20200419

छोराछोरीको भबिष्य : बाबुआमाको छनौट - महेश भट्टराई

मेडिकल पेशा आफ्नै इच्छा वा पैसा !

हामी परम्परा बाटै छोराछोरीको भबिष्य बाबुआमाले छनौट गर्छ्यौ । छोराछोरी डाक्टरै बनोस भन्ने आशा धेरैले राखेका हुन्छन ।  आज आएर प्राय छोरीहरू नर्सिड पेशामा होम्मिएको धेरै पाइन्छ । एकातिर सजिलै जागिर पाइने र अर्को तिर बिदेश काम गर्न जान समेत मिल्ने । अझै बिकसित देश बाट केटा हेर्न आयो भने नर्सिड पढेको केटी नै रोज्ने । पैसा पनि राम्रौ हुने, फाइदै फाइदा । आज डाक्टर र नर्श मात्र नभै सबै मेडिकल पेशामा आकर्षण र मोह निकै बढेको छ ।

रोजाई किन र कस्को ?
के साच्चै मेडिकल पेशा तेति सजिलो पेशा हो ? के रोजाई आफ्नो हो ? राम्ररी बुझेको छ ? डा. गोबिन्द केसीको जस्तै के सेवाभाव अन्तरआत्म बाटै प्रफुष्टित भएको हो । कि जागिर र पैसाको मोह मात्र हो ?

के पेशा सजिलो छ त ?
पटक्कै छैन । चौबिसै घन्टा सातै दिन खटेर काम गर्नु पर्ने हुन्छ । बिदा आफ्नो रोजाईले कहिल्यै पाईदैन । सधै संबेदनसिल मानविय भै काम गर्नु पर्ने हुन्छ । मानव जिवन-मृत्यु संग सम्बन्धित हुनाले निकै ध्यान र होशियार पूर्बक काम गर्नु पर्ने हुन्छ । सानो गल्ति वा लापर्बाहिले मानिसको ज्यान पनि जान सक्छ ।


के यो सफा सुघ्घर पेशा हो ?
पक्कै होइन ! शरिरबाट फालिने सबै बिकार तत्व संग खेल्नु पर्ने हुन्छ । दिशा, पिसाब, र्याल, खकार, कफ,पिप, चिरफार, रगत .... साथै बिभिन्न बिकिरण संग पनि असर पार्ने डर छदैछ ! अन्त्यमा लाशको समेत ब्यबस्थापन र पोष्टमार्टम गर्नु छदैछ ।

रोग सर्ने डर ?
बिभिन्न सरूवा रोगहरू HIV, Hepatitis, Meningitis, Encephalitis, Measles, chickenpox, TB, cholera, Malaria, Rabies, Fungal, Bacterial, viral ...सबै सरूवा रोगहरूको सामना गर्नु पर्छ । MRSA, VRE, contact, droplets, airborne सबै त छदैछ !

मानवता र पेशा ?
यति धेरै जोखिम थाहा पाएर वा जानेरै यो पेशा रोजेको हो त ? आज कोरोना संग expose भै काम गर्दै गर्दा धेरै स्बास्थ्यकर्मिहरू र परिबारको मन खुशी होला ? कहि, यदि, कतै, बरू, भो ... जस्ता बिकल्प सोच आएनन होला ।

मेरो बुझाई र अनुभव :
स्बास्थ्यकर्मिको पेशा एक मानविय पेशा हो । यो निकै संबेदनसिल हुन्छ । किनकी यो मानव जिवन संग सम्बन्धित हुन्छ ! यो पेशामा काम गर्दा पैसा र जागिर भन्दा अन्तरआत्म बाटै मैले सेवा गरिरहेछु भन्ने मनोभावना र आत्मसन्तुष्टी हुनु पर्छ ।  यदि पाइएन वा आएन भने यो छनोट गलत हुन सक्छ । तनाव वा जबरजस्त गरेको कामको परिणाम ठिक वा सहि नआउन सक्छ ।
Hospital मा काम गर्दा एक जना coworker nurse ले भनेको संझन्छु “आज भोलि मलाई दिशा, पिसाब, पिप, रगत र रोगहरू सबै सामान्य लाग्छ ! डर र घिन लाग्न छाडि सक्यो ”

मेरो श्रीमती भन्ने गर्छिन “ हामीले सेवा दिने हरेक बिरामी लाई परिबारको सदस्यको रूपमा हेर्यौ भने काम गर्न धेरै सजिलो हुन्छ र आत्म सन्तुष्टि मिल्छ ।  कसैले नदेखे र मुल्याकंन नगरे पनि भगवान हेरिरहेका छन, म खुशी धेरै छु !”

यदि हामी स्वास्थ्यकर्मिले नै रोगी लाई थू थू र दुर दुर गरेर घृणा गर्यो भने उपचार कसले गर्ला ?
रोगको बारेमा राम्ररी नबुझि वा बुझेर पनि सिकसिक, खसखस,धेरै शंका उपशंका र बढि नै मानसिक तनाव लिनु राम्रो होइन ।  यदि तनाव छ भने आफ्नो निर्णय पुनर्बिचार गर्नु राम्रो होला ?

पैसा कै लागि हाम फालेका एक दुई खराब स्बार्थि मनोबृति भएका स्बास्थ्यकर्मिले सबै स्वास्थ्य क्षेत्र धमिलो पार्नु कदापी राम्रो होइन ।

यो शंकटको बेला PPE को अभावमा आफ्नो ज्यान लाई जोखिममा राखि सेबा गर्ने सबै स्वास्थ्यकर्मि सिपाहि हरू लाई मनै बाट नमन गर्नै पर्छ । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक