20200413

संसारभर कोरोनाले १ लाख १६ हजार मान्छे निलिसकेको छ भने १९ लाख भन्दा बढीमा छिरी सकेको छ !

Coronavirus Map: Daily Updates on the Toll of the COVID-19 Pandemicहाम्रो नेपाली नयाँ बर्ष २०७७ शुरु हुँदा आज सम्मको पछिल्लो अपडेट अनुसार संसारभर कोरोनाले १ लाख १६ हजार मान्छे निलिसकेको छ भने १९ लाख भन्दा बढीमा छिरी सकेको छ । कोरोना संसारका दुई सय भन्दा बढी राष्ट्रमा पुगिसकेको छ भने छिर्ने र निल्ने उसको क्रम निरन्तर बढ्दो छ । थाहा छैन यसले अझ कती लाई आफ्नो आहारा बनाउने हो र कतिको सातो लिने हो ।

नेपालमा अहिले सम्म एक दर्जन भन्दा बढीमा कोरोना भाईरस देखिएको भए पनि यो पङ्ती लेख्दा सम्म कसैको ज्यान गएको छैन जुन सुखद कुरा नै मान्नुपर्छ । अरु केही गर्न नसके पनि सरकारले नेपालमा लक डाउन गर्दा कोरोना भाईरस धेरै सर्न पाएको छैन तर टेस्ट गर्न नसक्दा कती लाई कोरोना लागेको छ थाहा पाउन सकिएको छैन ।     

यता अमेरिकामा पनि कोरोना भाईरसले ठुलो आतंक मच्चाइरहेको छ । ५ लाख ६२ हजार भन्दा बढी मानिस भित्र छिरिसकेको कोरोना भाईरसले अहिले सम्म २२ हजार भन्दा बढीको ज्यान लिइ सकेकोछ । संसार हल्लाउने भनिने अमेरिका अहिले आफै कोरोनाबाट हल्लिरहेको हामीले प्रत्यक्ष देखिरहेका छौं ।


युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा देखी संसार भर पुगिसकेको कोरोनाले विश्व अर्थतन्त्र लाई असर मात्र गरेको छैन डामाडोल बनाइसकेको छ । उद्योगपती, ब्यापारी देखी साना ठुला धेरै जसोलाई पनि बिकसित भनिने देखी अबिकसित देश सम्म नराम्ररी गाँजीसकेको छ । अमेरिकामा मात्र करिब दुई करोड मानिसको जागिर गुमी सकेको छ भने यो क्रम बढ्दो छ ।

संसार भर अब मानिस रोगले भन्दा पनि भोकले मर्ने, डिप्रेशनमा जाने सम्भावना बढ्दै जाँदा सरकारहरुको निद्रा हराम भएको छ । थाहा छैन कोरोना भाईरसको अन्त्य कसरी र कहिले हुन्छ यो भगवान भरोसे जस्तै देखिएको छ यद्यपी अब केही महिना भित्रै औषधी र खोप को आबिस्कार गर्न संसारका बैज्ञानिक अहोरात्र खटिएका देखिन्छन । आशा गरौं कोरोना आतंक छिट्टै नियन्त्रण हुन सकोस ।

COVID-19 CORONAVIRUS PANDEMIC
Last updated: April 13, 2020, 14:53 GMT

Coronavirus Cases:

1,873,874

Deaths:

116,045

Recovered:

435,185
ACTIVE CASES
1,322,644
Currently Infected Patients
1,271,846 (96%)
in Mild Condition
50,798 (4%)
Serious or Critical
Show Graph
Jan 22Jan 29Feb 05Feb 12Feb 19Feb 26Mar 04Mar 11Mar 18Mar 25Apr 01Apr 0801M2M
Show Statistics
CLOSED CASES
551,230
Cases which had an outcome:
435,185 (79%)
Recovered / Discharged
116,045 (21%)
Deaths
Show Graph
Feb 02Mar 15Feb 09Feb 16Feb 23Mar 01Mar 08Mar 22Mar 29Apr 05Apr 120%100%
Show Statistics
Total Coronavirus CasesTotal Cases(Linear Scale)Jan 22Mar 07Feb 06Feb 21Mar 22Apr 060500k1,000k1,500k2,000kCases
Total Coronavirus DeathsTotal Deaths(Linear Scale)Jan 22Feb 05Feb 19Mar 04Mar 18Apr 01025k50k75k100k125kDeaths
The charts above are updated after the close of the day in GMT+0. See more graphs
Useful info:
Confirmed Cases and Deaths by Country, Territory, or Conveyance
The coronavirus COVID-19 is affecting 210 countries and territories around the world and 2 international conveyances. The day is reset after midnight GMT+0. The list of countries and territories and their continental regional classification is based on the United Nations Geoscheme. Sources are provided under "Latest Updates"Learn more about Worldometer's COVID-19 data
Highlighted in green
= all cases have recovered from the infection
Highlighted in grey
= all cases have had an outcome (there are no active cases)
The "New" columns for China display the previous day changes (as China reports after the day is over). For all other countries, the "New" columns display the changes for the current day while still in progress.

                 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक