
यस्ता नेता कहाँ पाइन्छन् ? अझै पालौँ, पाल्नुपर्छ
चुनावमा फेरी पनि, यिन्लाईनै भोट हाल्नुपर्छ
हरिद्वारको पूजा अब, यिनकै द्वारमा थाल्नुपर्छ
विरोधमा लेख्ने बोल्ने, सबलाई जेलमा गाल्नुपर्छ
मन्दिर जान छोड हनु, नेताकोमा गए पुग्छ
जयजयकार गर हनु, हनुमान भए पुग्छ
भेट्न जाँदा अलिकति, पोको पन्तुर लए पुग्छ
अघिपछि दिनदिनै, जिउ हजुरमा गए पुग्छ
यति गरे नियुक्ति र भागबन्डामा परिहाल्छौ
ठेक्कापट्टा कमिसनमा, बार्गेनिङ गरिहाल्छौ
छोड धर्म कर्म गर्न, धन सार नै भरी हाल्छौ
उनले चाहे मन्त्री मानै फ्याट्टै तिमी परिहाल्छौ
राष्ट्रवादको भाषण गर बालुवाटार बास हुन्छ
खुमलटार, शीतल निवास तिर पनि आस हुन्छ
प्रशासन र पुलिस तिम्रो मार्सी भातको गास हुन्छ
तिम्रो पावर देखे पछि शत्रु पनि पास हुन्छ !
- रामप्रसाद खनाल, मे २, २०२०
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक