20200331

मुटु फुलेर आयो, आङ जिरिङ्ग भएर आयो राक्षसी राजको चाला देखेर !

Image may contain: 1 person, standing, walking and outdoor

आफु र आफ्ना परिवारजनको भोको पेट पाल्न भारतमा मजदुरी गर्न गएका र परिवार सँगै मरे मरौंला, बांचे सँगसङै बाँचौंला भन्दै भारत बाट नेपाल आफ्नो घर फर्किंदै गरेका यि निरीह नेपाली नागरिकलाई नेपाल प्रबेशमा रोक लगाए पछि जिउ ज्यानको बाजी लगाएर महाकाली नदीको भेलमा हाम फालेछन । बल्ल तल्ल महाकाली नदी पौडेर आफ्नो नेपाली भुभाग के टेकेका थिए उनलाई प्रहरीले अपराधी सरह समातेर कट्टुका भरमा कार्वाहीका लागि थाना तिर लिएर जाँदै गरेको यो फोटो देखेर आँसु थाम्न गार्हो भयो । मुटु फुलेर आयो । आङ जिरिङ्ग भएर आयो राक्षसी राजको चाला देखेर । सँसारमा कही पनि यस्तो एउटा राष्ट्र छैन जसले आफ्नो देशको नागरिकलाई देश प्रबेश गर्न रोक लगाउँछ । बरु अर्काको देशमा फसेका भए बिमान चार्टर गरेर लिन पठाउंछ । देश र सरकार भनेको के हो अनूभुति गराउन्छ । सँसारमा नेपाल मात्र एउटा यस्तो देश हो जसले यि र यस्तै अमानबिय अपराध गर्दछ आफ्नै नागरिकहरु माथि । हुन त राक्षसहरुको राज भएको देशमा यो कुन ठुलो कुरा भो र ! तै पनि यि साहसी नेपाली नागरिक प्रति उच्च सम्मान प्रकट गर्दै यिनी र यिनी जस्ता आफ्नो देश फर्किन आत्तुरहरुलाई बिलम्ब नगरी प्रबेश दिइयोस, कोरोना को भय हो भने चेक गरियोस, आबस्यक परे क्वारेन्टाइनमा राखियोस । मानवता देखाइयोस, उनको मानबाधिकारको सम्मान गरियोस । अपराधी र राक्षसी शासकहरु हो, यो अमानबिय हर्कतका लागि तिमीहरुलाई थुक्क भनेर थुक्न थुक पनि भएन हामी सँग । सर्बहाराको नाममा यि सर्बहारा माथि यस्तो बर्बर अन्याय गर्ने तिम्रो शासन पद्दतिलाई छि छि छि भन्न मन लाग्यो । तिमीहरुको नर्कमा बास हुने छ पापीहरु हो । तर जे सुकै भए पनि तिमी पापीहरुलाई पनि कोरोना नलागोस भगवान सँग प्रार्थना गर्दछु । प्रहरी दाजुभाइहरु हो, ल राक्षसी राज भो तर तिमीहरु त मान्छे हौ अलिकती पाप धर्मको त ख्याल गर ! लौ न यिनको बारेमा, र यिनी सँग महाकाली नदीमा हाम फालेका अर्का युवाको बारेमा सम्पूर्ण जानकारी को सँग छ यहाँ शेयर गर्नुस न । पत्रकार साथीहरु, हाम्रो पत्रकारिता हो यस्ता हर्कतमा घाम झैं भनेर देखिनुपर्ने होइन र ?? कि तपाईंहरुलाई पनि प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ र तिनैको बाहुल्यता रहेको कुन्नी के जती महासंघले चुप्प बनायो ?? प्रेस युनियन शायद शेर बहादुर दाई सँगै कुम्भकर्ण निद्रामा होला । कठै यि गरीब दुखी जनताका लागि बोलिदिने कसले ?????

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक