20200630

अमेरिकामा काँग्रेसी साथीहरूको यो हाल छ !

सबै चिज गुमाउँदा पनि अझै होस आएन है मित्रहरू ?? आफै आफै मा तँ तँ र म म ?? आची गर्ने लाई भन्दा देख्ने लाई लाज भो, बन्द गर्नुस् यस्तो क्रियाकलाप । अमेरिकामा आउनुभाछ खुरु खुरु आफ्ना काम धन्दा गर्नुस्, नेपालको फोहोरी राजनीति यहाँ ल्याएर के पाउनुहुन्छ हो मित्रहरू ?? यही हो तपाईँहरूको राजनीतिक संस्कार ?? उता नेकपाको प्रवासी नेपाली मञ्च भित्र भाँड भैलो मात्र होइन फुटेर दुई वटा भाछन, लडिराछन् अझ नेपालमा फेरि फुटे भने कति टुक्रा हुने हुन यता पनि थाहा छैन । कठै हामी नेपालीहरू कहिले सुध्रिने हौँला ! हामी नै यस्ता भए पछि हाम्रा नेताहरू कस्ता होउन् त !!

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक