20200320

अमेरिकामा मात्रै २२५ भन्दा बढीको ज्यान गयो !

कोरोनाभाइरस(Updated on March 20, 3.40 PM New York time ) 
 कोरोनाका कारण विश्वभर आतंक, ११ हजार भन्दा बढीको मृत्‍यु, सङ्क्रमितको सङ्ख्या विश्वभरि झण्डै दुई लाख ७० हजार, ९० हजार सङ्क्रमितहरूलाई निको

Image may contain: textNo photo description available.


के हामी नेपाललाई इटाली जस्तै कोरोनाको महामारी युक्त देश बनाउने ? हरेक नेपाली र नेपाल सरकारको ध्यान जाओस अन्यथा भोलि अस्पताल होइन मलामीको पनि कमी हुनसक्ने छ, चेतना भया !


GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page


कोरोनाभाइरसः विश्वभरि मृतकको सङ्ख्या दश हजार नाघ्यो

  • BBC Nepali





कोरोनाभाइरसतस्वीर कपीराइटAFP
Image captionइटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०० नाघेको अधिकारीहरूले बताएका छन्

कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या विश्वभरि १० हजार नाघेको पुष्टि भएसँगै सरकारहरूले मानिसको आवतजावतमाथि थप प्रतिबन्धहरू लगाइरहेका छन्।
अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या विश्वभरि झण्डै दुई लाख ५० हजार पुगेको छ भने ८० हजार सङ्क्रमितहरूलाई निको भइसकेको छ।
चीन, इटली र इरानपछि कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या हजार नाघ्ने देश स्पेन बनेको छ।
चिनियाँ सरकारले चीनभित्रै कोरोनाभाइरसको नयाँ सङ्क्रमण नदेखिएको दोस्रो पटक जनाएको छ।

सुझाव

कोरोनाभाइरसको सङ्क्रमणका कारण चीनमा भन्दा इटलीमा धेरैको मृत्यु भएको पुष्टि बिहीवार भएको थियो।
स्कटल्याण्ड सरकार प्रमुख निकोला स्टर्जनले स्वास्थ्य सुझाव मान्न सबैलाई अपील गरेकी छन्।
फ्रान्सका एक वरिष्ठ मन्त्रीले कोरोनाभाइरसको सङ्क्रमणसँग जुझ्नका लागि युरोपेली सङ्घले इटलीलाई एक्लै छोडे उसको अर्थतन्त्र सही अवस्थामा फर्कन नसक्ने चेतावनी दिएका छन्।
जर्मनीका ठूला मध्येका राज्य बभेरिआले शनिवारदेखि मानिसको आवतजावतमा थप कडा प्रतिबन्धहरू लगाउँदैछ।





कोरोनाभाइरसतस्वीर कपीराइटGETTY IMAGES
Image captionचिनियाँ सरकारले चीनभित्रै कोरोनाभाइरसको नयाँ सङ्क्रमण नदेखिएको दोस्रो पटक जनाएको छ

उक्त राज्यका प्रमुखले मानिसलाई समूहमा नबस्न र केही कार्यक्रम नगर्न गरिएको आग्रहलाई कतिपयले बेवास्ता गरेको भन्दै त्यसको निन्दा गरेका छन्।
कोरोनाभाइरसको महामारीसँग जुझ्न थुप्रै देशले विभिन्न खाले कदम चालिरहेका बेला विश्वव्यापी शेअर बजार स्थिर बन्न पुगेको छ।
अमेरिकाको क्यालिफोर्निया राज्यमा भने कोरोनाभाइरस फैलिन नदिन भन्दै ४० लाख मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।
सो राज्यका गभर्नरले मे महिनासम्म राज्यको आधाभन्दा बढी जनसङ्ख्यालाई उक्त भाइरसले सङ्क्रमित गर्ने प्रक्षेपण गरिएको भन्दै सचेत गराएका छन्।

नियन्त्रण

मलेशियाले कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि लगाएका प्रतिबन्धहरू थप कडा पार्न र त्यसको अनुगमनका लागि आइतवारदेखि सेना परिचालन गर्ने घोषणा गरेको छ।
सरकारी नियमहरूको बेवास्ता गर्दै मानिसहरूले सामाजिक सम्पर्क बढाइरहेको त्यहाँका रक्षामन्त्रीले गुनासो गरेका छन्।
भारतको आर्थिक राजधानी मुम्बईमा अत्यावश्यकीय सेवा प्रदान गर्ने तथा ब्याङ्कबाहेक सबै पसल एवम् कार्यालयहरू यो महिनाको अन्त्यसम्मका लागि बन्द हुँदैछन्।
महाराष्ट्रका मुख्यमन्त्रीले यो निर्देशनले अन्य शहरलाई पनि समेट्ने बताएका छन्।





Presentational white space
कोरोनाभाइरस ब्यानर






कोरोनाभाइरस ब्यानर

भारतका अन्य राज्यमा भन्दा मुम्बईमा कोरोनाभाइरसको सङ्क्रमण सबैभन्दा धेरै देखिएको छ।
अफ्रिकाभरि कोरोनाभाइरसको सङ्क्रमण करिब ८५० जनामा देखिएको छ जुन एक साताअघि देखिएको घटनाभादा छ गुणाले बढी हो।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले ६० प्रतिशतसम्म जनसङ्ख्यामा कोरोनाभाइरसको सङ्क्रमण हुन सक्ने बताएका छन्।
सेनेगल र टुनिसिया लगायतका केही अफ्रिकी मुलुकले सङक्रमणको रोकथाम गर्ने प्रयासस्वरूप सबै किसिमका धार्मिक भेलामा रोक लगाएका छन्।
Image may contain: 1 person

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक