 people, including Rup Karki, people smiling, people standing
Image may contain: Rup Karki, smiling
Image may contain: Rup Karki, smiling
Image may contain: 3 people, including Rup Karki, people smiling, people standing and shoes


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक