-शिव शर्मा
ढोग गरे ।
यो महामारी फैलिएको देशको एउटा बन्द कोठाबाट यो अत्यास लाग्लो सन्देश म लेखिरहेको छु । नलेखु भन्दा मनमा चलेको हुन्डुरीले ल्यापटपको किबोर्डमा औलाहरु सल्बलाए ।
चौबिसै घन्टा मेसिन झै कुदिरहने यो शक्तिशाली भनिएको राष्ट्र यतिबेला कछुवाको चालमाछ आमा ।
चौबिसै घन्टा मेसिन झै कुदिरहने यो शक्तिशाली भनिएको राष्ट्र यतिबेला कछुवाको चालमाछ आमा ।
यो रंगीविरंगी मुलुकको हरेक सहरको लाली हराएको छ यतिबेला । चहलपहल शुन्य छ । यहाँको व्यापर व्यवसाय र कामकाज ठप्पै छ । सडकभरी कमिलाको ताती झै कुदिरहने गाडीहरुको ताती घटेको छ । मान्छेको भीडभाड शुन्य छ । मान्छेको चहलपहल बजार तथा सार्वजनिक स्थलमा फिटिक्कै छैन ।
हरेकको अनुहारमा त्रासदी फैलिएको छ । सधै जसो कामै कामले व्यस्त रहने यहाँको जीवन अहिले ठ्याक्कै उल्टो भएको छ । हरेकलाई अहिले फुर्सदै- फुर्सद छ । यतिबेला दिनभर बिना काम घरभित्रै रन्थनिनु परेको छ । अनेका कुराहरुले मनमा डेरा जमाएको छ । कसैलाई भेटनु छैन र कतै जाने अवस्था छैन । केवल एउटा बन्द घरको कोठा भित्र हामी खुम्चनु परेको छ । बाहिर निस्की हाल्ने अवस्था पनि छैन । घरभित्र बस्ने मोवाइल,ल्यापटप चलाउने र एकोहोरो टहलिने बाहेक अर्को दैनिकी छैन । यतिबेला म लगायत हामी सबैको दैनिकको हरेक दिनको रुटीन नै यसरी चलेको छ । ठ्याक्कै महिना दिन भइसक्यो घरको कोठामा यसरी थुनिएको पनि आमा ।
अझै कहिलेसम्म थुनिनु पर्ने हो अत्तोपत्तो छैन । मैले थाहा पाए सम्म जिन्दगीमा सायदै यस्तो दिन कहिल्यै आएको थिएन । अब फेरी कहिल्यै पनि आउन नपरोस कामना गर्छु।
आमा, संसारले नहल्लाएको अमेरिकामा यतिबेला एउटा अजीबको शक्तिले यसरी हल्लाएको छ । यो महामारीले महाशक्ति राष्ट्रको यतिबेला परीक्षा लिए जस्तै भएको छ । यो शक्तिले मान्छेलाई दिनदिनै च्याप्पै समाएको छ । तडपाएको छ । छटपटी र पीडा दिदै अकाल मृत्युको नजिक पु¥याएको छ । टिभी खोल्यो लास कै खबर छ । डिजिटल पत्रिका होस की सामाजिक संजाल यहाँ लासहरुकै खबर देखिन्छ । मर्नेहरु कै हेडलाईनका समाचारकाे बिक्री छ यतिबेला ।
दिनहुँ यहाँ लास गनिरहेको खबरले मनमा हुन्डरी चलेको छ । अस्प्तालमा लासहरु डलेका छन् । शबगृहरुमा लासको चाङ बढेको छ । यो महामारी यति भंयकर रहेछ कि दिर्घरोग भएकालाई त च्याप्पै समाई रहेको छ । अरु कसैलाई पनि यसले छाडेको छैन । कतिबेला के हुन्छ केही भन्ने अवस्था छैन आमा । हिजो मात्रै एक जना कोरोनाबाट संक्रमीत भएका हाम्रै एक न्युयोर्कका साथी राती खान खाएर सुतेका थिए । तर बिहान भने उनी उठेनन । सधैका लागी उनी निदाए । यो सुनेर भक्कानो फुट्यो ।

अहिले सम्म अमेरिकामा आठ नेपालीले ज्यान गुमाएको खबर छ । यो विदेशमा कति एक्लै छन् उनिहरुको आफन्त कोही छैन । काेठामा तड़पिएगा हाेलान । काेहि कोठामै लास बनेर ढलेका छन् । कोही यो भयानक महामारी संग पौठेजोरी खेलिरहेका छन् । यहाँ को अवस्था यस्तै भयावह छ आमा । दिनदिनै बिकराल बनिरहेको छ । झन यो कुराले तिमीमा चिन्ता थपिएला , आखिर यथार्थ नभनी पनि सुख्खै छैन । यहाँ को अवस्था दिनदिनै जटील बन्दै गएको छ ।
मलाई थाहा छ, हामीलाई भन्दा बढी चिन्ता तिमीलाई भएको छ आमा ।
रेडियो टिभीमा देखाइने यहाँको दृश्यले तिम्रो शरीर पनि लगलग काप्यो होला । छोराको यादले तिम्रो मुटु कुटुकुटु खायो होला । तिमीमा झनै छटपटी बढ्यो होला । तिम्रो मन बेचैन भयो होला । सन्तानको माया त सायदै आमालाई बाहेक अरु कसलाई थाहा होला र । यहा“ अहिले जीवन तरबारको धारमा अडिए जस्तै छ आमा । तर पनि आशै आशमा जिन्दगीको लडाइ लडनु परिरहेको छ । मुत्युसंग डराएर भाग्ने म हुदै हैन, त्यो तिमीलाई पनि राम्ररी थाहा छ । म पनि अहिले यो महामारीको सामना गरिरहेको छु । थाहा छैन भोली के हुन्छ ।
उसै त परदेशिएको चिन्ता लिने यो महामारीको केन्द्रमा रुमल्लिएको छोराको अवस्थाले झनै पीडा दिएको होला तिमीलाई । चिन्ताले तिम्रो प्रेसरको रोग झनै बढ्यो होला । एक्लै रुदै गुन्युको सप्कोले आ“सु पनि पुछदै हौली । बुढ्यौलीले छोएको तिमीलाई छोराको चिन्ताले आधा रोग बढाएको होला । रहर त थिएन तिमीलाई बुढ्यौलीमा छाडेर परदेशी हुनु । तर परिस्थितिले यस्तै बनाइदियो आमा । के गर्नु आमा यहाँको हालत सम्झेर मनमा अनेक तर्कनाहरु खेलीरहेका छन् । आकाशमा मडारिएको कालो बादल यतिबेला मनमरी मडारिएको छ ।

यस्तै अप्ठ्यारोमा आफनो देश ,आमा र धरतीको सम्झना अझ बढी आउने रहेछ । हुन त देशको माया यो परदेशमा सधै हुन्छ । भन्नेहरुले त भन्लान, यस्तै अप्ठ्यारोमा त हो तिमीहरुले आफनो देश सम्झने । लात मारेर जाने र अहिले चुत्थो देशशक्ति नदेखाउन भनेर धेरैले प्रतिकृया पनि देलान र बेलाबेलामा दिएका पनि छन् । तर केही छैन आफनो देशको माया विदेशमा बस्नेलाई कत्ति हुन्छ , त्यो सायद भोग्नेलाई मात्र थाहा हुन्छ ।
यहा“ महामारी झनै बढदै गएको छ । घरबाहिर निस्कने अवस्था छैन । घरभित्रै थुनिनु परेको छ । नत आफन्त नत साथी यो परदेश बिल्कुल बिरानो छ आमा । अरु बेला त बेबास्ता गर्ने साथीभाई यो बेला झन टाढिएका छन् । सामाजिक दुरी कायम गर्ने बाध्यताल झनै सबै सबै टाढिएका छन् । विदेशमा कोही आफनो हुदैन आमा । यहाँ आफनो भने केवल आफु मात्रै रहेछ ।

यो महामारीले दिनप्रतिदिन अत्यासलाग्दो बनाएको छ । दैनिकी पुरै अस्तव्यस्त बनाएको छ । यो कठिन घडीमा आमा मैले टेकेको माटोको सुगन्धको याद धेरै आएको छ । मैले उकाली ओराली गरेको त्यो गाउ“को पखेरो सम्झेको छु । गाइगोरु चराउन गोठालो गएको कोटकालिको डाडो सम्झेको छु । बिसाउन, खोलाखेत, सिम्लीस्वारा, वडारे, पोखरी छाप, कोल्मा, काल्खु, तिर बरालिएको ति दिनहरु झलझली सम्झेको छु ।
सुसेली मादै बसेको त्यो डाँडाको चौतारीको बेस्सरी याद आएको छ । बल्तिर– पल्तिर सबै इष्टमित्रहरुको सम्झना आएको छ । यो कठिन घडीमा आफनै मातृभुमिको न्यास्रो लागेको छ । यता फैलिएको महामारीले मन यतिबेला सबै घर गाउ“तिर डुलेको छ ।
यहा“ दिनहु“ हजारौ महामारीको चपेटामा परिरहेका छन् र हजारौले ज्यान गुमाइसकेका छन् ।

यसो गम खाएर सोच्दा जिन्दगी आखिर केही पनि रहेनछ । आज सन्चै सुतेको मान्छे फेरी भोली कहिल्यै नउठने गरी सधैका लागी सुतिरहन पनि सक्छ । यो आगोको डढेलो झै फैलिएको महामारी अझै कहिले सम्म हो पत्तो छैन । यो महामारीले विश्राम लिएपछि अवश्य पनि आमा तिमीले टेकेको मातृभुमि टेक्न म पनि आइपुग्ने छु । धेरै चिन्ता नलिनु आमा, अहिलेसम्म हामी यहा“ ठिकै छौ । भोली त कसले जानेको छ र ? यही एउटा आशाको त्यान्द्रो संगालेर जिन्दगीको यात्रामा लम्किरहेको छु । एक दिन बिराएर सन्चो बिसन्चो सोध्ने तिमीले खै त धेरै भयो तिम्रो फोनको घन्टी नै बजेको छैन आमा । ओहो म पनि कल्पनामा बगेछु ।
आमा, तिमी यो संसारमा भए पनि सम्झन्थ्यौ । तिमी नभएपछि त कसको फोन आउथ्यो र । अह कसैको आ’को छैन र आउने पनि छैन । दुखमा ढाडस दिने आमा जस्तो कोही रहनेछ । अहिले यो कडिन महामारीको घडीमा तिम्रो अभाव खडकिएको छ आमा । कुनै दिन तिमीले पसिना बगाएको गाउ“को पाखा पखेरो र तिमीले छाडेर गएको एक्लो घरको दैलो टेक्न अवश्य पनि समयले साथ दिएछ भने आउनेनै छु ।
बस आमा आजलाई यो महामारीको देशबाट मेरो गन्थनमन्थन यतिकैमा टुग्याउछु ।
अस्तु
उही तिम्रो
प्यारो छोरा शिवु
हाल अमेरिका
बस आमा आजलाई यो महामारीको देशबाट मेरो गन्थनमन्थन यतिकैमा टुग्याउछु ।
अस्तु
उही तिम्रो
प्यारो छोरा शिवु
हाल अमेरिका
(याे कल्पनामा आधारित सत्य घटना हाे )
तस्वीर :स्केच गुगलबाट
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक