20200107

अमेरिकाको न्यूयोर्कमा एउटा कहालीलाग्दो दुर्घटना : छोराको ज्यान गयो, आमा गम्भीर घाइते !


अमेरिकाको न्यूयोर्कमा एउटा कहालीलाग्दो दुर्घटनामा परी गुल्मीबाट अमेरिका आइ बसोबास गर्दै गरेका एक नेपाली बालकको ज्यान गएको छ । पुरुसोत्तम पन्थी तथा मीना पौड्याल पन्थीका छोरा दश बर्सिय श्रीजल पन्थीको गाडीले ठक्कर दिँदा निधन भएको हो । 
 छोरा श्रीजल पन्थीलाई स्कूल पुर्याउने क्रममा बाटो काट्दा फोहोर बोक्ने ट्रकले ठक्कर दिए पछी श्रीजलको ज्यान गयो भने आमा मीना पौड्याल पन्थी गम्भिर रुपमा घाइते भएकी छिन । उनको अस्पतालमा उपचार भैरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आमाको अवस्था स्थिर छ । स्वर्गीय श्रीजल प्रति हार्दिक श्रध्दान्जली, गम्भीर घाइते मीनाको शिघ्र स्वास्थ्यलाभको कामना ।    


 श्रीजल पन्थी

मीना पौड्याल पन्थी




यति राम्रो परिवारमा यस्तो अकल्पनिय दुर्घटना भएको छ ।  




न्युयोर्कको कोरोनामा सरकारी गाडीको ठक्करबाट १० बर्षका नेपाली बालक श्रीजल पन्थीको मृत्युपछि न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । मंगलबार विहान स्कुल जाँदै गर्दा बालक श्रीजल र आमा मिना पन्थीलाई फोहोर फ्याक्ने ट्रकले ठक्कर दिएको थियो ।
ठक्करपछि घाइते आमाछोरालाई एल्मस्र्ट अस्पतालमा उपचारका लागि लगिएकोमा १० बर्षका छोराको उपचारका क्रममा निधन भएको छ । ५७ एभिन्यु र ९७ स्ट्रीटको बीचमा विहान ७ बजे दुर्घटना भएको हो ।
न्युयोर्कका सामाजिक व्यक्तित्व पुरुषोत्तम पन्थीका पुत्र श्रीजलको निधन भएकोमा न्युयोर्कमा रहेका नेपालीहरुले सामाजिक सञ्जालमार्फत र प्रत्यक्ष भेटेर मृतकको आत्माको चीर शान्तिको कामना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
विहान आफू बच्चा पुराउन जाँदै गर्दा ट्रकको ठक्कर आमा र बच्चा भूईमा लडिरहेको दृश्य देखेको र नजिकै पुगेर हेर्दा उनीहरु नेपाली रहेको थाहा भएको लेफ्राक सिटीमा नै बस्दै आएका प्रकाशधर तुलाधरले जानकारी दिनुभयो । आफू पुग्दा प्रहरी र एम्बुलेन्स घटनास्थलमा नै आइसकेको बताउँदै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ - न्यूयोर्कबाट प्रकाशित हुने खसोखास लेख्छ ।
त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले भन्नुभएको छ – ‘न्युयोर्क नेपाली समाजमा निकै सकृय र मिलनसार मित्र पुरुषोत्तम पन्थीजी को छोरा र श्रीमती बिहान छोरालाई स्कुल छोड्न जादा सेनिटेसन ट्रकले ठक्कर दिदा १० बर्षका छोराको दुखद निधन भएको र धर्म पत्नी घाईते हुनुभएको दुखद घडीमा दिवंगत आत्माको चीरशान्ती र भाउजुको शीघ्र स्वास्थ्यलाभका लागि प्राथना गर्दछु ।’
त्यस्तै सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियाले बालकको निधनप्रति दुख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै उहाँले शोकाकुल परिवारप्रति समावेदनासमेत व्यक्त गर्नुभएको छ ।
त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बांगले भन्नुभएको छ – ‘यो घटनाले हामी सबैलाई स्तव्ध र मर्माहत बनाएको छ । दुखद दुर्घटनामा ज्यान गुमाएका १० बर्षको बावुको आत्माको चिरशान्तिको कामना गर्दै, मित्र पुरुषोत्तमजी लगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु र भाउजुको शिघ्र स्वास्थ्यलाभको कामना ।’
त्यस्तै दुर्घटनामा बालकको मृत्यु भएकोमा न्युयोर्कमा मेयर बिल डे ब्लाजिओले दूख व्यक्त गर्नुभएको छ । उहाँले बालकको मृत्यु भएकोमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
यसैबीच न्युयोर्क सिटी काउन्सिल स्पीकर कोरी जोन्सनले ट्वीटमार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गनुभएको छ । उहाँले यो घटना निकै दर्दनाक रहेको र न्युयोर्कका सडकहरु सुरक्षित नभएको प्रमाण भएको बताउनुभएको छ ।

**************************
https://www.nydailynews.com/new-york/nyc-crime/ny-mom-and-son-mowed-down-by-garbage-truck-queens-20200107-acu2pwn5yfg5zfbldezrocl7wi-story.html

A 10-year-old Queens boy walking to school with his mom died Tuesday after they were struck by a city sanitation truck, officials said.
Srijan Panthi and his 40-year-old mother were crossing 57th Ave. near 97th St. outside the LeFrak City apartments in Corona when the sanitation truck came out of a commercial driveway and rammed into them just before 7 a.m., police said.
The truck knocked mother and son over and the vehicle’s rear wheels rolled over the boy’s chest, sources said.
“It knocked their shoes off, both of them,” said one block resident, who would only identify himself as Sam. “It’s a real shame.”
As the two lay crumpled on the ground, a witness raced to a corner bodega and grabbed some paper towels in the hopes of staunching the bleeding.
“When I came outside with my granddaughter we saw the two people lying down in the road," said witness Prakash Tuladhar. “They were going to school in the morning. It was still dark. It’s very scary.”
Srijan and mother Mina Panthi were taken to Elmhurst Hospital where the child died four hours later.
The mother suffered leg injuries but was expected to survive. An initial report that she needed a leg amputated proved to be incorrect, police said.
A family friend who visited the mom at the hospital said she was conscious and begging for news about her child but nobody immediately had the heart to inform her he was dead.
“It’s totally devastating for the family,” family friend Yadab Bastola said. “He was a really smart kid. His father always talked about him. Whenever he went to community events, he brought him.”
The mom and her husband are fixtures of the Queens Nepali community, friends said.
“This is a huge hit for us,” said Ram Hari Adhikari, president of the New York branch of the Non-Resident Nepali Association as he shook his head in disbelief. “We come here for the big dream, American dream, and then it happens like this.”
The garbage hauler was exiting the driveway and making a right onto 57th Ave. when it struck the boy and his mother, officials said. The two were just outside the crosswalk when they were hit.
“It’s tricky making a turn out of this block,” resident Pemba Sherpa said. “There is no walk sign. Even though there is a green light on, people still cross.”
The driver remained at the scene as the NYPD continued its investigation, officials said. No charges were immediately filed.
“We take this tragedy extremely seriously and the collision is currently under investigation,” a spokeswoman for the city Department of Sanitation said.
The pedestrian advocacy group Transportation Alternatives said the boy is the 18th person to be struck and killed by a motor vehicle in the city in the last 30 days.
“Tragedies like these are not accidents, but predictable and preventable results of policies that prioritize moving traffic ahead of protecting people,” said Transportation Alternatives Executive Director Danny Harris, who encouraged Mayor de Blasio to pass the reckless driver accountability act, which will allow the city to seize the vehicles of habitually bad motorists.
“In moments of crisis, we don’t need hopes and prayers from our elected leaders; we need immediate action,” Harris said.

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक