20200625

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार, अहिले देशभरिका क्वरेण्टीनमा ७४ हजार २२ जना

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ११ हजार नाघेकाे छ । पछिल्लो २४ घण्टामा चार सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  गएकाे २४ घण्टामा पीसीआर विधिबाट ६ हजार पाँच सय ४३ गरी आजसम्म एक लाख ९९ हजार सात सय ३७ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लाे २४ घण्टामा चार हजार एक सय ६७ गरी आजसम्म दुई लाख ८७ हजार आठ सय ६३ जनाको परीक्षण भएको छ ।
अहिले देशभरिका क्वरेण्टीनमा ७४ हजार २२ जना रहेका छन् । यस्तै आठ हजार चार सय २२ जना आइसोलेशनमा रहेका छन् । बिहीबार महिला १९ र पुरुष दुई सय ९३ गरी तीन सय १२ जना डिस्चार्ज भएका छन् । आजसम्म दुई हजार ६ सय ५० जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक