20200320

अमेरिकामा स्टोर, ब्यूटी सैलुन देखी बिभिन्न ब्यवसाय हुँदै होटलसम्म लगानी विस्तार गर्दैछन नेपाली ब्यबसायीहरु

 
अमेरिका / नेपाली समुदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम वढिरेहेको छ । स्टोर, ब्यूटी सैलुन देखी बिभिन्न ब्यवसाय हुँदै होटलसम्म लगानी विस्तार गरेका छन् ।  यसै क्रममा टेक्ससमा व्यवसाय गर्दै आएका २ व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् । कर्नेश सिटी स्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन । ६९ कोठाको उक्त होेटलतेल उत्पादन गर्ने मुख्य क्षेत्रमा रहेको छ ।


लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक कृयाकलाप विस्तार भईरहेको कर्नी सिटीको योहोटलमा हामीले लगानी गरेका हौं व्यवसायी विकल ढकालले भने । ढकालले यसअघि टेक्सस डलासमा स्टोर लगायत मा लगानी गर्दै आएका थिए ।
अर्का व्यवसायी विकासराज न्यौपाने होटलका साझेदार हुन् जो नेजा अमेरिकाका काबा अध्यक्ष पनि छन ।

यो हाम्रो नयां शुरुआत हो तर, यो क्रम यही रोकिने भन्ने छैन विकलले भने हामी अझै नयां होटल लगायत व्यवसाय थप्नेक्रममा छौं ।यो लगानी सगैं आफुले व्यवसायपनि विविधिकरण गरेको उनले वताए ।

उक्त होटलमा करिव ७० लाख अमेरिकी डलर लगानी  भएको  अर्का व्यवसायी विकासराज न्यौपाने वताईएको छ ।

व्यवसायमा यत्रो लगानीगर्दा जोखिम त हुन्छ विकलले भने तर, वित्तीय तथ्यांकहरु राम्रोसंग विश्लेषण गरेका कारणहामीले त्यस्तो नोक्सानी हुने कुनै संभावना देखेका छैनौं ।

कोरोना भाइरस लगायतले व्यवसायमा केही सुस्तता देखिएपनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको विकलले वताए। राम्रो समय त आईहाल्छ, यसका लागि हामीले तयारी गर्दै छौं उनले भने । होटलको वित्तीय विवरण, अकुपेन्सी लगायत आम्दानी राम्रो रहेको उनले वताए । लाकुन्ता होटल फ्रन्चाईजी हो ।अमेरिकामा यस ब्राण्डका हज्जारौं होटल छन् । उक्त होटलले सन् २०१६ वाट व्यवसाय शुरु गरेको थियो ।
कर्नेश सिटी, करपस क्रिष्टी र सनएन्टीनोको विचमा रहेको छ । यसले गर्दा टेक्ससको समुन्द्र भएको शहर करपस क्रिष्टी र  सनएन्टीनो घुम्न आउने पर्यटकका लागि पनि यो होटलवसाईका लागि उपयुक्त हुन्छ ।







Image may contain: 1 person, closeupImage may contain: 1 person

GO TO HOME PAGE

Go to Home Page
click on this logo for home page

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक